उपेन्द्र यादव नै मधेशको सच्चा नेता हुन् : सभापति देउवा

दलित अनलाईन ७ बैशाख २०८०, बिहीबार १९:४७

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको भन्दै  प्रशंसा गरेका छन् । उनले यादवले मधेश अधिकारका लागि गठबन्धन र सरकारमा संघर्ष गर्ने गरेको सुनाए ।

बिहीबार बारामा भएको सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले यादवसँग एउटै मन्त्रीमण्डलमा बसेर काम गरेको र यादवले सधैँ मधेशको अधिकारका लागि आफूसँग झगडा गर्ने गरेको बताए।

‘उपेन्द्र यादवजी मेरो क्याबिनेटमा पनि हुनुहुन्थ्यो । हामीले सँगै काम गरेका हौँ। उहाँ मधेशको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरै पटक झगडा गर्नुभएको छ, मधेशका लागि लड्नुभएको छ, उहाँ नै मधेशको सच्चा नेता हो।’

सभापति देउवाले बारा–२ का मतदाताले एकपटक उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिनुपर्ने बताए । ‘उहाँलाई एक पटक जिताएर पठाउनुस्, पाँच वर्ष उहाँको काम हेर्नुहोस्, चित्त नबुझेको अर्को चुनावबाट विकल्पमा सोच्दा हुन्छ,’ देउवाले भन ।

उनले लोकतन्त्रमा जनता नै देशको मालिक भएको बताए । ‘लोकतन्त्रमा जनता मालिक हुन्। नेताले जनताको सेवा गर्ने हो । जनताले जे निर्णय गर्छन्, नेताले त्यही मान्नुपर्छ,’ देउवाले अघि भने, ‘जनताले राम्रो काम गरे, फेरि जिताउँछन्, पुरस्कार दिएर पठाउँछन् । नत्र हटाइदिन्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank