काठमाडौँ — १५ वर्षअघि नै काठमाडौँमा कर्णाली दख्खिन बग्दो छले वर्षौंदेखिको कर्णालीको न्यारेटिभ भत्काइदिएको थियो । गाउँगाउँमा चामलको रक्सी पाउने तर पेट भर्न चामल नपाउने, तुइनमा झुन्डिदै विद्यालय जानुपर्ने, जागिरका लागि मुग्लान पस्नुपर्ने । नाटकमा हास्य र व्यंग्य शैलीमा कर्णालीबासीका दिनानुदिनका बाध्यता देखाइएका थिए । कर्णालीबाट आएका कलाकारले तत्कालीन गुरुकुल नाटकघरसँग मिलेर प्रस्तुत गरेको नाटकले धेरैलाई रुवाएको थियो । आँसु रचनामा आधारित सो नाटकका मुख्य कलाकार थिए, हिरा बिजुली नेपाली ।
०४६ सालमा गाउँमा बिजुली उद्घाटन हुँदा जन्मेका हिरा ,बिजुली नामबाट चिनिए । नेपाली रंगमञ्चमा सामाजिक न्यायको मुद्दा लिएर उदाएका ३३ वर्षीय बिजुली बुधबार ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्डबाट सम्मानित भएका छन् । सामाजिक न्यायको क्षेत्रमा पुर्याएका योगदानलाई कदर गर्दै सरिता परियार ट्रष्टले ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड–२०२२’ प्रदान गरिएको हो । जात व्यवस्था र सम्पुर्ण सामाजिक कु प्रथाहरुको अन्त्यका लागि कलाकार तथा लेखक हीरा बिजुली नेपालीले नाटक र कलाको सशक्त माध्यमबाट सामाजिक न्यायको अभियानमा योगदान पु¥याउने सपना बोकेर सन् २०१२ मा यस सेन्टरको स्थापना गरेका थिए ।
सामाजिक न्यायका लागि दर्नाल पुरस्कार (डिएएसजे) सामाजिक न्यायका अगुवा सुभाष दर्नालको छोटो तर विशिष्ट जीवनबाट प्रेरित भएर स्थापित गरिएको द्विवार्षिक अन्तर्राष्ट्रिय पुरस्कार हो, जसले जातीय विभेद र अपमान अन्त्य गर्ने कामको अगुवाइ गर्ने ४० वर्षमुनिका युवा अगुवासँगै संगठन र आन्दोलनलाई सम्मान गर्छ । तेस्रो द्विवार्षिक अन्तर्राष्ट्रिय पुरस्कार वितरण समारोहमा सम्मानित हिरा बिजुली नेपालीले निकै गहकिलो मन्त्व्य राखेका थिए । उनको मन्त्व्य जस्ताको तस्तै :
सर्वप्रथम कर्णाली आर्टस् सेन्टर मुगु र म हिरा बिजुली नेपालीको तर्फबाट यहाँहरुमा न्यानो अभिवादन टक्र्याउन चाहन्छु ।
म यहाँहरुसँग हाम्रो आफ्नो ईतिहासको छोटो कथा सुनाउने अनुमति चाहन्छु । सन् २००७ जुनमा कर्णाली थिएटरको नाममा स्थापित‘कर्णाली आर्टस् सेन्टर’ एक प्रयोग हो । यसले आजको अवस्थासम्म आईपुग्दा आफ्ना आदर्श, मुल्य मान्यताहरुमाथि नै कयौ पटक पुर्नविचार गर्दै आईरहेको छ । किनकि हामी मान्दछौ कि संसारका सारा चीजवस्तु र विचारहरु परिवर्तनशील छन । त्यसैले हामीलाई लाग्दछ कि परिवर्तन हाम्रै प्रयासबाट संभव छ । सन् २००७ मै संविधानसभाको निर्वाचन मार्फत बन्ने भनिएको संविधानमा दलितहरुको आवाजलाई समेट्ने उद्देश्य सहित दुर्गम कर्नालीका ८० वटा दलित बस्तीहरुमा कचहरि नाटक (फोरम थिएटर) प्रदर्शन पछि यो संस्था स्थापनाको परिकल्पना गरिएको थियो ।
नेपाली सामाजिक रंगमंचलाई विस्तार गर्न र कर्नालीको मुगुमा नाटकघर निर्माण गर्ने उद्देश्यका साथ २०६५ सालमा हामीले तत्कालिन गुरुकुलको रिमाल नाटक घरमा “कर्नाली दख्खीन बग्दो छ” नाटक प्रदर्शन गरेर राज्यको सम्पूर्ण ध्यान कर्नालीतिर तान्न सफल भयौ र त्यहि सफलतामै टेकेर ग्रामीण समुदायका बाटो र चोकहरुमा दलित, महिला, जनजाती र अन्य सिमान्तकृत समुदायको हक हितका लागी काम गर्ने दृष्टिकोणको जन्म भयो । हाल सम्म हामीले कर्नालीमा सामाजिक न्याय स्थापनाका लागि कर्नालीका सात ओटा जिल्लाहरुका झण्डै ३०० ओटा गाउँहरुमा पुगेर जनचेतनामुलक सडक नाटकका ३५०० ओटा प्रदर्शनहरु गरिसकेका छौ ।
यहाँ कयौं कथाहरु ,कविताहरु लेखिएका छन, चलचित्रहरु त बर्षमै झण्डै सयौंको संख्यामा बनेका छन । तर खोई कसले बोलेका छन र हत्यारा जात व्यवस्थाका विरुद्ध ? किन नाटकका दृश्यहरुमा कोही ठुलो आवाज गरेको निर्धक्क बोल्ने दलित भेटिदैन ? किन चलचित्रमा पनि अहिलेको समाजले गरिरहेको विभेदको कथा लुकाएर सुन्दर शान्त नेपाल देखाइन्छ त ? के यो देश वास्तवमा सबैका लागि सुन्दर छ त ?
मुख्यतया हामी सन् २००८ पछि कर्नालीका दलित समुदायले ईतिहासमा विकास गरेर आज सम्म पुस्तौनी रुपमा हस्तान्तरण गर्दै आईरहेको भौतिक तथा अभौतिक ज्ञानको प्रणालीमाथिकोे यहाँका दलित समुदायको दावीलाई सँस्थागत गर्न पहल गरिरहेका छौ । यहाँहरुलाई थाहै छ कि नेपालको शिक्षा प्रणाली ,राज्य व्यवस्था र विश्व विद्यालयहरुसमेतले दलितहरुका जीवनपयोगी कला, ज्ञान र सीपहरुलाई आजसम्म ज्ञानको रुपमा स्वीकारिसकेको छैन । यहाँका सरकारी पाठ्यक्रमले चन्द्रमामा मानिस पुगेको कथा भन्न सक्छ, समुन्द्रमुनि रेल कुदेको कथा भन्न त सक्छ तर दलितले बुनेको सीपको कथा सुनाउन चाहेको देखिदैन । किनकि उनीहरुलाई लाग्दो हो कि दलित हुनु भनेको अज्ञानी हुनु हो । यिनीहरुले निर्माण गरेको ज्ञान कसरी पवित्र हुन सक्छ ? यी अज्ञानी र अपवित्र मानिसहरुलाई कयौं ठाउँमा कुटेर मारेर हिंसा गरिएको छ भने । कयौं परिस्थितिमा संरचनाको प्रयोग गरेरै हिंसा गरिएको छ ।
हामी हाम्रो अपमानित जीवनमा पहिलो पटक लामो स्वास फेर्न पाएको महशुस गरिरहेका छौ । किनकि आज हामी र अमेरिकामा विशेष गरी ज्ञान उत्पादन र राजनैतिक विश्लेषणका कार्यहरुको अगुवाई गर्दै आईरहेको हाम्रो साथी सँस्था इक्वालिटि ल्याबले नेपाली दलित आन्दोलनका धरोहर दिवंगत स्व सुभाष दर्नालज्युको स्मृतिमा प्रदान गरिने अन्तराष्ट्रिय दर्नाल अवार्ड संयुक्त रुपमा प्राप्त गर्दैछौ । हामीलाई सानै देखि सुनाईएको थियो कि अमेरिका धेरै धनी र निकै सभ्य मानिसहरु बस्छन, नेपालमा घाम लागिरहेको बेला त्यहाँ रात परिरहेको हुन्छ । भुगोलमा यति टाढा हुँदा पनि हामीले एकै प्रकारका विभेदहरु खेपिरहेका छौ र त्यसका विरुद्ध फरक फरक धुर्वमा बसेर निरन्तर लडिरहेका छौ । हुन त हामीले दशकौ सम्म आम दलित समुदायको आत्मसम्मानको कुरा गर्दै गर्दा हामी स्वयमलाई सम्मान गर्ने कोहि थिएन । यहाँहरु लाई अवगत नै छ कि ईतिहाँस देखि पुस्तौनी हस्तान्तरण गर्दै आएको ज्ञान र सीपले आज सम्म कुनै दलितलाई सामाजिक सम्मान दिएको छैन । बरु अपमानको भारी बोकाएको छ । त्यति मात्र होईन यहाँ दलित मन्त्री, सचिव वा अझ भनौ दलित सहिदै किन नहोस उसले नेपाल भन्ने देशमा बसेर सम्मान पाउनु असम्भव प्राय हो, हुदै जादैछ ।
भर्खरै नेपालगंजमा सहिद सेतु विकको सालिकको टाउकोमाथी दिउसै घन बजारिदा त्यहाँको प्रशासनको राष्ट्रियताको रौ पनि हल्लिएन । यसरी हाम्रो बलिदानीलाई समेत घृणा गरिएको छ । यहाँ कयौं कथाहरु ,कविताहरु लेखिएका छन, चलचित्रहरु त बर्षमै झण्डै सयौंको संख्यामा बनेका छन । तर खोई कसले बोलेका छन र हत्यारा जात व्यवस्थाका विरुद्ध ? किन नाटकका दृश्यहरुमा कोही ठुलो आवाज गरेको निर्धक्क बोल्ने दलित भेटिदैन ? किन चलचित्रमा पनि अहिलेको समाजले गरिरहेको विभेदको कथा लुकाएर सुन्दर शान्त नेपाल देखाइन्छ त ? के यो देश वास्तवमा सबैका लागि सुन्दर छ त ? विश्वका अग्रज कलाकारहरुले रंगमंचलाई समय समयमा आमुल परिवर्तनको पक्षमा व्यापक प्रयोग गर्दै आईरहेका छन । हाम्रा कलाकारहरु किन जात व्यवस्थाका विरुद्ध बोल्न लोभ मानिरहेका छन ? उनीहरुका लागि बरु सडकको फोहोर कलाको विषय बन्न सक्छ तर मानिसहरुकै दिमाग भित्रको बुझाईको फोहोर कलाको विषय बन्न सक्दैन ? त्यसैले पनि आज आम न्यायप्रेमी कलाकार, रंगकर्मी, चलचित्रकर्मीहरुले आफ्ना कला र सृजनाका माध्यमबाट जातिवाद र जात व्यवस्थाले थोपेरेको उत्पीडनका विरुद्ध निरन्तर प्रतिरोध र खवरदारी गरिरहनु जरुरी छ । त्यसैले आउनुहोस् हामी एकजुट होउ । हाम्रो एकतालाई शक्तिमा बदलौ । हामी तपाईको आवाज सँग हाम्रो आवाज पनि मिसाएर हाम्रो साझा आवाजको आवृति बढाउन चाहन्छौ ।
त्यसै कारण हामी यहि वर्षदेखि हाम्रो कर्नालीको आवाजलाई नेपालकै अर्को उत्पीडन भुमि र अर्को उत्पीडन समुदायको आवाजसँग जोड्ने प्रयास स्वरुप मुगु जिल्लाबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सर्दैछौ । यहाँहरु पनि सजिलै आँकलन गर्न सक्नु हुन्छ कि अब हाम्रो संघर्षको घनत्व पनि झन् बढ्दै जानेछ । हामी भुगोल, राजनीति, धार्मिक, सामाजिक र साँस्कृतिक रुढिग्रस्तताका कारण सृजित असमानता, विभेद र विभाजन जस्ता काल्पनिक अमानवीय सिमानाहरुका बिचमा उभिएर प्रत्येक नागरिकको लागि समानताको अधिकार तथा उच्च मानविय मुल्यको पक्षमा व्यापक वकालत गर्नेछौ । हामी कर्नालीका दलित, महिला र सम्पुर्ण सिमान्तकृतहरुमाथि सदियौं देखि थोपरिदै आएको जातिय, लैंगिक, धार्मिक, साँस्कृतिक उत्पीडनको भारीमाथि र थप्ने सामन्ती जात व्यवस्था र सम्पुर्ण सामाजिक कु प्रथाहरुलाई झन बलियो बनाउन उपयोग भैरहेको दलितहरुको ज्ञान सीप र कलालाई सामाजिक न्याय स्थापनाको लागि खर्च गर्न चाहन्छौ ।
हामी यस्ता खाले कलात्मक परियोजनाहरुको खाका कोर्न चाहन्छौ जसले सिमान्तकृतहरुको सामाजिक न्याय स्थापनाको सपनालाई दृढताकासाथ सघाओस् । वास्तवमा हामी विभिन्न खाले कलात्मक अभिव्यक्तिहरुको माध्यमबाट कर्णालीमा सामाजिक न्याय स्थापनाका लागि निरन्तर प्रश्न गरिरहने नयाँ पुस्ताको विउ रोप्न चाहन्छौ । हाम्रो यो अभियानमा यहाँहरुको पनि साथ, समर्थन र एक्यवद्धता रहने नै छ भन्ने हा विश्वास गर्दछौ । दर्नाल अवार्डको प्राप्ति स्व. सुभाष दर्नालले देख्नु भएको सामाजिक न्याय प्राप्तीको सपना साकार पार्ने जिम्मा अब हाम्रो काँधमा आएको महशुस गरेका छौ । यो सम्मानले हामीलाई थप उर्जा र हौसला मिलेको छ । स्व दर्नालले रोेज्नु भएको सामाजिक न्याय प्राप्तिको बाटोमा एक कदम पनि नडगमगाई क्रुर र निन्दनिय जात व्यवस्थाका विरुद्ध निरन्तर लडिरहने प्रण गर्दछौ । यो गरिमामय अवार्डको आयोजक सरिता परियार ट्रष्ट र समता फाउण्डेशन, अवार्डको लागि निरन्तर सहयोग गर्ने ईन्डियन ईन्स्टिच्युट अफ दलित स्टडीज नयाँ दिल्ली, ईन्टरनेश्नल दलित सोलिडारिटि नेटवर्क, नेसनल ईन्डाउमेन्ट फर डेमोक्रेसि, ओपन सोसाईटि फाउण्डेशन, फाउण्डेशन फर अ जस्ट सोसाईटि ,स्ट्यानफोर्ड युनिभर्सिटी,द न्यु स्कुल र सम्पुर्ण आयोजक टिम,आजको यस सुखद क्षणको साक्षी बनिदिनु भएकोमा यहाँहरु सबै प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौ । विशेष गरी कलाका माध्यमबाट सामाजिक रुपान्तरणको हाम्रो यात्रामा कुनै न कुनै रुपमा समयमा जोडिनु भएका कलाकार साथीहरु, संचारकर्मीहरु, देश तथा विदेशमा रहनु भएका शुभ चिन्तक साथीहरुमा हार्दिक बधाई दिन चाहन्छौ ।
Leave a Reply