कुप्रथा र छुवाछूतको विषय समेटिएको ‘निरमाया’ को विशेष शो प्रदर्शन

दलित अनलाईन २३ माघ २०७९, सोमबार १७:४६

काठमाडौँ — परिवर्तन आफैँबाट सुरु गरौँ समाज स्वतः बदलिने छ भन्ने मूल उद्देश्यसहित मदानी मुभी एन्ड इन्टरटेन्टमेन्टद्वारा निर्माण भएको सामाजिक चलचित्र  ‘निरमाया’ को विशेष शो प्रदर्शन गरिएको छ ।

नेपाल स्रष्टा समाजले आइतबार चलचित्र विकास बोर्डको हलमा फिल्मको बिशेष शो गरेको हो । साहित्यकारहरूका लागि आयोजित विशेष शोमा साहित्यकारहरु तुलसी दिवस, नगेन्द्रराज शर्मा, राधेश्याम लेकाली, राजेन्द्र शलभ, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, डा.दामोदर पुडासैनी, मधु पाठकलगायतको उपस्थिति रहेको थियो ।  साहित्यकारहरुले फिल्म आफुलाई मनपरेको प्रतिक्रिया दिएका थिए ।

जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको फिल्मले समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनिचको फरक हटाउनुपर्ने जस्ता विषय कथा बनाएको छ । फिल्मले महिला र पुरुष दुई जातिमात्र रहेको र सबैको रगत रातो हुने सन्देश दिइएको छ । अनन्तप्रसाद तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्म रमेश कोइरालाले निर्देशन गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।

फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारि, अनिता केसी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ । रवि कोइराला र जीवन पराजुलीले छायाँकन रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द, कमल अधिकारी, रिमेश कुमारको संगीत छ । विनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको फिल्मको छायाँकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो । फिल्म सार्वजनिक प्रदर्शनमा आउन बाँकी रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank