काठमाडौं —पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वमा नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
बिहीबार पूर्वप्रधानमन्त्री भट्टराई नेतृत्वमा नेपाल समाजवादी पार्टी आयोगमा दर्ता भएको हो । आयोगले यस अघि नै दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइ दिएको हो। उक्त पार्टी भट्टराई समूहका नेता विश्वदीप पाण्डेको नेतृत्वमा दर्ता थियो । सोही समूहकै आग्रहमा आयोगले नाम परिवर्तन गरि दर्ता गरेको हो।
आयोगले नेपाल समाजवादी पार्टीलाई आँखा चुनाव चिह्न प्रदान गरेको छ। उक्त चिह्न समावेशी लोकतान्त्रिक पार्टीकै हो । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।
जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।
Leave a Reply