२८ गते पत्रकार सम्मेलन, ३० गते अन्तर्क्रिय गर्ने माओवादी घटकको निर्णय 

दलित अनलाईन २६ फाल्गुन २०७९, शुक्रबार १०:५६

काठमाडौं— माओवादी धारका दलहरुले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको माओवादी घटकहरुको बैठकले फागुन २८ गते पत्रकार सम्मेलन गर्दै फागुन ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय भएको वैज्ञानिक समाजवादी कम्युिनस्ट पार्टीका नेता जागृत रायमाझीले जानकारी दिए।

पक्रकार सम्मेलनमा द्वन्द्वकालीन घटनासाग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुङ्गो लगाउनुपर्ने विषयमा अपिल जारी गर्ने र थप दबाबका कार्यक्रम सार्वजनिक गरिने नेता रायमाझीले बताए ।

अन्तरक्रिया कार्यक्रममा पनि द्वन्द्वकालीन घटनाका विषयमा र त्यसको निरुपणबारे छलफल गरिने रायमाझीले बताए । अन्तरक्रियामा माअ‍ोवादी धारका नेताहरु साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुनेछन् ।

‘जनयुद्धकालीन मुद्दा’का विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डमाथि सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका दलका नेताहरू यसअघि पनि बालुवाटारमा छलफलमा जुटेका थिए।

यसअघि २३ फागुनमा बालुवाटारमै बसेको यी पार्टीका नेताहरुको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

माओवादी घटकका नेताहरु संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत् टुंगो लगाउनुपर्छ भन्नेमा एकमत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank