
काठमाडाैं — गृह मन्त्रालयले अपमानजनक नागरिकता वितरण गर्दा नागरिकतामा अपमानजनक शब्द नलेख्न र लेखिसकेको अवस्थामा त्यसलाई सच्याउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
साउन १४ गते दलित अनलाईन डटकममा यसरी हुन्छ विभेद : नागरिकतामै कुकुर कामी ! भन्ने शिर्षकमा समाचार प्रकासित भएपछि अन्य संचार माध्यममा समेत जोडबलका साथ उक्त विषयमा समाचार आएपछि गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
नागरिकतामा ‘कुकुर कामी, कुकुर्नी कमीनी उल्लेख भएका नागरिकता तथा मतदाता नामावली परिचय पत्र सामाजिक सञ्जालमा भाइरत भएका थिए । त्यसको चौतर्फी विरोध भएपछि गृह मन्त्रालयको ध्यानाकर्षण भएको हो ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना तथा जानकारीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्देशन दिएको हो ।
‘अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने, त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने’ मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Leave a Reply