जाततन्त्रको जाँतोमा राज्य उदासिन

गोविन्द विक ४ बैशाख २०८०, सोमबार १०:२३

व्यक्तिको मनोविज्ञानबाट निर्देशित व्यवहारको निरन्तरताले दलितमाथिको जिवित थियो र छ । दलित समुदायमाथि हुने गरेका जातिय छुवाछुतका श्रृङखलाहरुले जात व्यवस्थाको जरालाई समाजले स्वीकार गरिरहेको प्राकृतिक यार्थाथ हो । सामाजिक सञ्जालका भित्तादेखि सामाजिक व्यवहारका भौतिक दृष्यहरु प्रकटित हुनु छुवाछुतजन्य व्यवहारहरुको परकाष्ठ नै हो । पुरातनवादी सोचको हुलले सामाजिक सञ्जालमा एकजना दलितको ज्यान नलिएसम्म यिनीहरु सुध्रने छैनन भन्दै जातिय विभेद गरियो ।

सामाजिक सञ्जालबाट दलित समुदायमाथि हुने गरेका विभेदजन्य व्यवहारहरुको श्रृङखला यत्रतत्र सर्वत्र भइरहेका छन । सामाजिक सञ्जालका भित्ताहरुमा जातिय विभेद जन्य पोष्टहरु रङिगइरहेकै छन । ब्राहमणवादले सिर्जेको दलन युक्त व्यवहारलाई सामाजिक अभ्यासमा निरन्तरता दिने पुस्ताको जमात सामाजिक सञ्जालका भित्ताहरुमा केन्द्रित हुदैछ । सामाजिक सञ्जालले मान्छेलाई अत्याधिक व्यस्त बनाएको छ ।

२०७८ को डाटा अनुसार मोवाइलफोन प्रयोगकर्ताको संख्या ७३.२ प्रतिशत देखिएको छ । सामाजिक सञ्जालमा व्यस्त हुनेहरुको तातीले दलित समुदायमाथि जातिय विभेदजन्य पोष्टहरु पोष्टयाउने आतुरताले अंकुराउदै गरेको सामाजिक रुपान्तरणको अभियानलाई अध्यारोतिर हुर्रयाउदैछ भन्ने कुराको मेसो पाउन कठिन हुदैछ । सामाजिक सञ्जालमा रमाइरहेको युवा पुस्ताले जातिय विभेद जस्ता सामाजिक कुसंस्कारहरुको भन्डाफोर गरेर सामाजिक रुपान्तरण गर्ने अभियानको सारथी बन्नुपर्ने अवस्था रहेको भएता पनि त्यसो हुननसक्नु दुखद पक्ष हो ।

सामाजिक सञ्जालमा कमेन्टगर्न न कसैलाई सोध्नुु पर्छ न कसैको अनुमति आवश्यक हुन्छ । विशेषगरी दलित समुदायलाई होच्याएर गरिएका पोष्टहरु सामाजिक सञ्जालमा बेग्रल्तीछन । सामाजिक सञ्जालको माध्यमबाट गरिने गालीमा राज्यको कुनै अंकुस छैन । सामाजिक सञ्जालको सदुपयोग भन्दा पनि दुरुपयोग गर्नेहरुको भिड निकै ठूलो  समाजमा छ । सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुको हुलबाट नै दलित समुदायमाथि अमानवीय व्यवहारहरु प्रदर्शित भइरहेका छन । सामाजिक सञ्जालको दुरुपयोगमा राज्यको नियमन निष्क्रिय रहिरहने हो भने समाजलाई यस प्रवृत्तिले भडखालोतिर लैजाने जोखिम त्यत्तिकै छ । जातिय विभेदको मनोकल्पित भ्रमहरु समाजमा फैलाउनेहरुको जमातले समाजलाई नै अक्रान्त बनाइरहेको छ ।

दलित समुदायमाथि हुने गरेका जातिय विभेदका फेहरिस्त केलाउने हो भने ढिङगुर छन । मोहत्तरीको सोनमा गाँउपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई दलितको घरमा खाना खाएको भन्दै समाजले बहिस्कार गरेको समाचार बाहिरीयो । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्षले खुले आम जातिय विभेद गरेको तस्बिर ताजै छ ।

जात व्यवस्थाभित्रको समाजमा जातिय स्तरीकरणलाई प्रमुखताका साथ अंगाल्ने प्रवृत्ति कुनै नौलो होइन । के पुरातनवादी सामाजिक व्यवस्थ बदल्ने अभियानमा दलित समुदायको त्याग र वलिदानलाई समाजले विर्सिन खोजेको हो र ?

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन अनुसार दलित समुदायमाथि भएका मानव अधिकार उल्लघंनका घटनामध्ये ३१ प्रतिशत जातिय विभेदसँग सम्बन्धित घटना थिए । जातिय विभेदको घटनालाई सिडिओदेखि जनप्रतिनिधिहरुमार्फत नै मिलापत्र गरिने गरेका घटना समाजमा थुप्रै थिए र छन पनि । कुनै न कुनै माध्यमबाट दलितमाथि हिंसा हुने क्रम जारी नै छ । दलित समुदायमाथि निरन्तर रुपमा हिंसा जन्य क्रियाकलापहरु हुनुमा राज्यको कमजोरी उत्तिकै जिम्मेवार रहेको कुरामा कुनै दुविधा नै छैन । दलित समुदायमाथि हुने गरेका हिंसाजन्य अपमानलाई निरन्तर रुपमा राज्य संयन्त्रले नदेखेको नजिरहरु समाजमा जिवितै छन । जतिय विभेद सामाजिक अपराध हो भन्ने थाहा छ तर पनि विभेद गरिन्छ । सुतेको मान्छेलाई व्युझाउन सजिलो हुन्छ तर सुतेको नाटक गर्नेलाई व्युझाउन निकै कठिन हुन्छ । दलितमाथि हुने जातिय हिंसाको कुरा पनि यही भएको छ । जाने बुझेकाहरुबाट नै दलितहरु विभेदमा परिरहेको पारिएका छन ।

नीति, ऐन संविधानले निषेध गरेको दलितसमुदायमाथि हुने जातीय विभेदका घटनाहरु निरन्तर रुपमा बढि रहनु सामाजिक लज्जाको विषय बनिरहेका प्रति कुनै दुविधा नै छैन । दलित समुदायमाथिको छुवाछुतजन्य सामाजिक व्यवहारहरुले आपसी सद्भावलाई नै धमिलो बनाइरहेको छ । सदिऔदेखि जातिय विभेदको सिकार बने बनाइएका दलित समुदायको आत्मासम्मानमा पुर्याइएको चोटले सिङ्गो दलित समुदाय आक्रोसित छ ।

सिंगो जातव्यवस्थाले नै समाजको प्रगतिलाई ओझेलमा पारिरहेको कुरामा दुविधा छैन । जात व्यवस्थाभित्रको समाजमा जातिय स्तरीकरणलाई प्रमुखताका साथ अंगाल्ने प्रवृत्ति कुनै नौलो होइन । के पुरातनवादी सामाजिक व्यवस्थ बदल्ने अभियानमा दलित समुदायको त्याग र वलिदानलाई समाजले विर्सिन खोजेको हो र ?
दलितको घरमा खाना खादा सामाजिक वहिष्करणमा पर्नुपर्ने त्रास र भय युक्त समाजभित्र समृद्धिको कल्पना कसरी गर्न सकिन्छ ?समाजले जात व्यवस्थाको जरो उखेल्ने हिम्मतकिन देखाउदैन ? दलित समुदायलाई यही प्रश्नले पिरोलिरहेको छ । इतिहासलाई सिकाइ बनाएर वर्तमानलाई गतिशिल परिमार्जित परिस्कृत गर्नु मानव धर्मको कतव्र्य हो । तर हामीले दलितमाथिको विभेदलाई इतिहासको निरन्तरता बनायौ चलेको चलन बनायौ पुर्खाले मानेको धर्म बनायौ धर्मले देखाएको चरित्र बनायौ त्यही भएर जात व्यवस्थाभित्रको जातिय विभेद जब्बर बन्दै गयो । हिजो के थियो हैन आज के छ को महत्व हुन्छ । वर्तमानमा आफूलाई परिवर्तन गर्ने यत्नमा मान्छे चुकिरहेको छ । त्यस कारण हिजोको इतिहासमा भए गरेका अभ्यासहरुलाई वर्तमानमा व्यवहार बनाएर अगाडी बढने मार्गमा नै समाजले डोहोर्यायो । हिजोको विभेद, अपहेलना कुचलन आज पनि छ । हिजोको संक्रिर्ण सोच, दमनकारी व्यवहार, आदेशात्मक विचरा आज पनि छ । यस अवस्थामा सामाजिक रुपान्तरणको सपना कसरी पूरा होला ? हिजोको कल्याणकारी विचराले आजको अधिकारमुखी परिवेशमा काम गर्दैन । दलितलाई कठै बरा हैन । अधिकार केन्द्रित व्यवहार समाजले गर्नु पर्दछ । दलितलाई व्यवहार नै तल्लोस्तरको गरियो । दलितप्रति सोच नै तल्लोस्तरको भयो । दलितलाई हेर्ने आखा नै तल्लो स्तरको देखियो । गल्ती गर्दा दलितको जस्तो भन्ने गरियो ।

आहुतीले भनेका छन, जात व्यवस्थामा हुर्किएको मानिसको सोच्ने तरिका नै मुख्य कुरा हो । जातव्यवस्थाले मानिस जन्मको आधारमा श्रेष्ठ वा तुच्छ हुन्छ भनेर सोच्ने केन्द्रीय दृष्टिविन्दु निमार्ण गर्छ । दलित र गैर दलितबीच अन्तरघुलनलाई जात व्यवस्था बोकेको समाजले कहिलै पचाएन र पचाउदैन पनि । दलित र गैर दलितबीचको सामाजिक व्यवहारलाई खण्डीकरण गर्न समाजले सिकायो । सामाजिक व्यवहारहरुले दलित समुदायमाथिको हेलाहोचोलाई बढवा दिइरहयो । हामी अछुत मान्दैनौ भनियो तर व्यवहारमा देखाइएन । सानो जात र ठूलो हामी जान्दैनौ भनियो तर अभ्यासमा देखाउने हिम्मत गरिएन । बाहिर सँगै खाइन्छ भनियो तर घरमा बुढा बाउ छन के गर्ने ? भनियो । अरुलाई जातिय छुवाछत अपराध हो आजको समाजमा यस्तो गर्नु हुदैन भनियो तर आफै चाहि परिवर्तन हुन सकिएन । जातिय छुवाछुत कसैले गरेमा कानुनी सजाय हुन्छ भनियो तर जातिय छुवाछुत हुँदाउजुरी नगरी गाउमै मिलाउने काम आफ्नै अगुवाइमा गरियो ।

समाजमा भएका देखिएका यस्तै गतिविधिहरुले जात व्यवस्थाको जरामा समाजबाट नै उकेरा हाल्ने काम निरन्तर भइरहेको छ । अरुले के गर्ने हैन आफू चाहि के गर्ने किन सोचिन्न ?अरुलाई परिवर्तन गर्ने हैन आफै परिवर्तन हुने कहिले हो ?अरुले विभेद गरेछ हैन आफै गर्दिन किन नभन्ने ? अरुले समाजमा यस्तै गर्छन हैन आफू चाहि कसरी फरक गर्ने विचार खै ? अभ्यास अरुले थालेन हैन आफै थाल्ने हिम्मत कहिले देखाउने ? विचरा हैन अधिकार बुझ्ने कहिले हो ? दिने हैन पाउने कुरा किन गरिन्न ?भोली होला हैन आजै हुन्छ किन नभन्ने ?दलितको घरमा भोजन गर्दा स्यावास हैन आफै चाहि गर्न कहिले अघि सर्ने ?कसैले छरेको मनोकल्पित भ्रमलाई ए हो र हैन मनोकल्पित भ्रमन छर्न खबरदारी कहिले गर्ने ?सामाजिक सञ्जालमा हुल बाध्ने हैन जातिय विरोधी पोष्ट डिलिट गर्ने अभियान आफैबाट सुरु गर्ने की ?

मान्छे बसेको समाजमा मान्छेको व्यवहार गर्ने अवसर कहिले जुर्ला ? त्यसको कुनै अडकल छैन त्यसैले समाजभित्र जिवित रहेको जात व्यवस्थाले आज दलित समुदायको आत्मामा लगाएको ठेसलाई कसैले छिपाउन नसक्ने चाहि पक्का हो । सबै राजनैतिक दल नागारिक समाज अधिकारकर्मी पत्रकार अधिकारकर्मी सबैले साझा मुद्धाको रुपमा जातिय विभेदलाई ग्रहण गर्दै स्थानीय तहदेखि केन्द्र सम्मका सबै निकायलाई जातीय विभेदका विरुद्धमा सक्रिय गराउने अभियानमा जुट्नु र जुटाउनु अपरिहार्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank