पोखरा — जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य डिबी नेपाली एमालेमा प्रवेश गरेका छन ।
मंगलबार बिहान पोखरामा नेपाली सहित केन्द्रीय सदस्य देवी सुवेदी एमाले प्रवेश गरेका हुन । जसपाका ९ केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यहरु गरी ४ सय जना एमालेमा प्रवेश गरेका हुन ।
उनीहरुलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराउँदै स्वागत गरे । सुवेदी र नेपालीसहित संविधान सभा सदस्य कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, पार्टीको केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की तथा पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा, पर्वतका जिल्ला अध्यक्ष नवीन पुन एमाले प्रवेश गरेका हुन ।
Leave a Reply