मेरा केही विमतिहरु

गणेश चिन्तन साउन ७, २०७९

बाहिर
खसिको टाउको देखाएर
भित्र
कुकुरको मासु बेच्ने
माक्र्सको उक्तिलाई
भीडमा नारा बनाएर
मेरो पुस्ताको बलमा
तिमी
यही व्यवस्थामा
सत्तासीन भयौ
भन्ने एउटा
गर्ने अर्को भएपछि
तिम्रो नियतमा
मेरो विमति छ ।। १ ।।

तिमी
यो व्यवस्थालाई
दोषी करार गर्छौ
म तिम्रो
व्यवहार र आचरणलाई
दोषी करार गर्छु
व्यवस्थाको ढाँचा
आचरणको साँचा
तिमीले बनाएको हो
त्यसैले ,व्यवस्थालाई
दोषी करार गर्ने
तिम्रो तर्कमा
मेरो विमति छ ।। २ ।।

विभेदका र असमानताका
असंख्य सिकन्जाहरूले
मेरो समाजलाई
अझै बाँधिएको छ
शोषण र दमनका
असंख्य गजबारहरूले
मेरो समाजलाई
अझै घेरिएको छ
विभेदका र असमानताका
सिकन्जाहरूलाई नतोडेर
शोषण र दमनका
गजबारहरूलाई नभत्काएर
कस्तो समाजवाद ? ।। ३ ।।

शब्द शब्दमा
पाइन लगाएर
वाक्य वाक्यमा
सपना भरेर
माक्र्सवादलाई
शक्तिहिन बनाउने
तिम्रो आचरणले
देश बन्छ र ?
ढोंगी बनाउने
तिम्रो व्यवहारले
समाज बन्छ र ?
माक्र्सवादलाई
शक्तिहिन र ढोंगी बनाउने
तिम्रो नियतमा
मेरो विमति छ ।। ४ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank