कैलाली अत्तरिया मालिका वादीबस्ती भएको घटनाप्रति राष्ट्रिय वादी संजालको गम्भीर ध्यानाकर्षण

दलित अनलाईन २७ फाल्गुन २०७८, शुक्रबार १५:३३

काठमाडौं —   कैलालीको अत्तरिया नजिकैको मालिका टोलमा भएको घटनाप्रति राष्ट्रिय वादी संजालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

पाँच दिन अघि (फागुन २३ गते) दिउसो करिब ३ बजे मालिका टोलमा भएको  घटनाप्रति राष्ट्रिय वादी संजालले गम्भीर ध्यानाकर्षण भएको हो ।

राष्ट्रिय वादी संजालका केन्द्रीय अध्यक्ष केशव नेपाली (वादी) र संजालका केन्द्रीय महा-सचिव गोपाल नेपालीको संयुक्त हस्ताक्षर भएको  विज्ञप्ति जारी गर्दै वादी संजालले घटनाको घोर भर्त्सना गरेको छ ।

सामुदायिक वन उपभोक्ता समितिका नाममा खोलिएका समिति भित्रका केहि उदण्ड व्यक्तिहरु द्धारा वादी समुदायको वस्तीमा भएका घर टहराहरु भत्काएर वादी समुदायलाई तितरवितर पार्दै आगो वस्तीमा आगो लगाउनेलाई निष्पक्ष र पारदर्शी अनुसन्धान गरी कानून बमोजिम कारबाही र क्षतिपुर्तिसहित पिडितलाई न्याय दिलाउनको लागि नेपाल सरकार, प्रदेश सरकार तथा सरकारका सम्बन्धित निकायसंग जोडदार माग गरेको छ ।

वादी वस्तीमा आगो लागाएर पुरै १२० घरधुरी नष्ट भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आर्थिक, सामाजिक, राजनीतिक,साँस्कृतिक र सबै पक्षबाट पछाडि पारिएको वादी समुदायको वस्तीमा यस्तो वर्वरता र क्रुरर घटना हुनु लोकतान्त्रिक शासन पद्धती तथा कानूनी राज्यमाथि गम्भिर प्रश्न चिन्ह खडा भएको विज्ञप्तीमा उल्लेख गर्दै राष्ट्रिय वादी संजालले विधिको शासन कायम गर्न र वादी समुदाय विरूद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न समग्र नागरिक समाज आमसञ्चार र नागरिकको ऐक्यबद्धता सहकार्यका लागि अनुरोध पनि गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, नेपाल सरकारकै निकायहरु पनि यस्तो कार्यमा संलग्न हुनु मानव अधिकारको उलङ्घन हो । घटनाले दण्डहिनताको पराकाष्ठलाई उजागर गरेको छ । उक्त घटना नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हकहरु, मानविय जीवन माथिको अधिकार, सम्मानपुर्वक वाँच्न पाउने अधिकार, स्वच्छ न्याय सम्बन्धी हक तथा मानव अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तरार्राष्ट्रिय विभिन्न दस्तावेजमा उल्लेखित व्यवस्था समेतको विरुद्ध भएकोले घटनाका सम्बन्धमा नेपाल सरकार तथा सम्बन्धीत प्रदेश सरकारको गम्भिर रुपमा ध्यानाकर्षण गराउन चाहन्छौ ।

बादी समुदाय आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक सबै पक्षबाट पछाडि पारिएको दलित भित्रको पनि अति पिछडिएको सिमान्तकृत समुदाय हो । बादी समुदायको परम्परागत पेशा भनेको नाचगान गर्ने, बाद्य वादनका समाग्री (मादल, ढोल र तबला)  निमार्ण गर्ने,जाल बुन्ने र माछा मार्ने, सुल्पा, चिलिम र टरिया बनाउने रहेको छ । यो समुदाय खास गरी नदी किनार, खोला छेउ र ओडार आदीमा बस्ने गर्दथ्यो र आफ्नो जीवनलाई घुमन्ते जीवनको रुपमा जीवनयापन गर्ने सीमान्तकृत समुदाय हो । अहिले पनि यो समुदायका व्यक्तिहरुमा गाँस,वास र कपासको समस्याले पिरोेली रहेको देखिन्छ ।

आफनो नाममा एक टुक्रा पनि जग्गा जमिन नभएको कारण उनीहरु गोदावरी नगरपालिका ३ मालिका टोलको ऐलानी जग्गा तथा   वन क्षेत्रमा वस्दै आएका थिए । विगत लामो समयदेखि उक्त वस्तीमा वस्दै आएका वादीहरुलाई कुनै वैकल्पिक वाटो नअपनाएर यसरी उठीवास लगाउनु पक्कै पनि राज्यको दाइत्व भित्र पर्दैन ।

राज्यले उनीहरुको विकल्प नदिए सम्म यथास्थानमा वस्न पाउने व्यवस्था गर्नको लागि नेपाल सरकार तथा सुदुरपश्चिम सरकारलाई जोडदार माग गर्दछौ भनिएको छ । साथै राज्यले यस प्रकारका जायज मागहरुलाई तत्काल सम्बोधन गर्नुपर्दछ । राज्यले सम्बोधन तत्काल नगरेमा यसले भयावहरुप लिन सक्ने तर्फ पनि ध्यान दिन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank