फोनिज युकेबाट दुई पत्रकार पुरस्कृत

दलित अनलाईन २४ असार २०७९, शुक्रबार २२:३३

काठमाडौं — आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेबाट दुई पत्रकार पुरस्कृत भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेबाट शुक्रबार दुई पत्रकार सम्मानित तथा पुरस्कृत भएका हुन् ।

फोनिज केन्द्रीय समितिद्वारा आयोजित समारोहमा सो पुरस्कार वितरण गरिएको हो ।

फोनिज युके सम्मान २०२२ बाट फोनिजका पूर्व कोषाध्यक्ष टीकाराम प्रधान सम्मानित भए । प्रधान हाल काठमाडौं पोष्ट अंग्रेजी दैनिकमा कार्यरत छन । त्यस्तै, फोनिज युके पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा पुरस्कृत भए । सम्मान र पुरस्कारको राशी जनहीँ २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।

सम्मानित र पुरस्कृत दुवैलाई आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले संयुक्त रुपमा हस्तान्तरण गरे । कार्यक्रम फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank