मेरो उम्मेदवारी समृद्ध ढोरपाटन निर्माणका लागि हो : देव कुमार नेपाली

देव कुमार नेपाली २७ बैशाख २०७९, मंगलवार १५:४३

मैले राजनीति गर्नुमा कुनै स्वार्थ छैन । म जनताका लागि केही गर्न राजनीतिमा होमिएको हुँ । ढोरपाटन क्षेत्रका जनताका लागि मैले थुप्रै काम गरेको छु । ढोरपाटनबासी जनताको सुखदुःखमा सधैँ साथ दिएको छु । जनताले जतिबेला, जहाँ बोलाए पनि आफ्नो उपस्थिति देखाएको छु ।
कोभिड महामारीको समयमा होस् वा अन्य कुनै विपत्तिको समय, जनताको आवश्यकता अनुसार व्यक्तिगत रुपमा सबैलाई सहयोग गर्दै आएको छु ।

गत २०७४ सालको स्थानीय तह निर्वाचनमा तपाईँले मलाई भारी मतले ढोरपाटन नगरपालिकाको मेयरका रुपमा विजयी गराउनुभयो । तपाईँको अमुल्य मतको कदर गर्दै मैले राजनीतिक हिसाबमा मात्रै नहेरी सामाजिक हिसाबमा पनि अग्रणी भूमिका निर्वाह गरेर जनताको हितमा काम गरेको छु जस्तो लाग्छ ।

देशमा संघीय संरचनाको पहिलो अभ्यासले पनि होला, ऐन, नियम, कानुन लगायत स्थानीय सरकार सञ्चालनका विषयमा अनविज्ञ हुँदा यसलाई सिक्न समय लाग्यो । त्यसैले पनि जनताले सोचे र भने अनुसार काम नहुँन सक्छ । विविध कठिनाईका वाबजुद पनि जनताको सेवामा अहोरात्र खटेर केही राम्रो गर्ने प्रयास गरियो ।

मलाई माया गर्ने यी जनताको अनुहारमा खुसी छर्न चाहन्छु । गरिबीको रेखामुनि रहेका सर्वसाधारणको जीवनस्तर उकास्न, विकासको मूल फुटाउन चाहन्छु । समृद्ध ढोरपाटन निर्माणका लागि अझै पनि थुप्रै काम गर्न बाँकी छ ।

मलाई नरुचाउने मेरा केही विपक्षीहरुलाई भने मेरो काम मन परेन । उनीहरु भन्छन्, देव कुमार नेपालीले जनतालाई शोषण गर्यो । जनताको हितमा काम गरेन । भ्रष्टचार गर्यो । उनीहरुले लगाएका यस्ता थुप्रै आरोप छन् । विरोधकै लागि विरोध भन्दा पनि जनस्तरमा पुगेर यस क्षेत्रका जनताका लागि देव कुमार नेपालीले कस्ता योगदान गरेको छ ? भन्ने विषयमा मसिनो गरी बुझ्नुहुन अनुरोध गर्दछु ।

म राजनितिमा आउनु भन्दा पहिले पनि पूर्ण रूपमा सामाजिक काममा लगानी गर्दै, जनताको सुख, दुःखको सहयात्रीको भूमिका खेल्ने प्रयास गर्दै आएको थिएँ ।

सायद यसै कारण होला जनताको घरदैलोमा जाँदा मैले निकै मायाँ र सम्मान पाएको महशुस गरेको छु । मलाई माया गर्ने यी जनताको अनुहारमा खुसी छर्न चाहन्छु । गरिबीको रेखामुनि रहेका सर्वसाधारणको जीवनस्तर उकास्न, विकासको मूल फुटाउन चाहन्छु । समृद्ध ढोरपाटन निर्माणका लागि अझै पनि थुप्रै काम गर्न बाँकी छ ।

जनताका अधुरा काम पुरा गर्न पनि यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पुनः ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार बनेर तपाईँ माझ आएको छु । मेरो उम्मेदवारी समृद्ध ढोरपाटन निर्माणका लागि हो ।

यो क्षेत्रलाई कसरी नमुना बनाउन सकिन्छ भन्नेमा म प्रतिबद्ध छु । यस क्षेत्रको मुहार फेर्न, जनताको जीवनस्तर उकास्न जनतासँग प्रतिबद्धता गरेको छु । मलाई विश्वास छ,  तपाईसँग  गरेको प्रतिबद्धता पुरा गर्ने मौका दिनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank