मुक्ति समाजको विवाद सतहमा : माईन्युट च्यातियो

दलित अनलाईन जेष्ठ २९, २०८०

काठमाडौं—  नेकपा एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ति समाजको प्रथम बागमती प्रदेश सम्मेलनमा नेतृत्वले आँफु खुशी कमिटी घोषणा गरेपछि विवाद विवाद हुँदा माईन्युट च्यातिएको छ । यो सँगै नेपाल उत्पीडित जातिय मुक्ति समाजको केन्द्रीय विवाद अब प्रदेश तिर पनि देखा पर्न थालेको छ ।

आइतबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रथम बागमती प्रदेश सम्मेलनमा प्रतिनिधिको भावना विपरीत एकतर्फी ढंगले नेतृत्वले आँफु खुशी कमिटी घोषणा गरेपछि विवाद भएको हो ।

मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर वि. पौडेलको प्रमुख आतिथ्य र नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका ईन्चार्ज भानुभक्त ढकालको विशेष आतिथ्यमा सम्मेलन संचालन भएको थियो । केन्द्रीय अध्यक्ष मनोहर वि. पौडेलले बन्दसत्रको म्यानडेट विपरीत , अलोकतान्त्रिक तथा जनताको बहुदलीय जनवादको खिलाफ  नेतृत्वले आँफु खुशी आफ्ना निकटका मान्छेलाई राखेर नाम लिस्ट घोषणा गर्न लागे पछि माईन्युट च्यातिएको अध्यक्षका प्रत्याशी रमेशमान सुनारले बताए । केन्द्रीय कमिटीमा के-के गर्नु हुन्छ गर्नुस् तर बागमती प्रदेशमा सार्वभौम प्रतिनिधिलाई आफ्नो विवेकको प्रयोग गर्न दिनुस् भन्दा जबर्जस्ती केन्द्रीय कमिटीले नाम पढ्न लागेपछि प्रतिकार गरिएको रमेशमान सुनारले जानकारी दिए ।

अध्यक्षका अर्का प्रत्यासी नुवाकोटका नारायण दुलालले नेतृत्वमा अंहकारी र दम्भ देखिएको बताए । संगठनमा कुनै योगदान नै नभएको , चाकदी र चाप्लुसीका आधारमामा मनोमानी ढंगले व्यक्ति छनोट गरिएकोले उपाध्यक्ष पद बहिष्कार गरेको उनले बताए । नेतृत्व नसच्चिए फरक ढंगले जान सकिने दुलालले चेतावनी दिए।

मुक्ति समाज धादिङ जिल्ला कमिटीकै असहमति रहेको छ । त्यस्तै असन्तुष्ट हुनेहरुमा मकवानपुरका गोविन्द विक र सिन्धुलीका डम्बर विक पनि रहेका छन् । मुक्ति समाजको केन्द्रीय कमिटीमा हरि नेपाली , राजेश नेपाली , दिनेश अच्छामी , रामलाल राजवंशी विके , विष्णु कुमार विके , सुनिता रामदाम , राजेन्द्र विश्वकर्मा , कल्पना सुनार लगायत ५० भन्दा बढी सदस्य ले नेपालको दलित आन्दोलनलाई नयाँ वैचारिकी सहित अगाडी बढाउनु पर्ने , पार्टीमा मुक्ति समाजले उठाएको मुद्दा समेट्नु पर्ने , नेतृत्वको मनोमानी सच्चिनु पर्ने माग गर्दै फरक मतका साथ आफ्नो विरोध जनाईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank