बुबाको मृत्युपछि ६ बालबालिकाको बिचल्ली

रासस २० श्रावण २०७९, शुक्रबार ११:१८

पर्वत — अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ ।

स्थानीय ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका सन्तानको बिचल्ली भएको हो । परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो । उनले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएकी थिइन् ।

आय आर्जनका लागि गोला पोल्न जाँदा परियारलाई अरिङ्गालले टोकेको थियो । स्थानीय गोकुल श्रेष्ठका अनुसार अहिले उनको दुई छोरी र चार छोराको बिचल्ली भएको छ । “घरमा एक छाक पकाएर खाने अन्न छैन”, श्रेष्ठले भने । उनीहरु सबै १२ वर्षमुनिका बालबालिका रहेका छन् । परियारका दुई श्रीमती फूलमाया र नैनकलीको पनि कमाउने कोही नहुँदा बिचल्ली छ ।

स्थानीय पाङ युवा क्लबले परियार परिवारको सहयोगका लागि अभियान नै सञ्चालन गरेको अध्यक्ष जयराम सुवेदीले बताए । बालबालिकाले आर्थिक अभावकै कारण सामुदायिक विद्यालयमा समेत नियमित पढ्न पाइरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank