बिद्रोही तर व्यवाहारिक स्वभावका थिए : गणेश प्रसाद राम

बालाराम भट्टराई १८ माघ २०७९, बुधबार १०:४०

हरवा चरवा, भुमिहिन र दलितका सहयोगी अभियन्ता गणेश प्रसाद राम हामी बीचमा रहनुभएन । २०३७ सालमा सप्तरीको सुरुगां,कनकपुरमा जन्मिएका गणेश प्रसाद राम सिनो बहिस्कार,सुकुम्बासी र हरवाचरवाका पक्षमा निरन्तर पैरवीमा रहेका बलदेब रामका कान्छा छोरा हुन । तथाकथित दलित परिवारमा जन्मिएका उनी उमेर संगै गरिबी र छुवाछुतको पिडाका बीचमा हुर्किए र पिडाको अनुभुति गरे । यहि मनोविज्ञानबाट समाजको अध्ययन गर्न थाले ।
तथाकथित माथिल्लो जातको घरमा गाई बस्तु मर्दा दलित समुदायले फाल्नु पर्ने बाँध्यता विरुद्ध २०५६ सालमा मधेशका सप्तरी र सिराहामा सिनो बहिस्कार आन्दोलन चलेको थियो । आन्दोलन सुरु हुँदा गणेशप्रसाद राम १९ वर्षको किशोर अवस्थामा थिए । जन्मजात जातीय उत्पीडन सहेका उनमा राजनैतिक र सामाजिक चेतनाका विकास भैसकेको थियो । यहि चेतनाका कारण उनमा सामाजिक परिवर्तन आवश्यक रहेको तर्फ सचेत र शसक्त बनायो ।

२०५५ सालमा कुसहास्थित मसिलाल जनतामा.वि.बाट एसएली उत्तिर्ण गरेका उनी सिनो बहिस्कार आन्दोलनमा सक्रिय रहे । यो संगै उनमा दलितमाति हुने भेदभाव विरुद्ध बोल्न अग्रसर बनायो । परिणाम स्वरुप उनी सामाजिक आन्दोलनमा जोडिदै गए र मृत्युपर्यन्त यसैमा लागिरहे ।
सिनो बहिष्कार आन्दोलनपछि स्व बलदेव राममा दलितहरु संगठित हुन आवश्यक रहेको सोच आयो । त्यहि सोच अन्र्तगत उहाँकै अगुवाईमा जनचेतना दलित संगमको स्थापनाभयो उनी संस्थापक सचिवका रुपमा रहे । संगठन निर्माणमा समेत उनको महत्वपुर्ण भुमिका रहेको छ । स्व.बलदेब राम र गणेश प्रसाद रामकै नेतृत्वमा रहेको जनचेतना दलित संगमको आफनै भवन रहेको छ । उक्त भवन गाउँकानिमुखा, अप्ठ्यारोमा परेका, उठीबासको जोखिम भएका दलित समुदायहरुको पिडा बिसाउने स्थानभएको छ ।

२०७९ पुस २९ गते ४२ वर्षको अल्पायुमा मृत्यु भएका गणेश मृत्युको अघिल्लो दिन सम्म समेत हरवाचरवा र दलितका पक्षमा लागि रहेका थिए । सामाजिक अभियन्ता गणेश प्रसाद राममा आफनो पिडा लुकाउने अभुतपुर्व क्षमता थियो । मलाई सम्झना छ सन २०१६ डिसेम्बरको मध्यतिर म सिराहाको लहानमा थिए । गणेश प्रसाद राम,उहाँको परिवार र जनचेतना दलित संगमको टिम सवारी दुर्घटनामा परेको थियो । एकाबिहानै उहाँहरु दुर्घनामा परेको खबर पाए । त्यसै क्रममा उहाँको फोन आयो । तत्काल रिसिभ गरे । उहाँले जानकारी दिदैभन्नु भयो श्रीमती कुसुम र जेठो छोरा दिपेश रहेन्न् । म तत्काल उठेको ठाउबाट थचक्कभुइमा बसे । त्यस पछि घटनास्थल तर्फ लागे । त्यहाँ जादा उहाँको अवस्था मैलै कल्पना गरे भन्दा फरक थियो । उहाँकै सक्रियतामा उपचार लगायतका कामहुदै थिए । उहाँमा आफनो पिडा लुकाउने अदम्य साहास थियो । व्यक्तिगत जिवन नै नभए जस्तो निरन्तर सामाजिक सेवामा लागि रहने उनलाई छुवाछुतको विरोध गर्दा, भुमिहिन दलितहरुको विस्थापनबाट रोक्दा, हरवाचरवा संगठित गर्दा र ज्यालाको कुरा उठाउदा समेत निरन्तर ज्यान मार्ने धम्की आउदा समेत अवचलित रहिरहे ।
उनकै अगुवाईमा मधेशमा रहेका हरवाचरवाहरु संगठित भए । उनकै अगुवाईमा हरवाचरवाहरुको पहिलो राष्ट्यि सम्मेलन राजबिराजमा भयो । साच्चै भन्ने हो भने आजको संगठनमा उनको सपना र योगदान जोडिएको छ । उनी भन्ने गर्दथे काठमाण्डौंको मधेशलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । यदि सकारात्मक भए र हलिया मुक्ति गर्दा मधेशका हरवाचरवा समेत मुक्त हुन्थे र हलिया र कमैयाको जस्तो ऋण खारेज हुन्थ्यो । उनको सपना थियो हरवाचरवाहरुको आफनै जग्गा र आफनै घर होस, जमिन्दारको घरमा बधुवा हुनु नपरोस् । तर सपनाले पुर्णता नपाउँदै उनी हामीबाट विदा भए ।

स्व.बलदेब राम र गणेश प्रसाद रामकै नेतृत्वमा रहेको जनचेतना दलित संगमको आफनै भवन रहेको छ । उक्त भवन गाउँकानिमुखा, अप्ठ्यारोमा परेका, उठीबासको जोखिम भएका दलित समुदायहरुको पिडा बिसाउने स्थानभएको छ ।

दुर्घटनामा श्रीमती गुमाएका रामले दोस्रो विवाह गरेका थिए । उनको जेठी श्रीमतीका तर्फबाट १७ बर्षका एक छोरा छन । आजश्रीमती र छोरा मात्र अभिभावक बिहिन भएका छैनन् मधेश प्रदेशमा रहेका लाखौ हरवा चरवा परिबारहरु अभिभावक बिहिन भएका छन । जनचेतना दलित संगम र गणेश प्रसाद राम क्षेत्रकै पिडित दलितहरुको पिडा बिसाउने चौतारीको रुपमा रहेको छ । मैले भन्ने पनि गरेको थिए जिल्ला भरी रहेका दलितहरु उपर जब कुनै समस्या आउछ पिडितहरु सजिलै कनकपुर आउछन र गणेशसंग आफनो समस्या राख्ने गर्दछन । अर्थात दलित पिडितहरुले अपनत्व बोध गर्दछन । यो नै कार्य लगन शिलताको सुचक हो । सामाजिक अभियानबाट अगाडी बढेका उनी दलित जनचेतना दलित संगमका निर्देशक भए । संस्थामा लामो समय काम गर्दा समेत पैतृक प्राप्त भएको सम्पतीका अतिरिक्त उनले केहि कमाए, बचाएको जस्तो मेरो जानकारीमा छैन । उनलाई व्यक्तिगत सम्पत्ति आर्जन गर्ने तर्फ चासो भएको मैले कहिल्यै महसुस गरिन ।
उहाँसंग मेरो पहिलो भेट कैलालीमा भएको थियो । करिब १३, १४ वर्ष अगाडी हुनु पर्दछ । त्सपछि सन २०१५ देखि निरन्तर उहाँसग सम्पर्क मै थिए । २०२२ डिसेम्बर ७ को उहाँको र मेरो भेट अन्तिम भेट भयो । त्यो बेला पनि उहाँको स्वास्थ्य अवस्था त्यति राम््रो थिएन । उपचार गर्न जाने कुरा गर्नुभएको थियो । अहिले धरानमै उपचार भैरहको ठिकै छ भन्नु भएको थियो । प्राप्त जानकारी अनुसार मृत्युको अधिल्लो दिन २०७९ पौष २८ गते सम्म उहाँ सकिनसकि जनचेतना दलित संगम आउने गर्नु हुन्थयो । यो तथ्यले समेत काम प्रति दृढतालाई प्रमाणीत गर्दछ । सामाजिक र राजनैतिक चेतनाको स्तर अब्बल रहेका उनी पदमा कहिल्यै गएनन् । उनी नजानुको कारण खुलाउदै भन्थे मेरो प्राथमिकता हरवाचरवा संगठन हो ।
उनलाई नजिकबाट चिन्नेहरु भन्दछन : उनीबिद्रोही तर व्यवाहारिक स्वभावका थिए । आफना कुरा प्रष्ट राख्न सक्ने हक्की स्वाभावका थिए । कोरा सिद्धान्त र कागजी काम कुरा भन्दा व्यबाहारिक काम कुरा गर्दथे । जीवनको उद्धेश्य नै हरवाचरवा र पिडितको वकालत गर्ने थियो । जो उनी बाँच्दासम्म गरि नै रहे । गणेश प्रसाद राम हामी बीचमा नरहे पनि उनले देखेका सपना र कोरेका बाटाहरु मेटिएका छैनन् । उनको सपनालाई पुरा गर्न निरन्तर प्रयास गर्नु नै उनीप्रति साँचो अर्थमा श्रद्धान्जली हुने छ । अलबिदा गणेश प्रसाद राम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank