लेखक तथा साहित्यकार होम परिवागको एकैसाथ दुई पुस्तक सार्वजनिक

दलित अनलाईन ३ बैशाख २०८०, आईतवार १२:२५

काठमाडौं —  लेखक तथा साहित्यकार होम परिवागको एकैसाथ दुई पुस्तक सार्वजनिक भएका छन् ।
परिवागद्धारा लिखित ‘याद हराएको मान्छे’, एक सामाजिक उपन्यास र स्वर समा्रट नारायण गोपालकावारे लेखिएको पहिलो पुस्तक यात्राहरु नारायण गोपालका’ दुई पुस्तक सार्वजनिक भएका हुन् ।
दुई पुस्तकलाई सोसाइटी बुक्स्, नेपाल बुक्स् पब्लिशर्सको एक प्रछापले, पाठकहरुमाझ बजारमा ल्याएको हो ।
पुस्तकहरुलाई काठमाडौंको पर्यटकीय क्षेत्र गोदावरीको टौखेल स्थित् द ब्रिट बुटिक होटेलमा नयाँ वर्षको अवसर पारेर शनिबार विमोचन गरिएको थियो ।

कवि तथा साहित्यकार डा. तुलसी दिवस, कथाकार माया ठकुरी, साहित्यिक तथा कवि र गीतकार दिनेश अधिकारी र गायक आनन्द कार्की र पत्रकार तथा लेखक धु्रवहरि अधिकारी पुस्तक सार्वजनिक कार्यक्रममा उपस्थित थियो ।

याद हराएको मान्छे उपन्यास

‘याद हराएको मान्छे’ उपन्यासकार होम परिवागले आज भन्दा ३१ वर्ष अघि लेख्नु भएको रहेछ । पञ्चायतकालमा नेपाली समाजमा देखिएको सामाजिक, आर्थिक र मनोवैज्ञानिक संरचना आदिलाई पात्रहरु वसन्त, सुनिता खरदार झनक सिंह र खजुरमैना तथा काजी कर्णविरको मनोविज्ञान, आर्थिक तथा पारिवारिक स्थितिले समाजमा बदलिएको परिस्थितिलाई बुझ्न नसक्दा र देश र समाजले वसन्त जस्तो नवजवानलाई संभावना र रचनात्मकताका खोजी गर्न प्रेरित गर्ने अवसरहरु नदिदाँ एक नवयुवा जोडीले आफ्ना जीवनलाई कसरी वर्बाद गर्न पुगे भन्नेलाई उपन्यासले आफ्नो विषय वस्तुलाई राम्ररी प्रस्तुत गरेको पाइन्छ ।
६० र ७० को दशकमा विश्वमा मानवले चन्द्रमामा रकेट समेत पुयाईसकेको थियो । नेपालमा भने मानिसहरु व्यक्तिगत मनमुटाव, खानपिन, जाति–गोत्र, विवाह आदिबाट आउने जालझेल र तिकडम आदिलाई नै आफ्ना जीवनका खास व्यस्ताताका कारण बनाउन पुग्दा समाज समग्रमा कसरी पछाडि पर्दोरहेछ भन्नेको इतिवृत्तिलाई व्याख्या गर्न पनि उपन्यासका ३९ च्यापटरहरु प्रस्तुत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank