सरोकारवाला भन्छन्– जातीय भेदभावका घटनामा स्थानीय तहलाई नै जिम्मेवार बनाउनुपर्छ

दलित अनलाइन चैत्र ६, २०७९

 

काठमाडौँ— जातीय भेदभाव तथा छुवाछूतका घटनामा स्थानीय तहलाई नै बढि जिम्मेवार बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
५८ औँ अन्तराष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा दलित अनलाईन डटकम र उत्पीडित सशक्तिकरण तथा युवा सङ्गठनको समन्वयमा महालक्ष्मी नगरपालिका, ललितपुरले आयोजना गरेको “जातीय छुवाछूत विरुद्ध संवैधानिक र कानूनी व्यवस्थाको कार्यान्वयनको अवस्था र चुनौती” बहस कार्यक्रममा सरोकारवालाले भएका ऐन÷कानूनको कार्यान्वयनमा स्थानीय तहनै बढी सक्रिय हुनुपर्ने धारणा बताएका हुन् । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय भेदभाव तथा छुवाछूतका घटना हुनै नदिनको निम्ति स्थानीय सरकारको मुख्य भूमिका हुने भएकोले त्यसलाई बढि सक्रिय बनाउनुपर्नेमा जोड दिए । गत वर्ष ५१ बुँदे सिफारिस गर्ने अख्तियारी छ । २१ मार्च र जेष्ठ २१ दिवसलाई सार्वजनिक समारोहका रुपमा तीन तहको सरकारले मनाउनुपर्छ भनेर सिफारिस गरेका छौं, आयोगका अध्यक्षले भने ।
जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ र संविधानको धारा २४ मा रहेको दलितसम्वन्धि व्यवस्था अनुसार जातीय विभेद गर्नेलाई कारवाही हुन नसकेको विश्वकर्माको भनाइ थियो ।

महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले आफ्नो नगरपालिकालाई जातीय भेदभाव तथा छुवाछूत मुक्त बनाउँदै दलित समुदायलाई आत्मनिर्भर बनाउन नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरिएको जानकारी दिए । दलित समुदायको मुद्दामा गैर दलित समुदायबाट मुद्दा उठान र बहस पैरवी गरे बनेको कानुनहरु थप कार्यान्वयन हुन सहज हुने मयेर श्रेष्ठले बताए ।
महालक्ष्मी नगरपालिकाले ०६८ सालको जनगणना अनुसार दलित समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति दिने व्यवस्था गरिएको बताउँदै अबको वर्षहरुमा दलित समुदायको लागि प्याकेजमै समस्या हल हुने गरी योजना र सशक्तिकरणका तथा आयआर्जनका नीतिलाई नगरपालिकाले आत्मसात गरेर जाने प्रतिवद्धता गरे ।

उपमेयर लक्ष्मी महर्जनले दलितभित्र पनि दलित महिलाहरुलाई बढि भन्दा बढी आत्मनिर्भर बनाउन नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्न बताइन् । समाज रुपान्तरणको पक्षमा निकै अगाडी बढेको बताउदै नगरपालिकाका भित्र रहेका सबै वडा दलितका दलित महिलाहरुको सशक्तिकरण अभियान सुरु गरिने जनाकारी दिइन् ।


दलित समुदायभित्र पनि दलित महिलाहरुको हक अधिकार संरक्षण र प्रर्वद्धनमा आफुँ र आफ्नो नगरपालिक नै लागि परेको बताउँदै उपमेर महर्जनले संविधानले लेखिएका दलित सम्बन्धीत कानुनको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने बताइन् ।
प्रहरी प्रधान कार्यालयका प्रहरी उपरिक्षक रामप्रकाश शाहले जातीय भेदभाव तथा छुवाछूतका घटनालाई मिलापत्रमै सिमित गर्ने भन्दा पनि कानूनी प्रक्रिया अगाडी बढाएर कारवाही गरिएको बताए । उनले प्रहरी प्रधान कार्यालय, दलित सेलमा आर्थिक वर्ष २०७६/७७ मा ३०, आव २०७७/७८ मा ४९ र ७८/७९ मा १५ वटा जातीय भेदभाव तथा छुवाछूत सम्वन्धी उजुरी दर्ता भएको तथ्य प्रस्तुत गरे ।


दलित अधिकारकर्मी हिरा विश्वकर्माले जातीय भेदभाव तथा छुवाछूतका घटनामा प्रशासनले उदासिनता देखाएको बताए ।
दलित अनलाईन डटकम र उत्पीडित सशक्तिकरण तथा युवा सङ्गठनको समन्वयमा महालक्ष्मी नगरपालिका, ललितपुरले आयोजना “जातीय छुवाछूत विरुद्ध संवैधानिक र कानूनी व्यवस्थाको कार्यान्वयनको अवस्था र चुनौती” बहस कार्यक्रम सोमबार १० बजे प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank