राष्ट्रिय दलित आयोगको एक वर्षमा भएको उपलब्धीहरु

मेहल पार्की २१ माघ २०७८, शुक्रबार १९:४०

संवैधानिक परिषदको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्युको कार्यालयबाट २०७७ माघ २१ गते नेपालको संविधान २०७२ को धारा २५५ को उपधारा (२) अनुसार राष्ट्रिय दलित आयोगको सदस्य पदको नियुक्ति भएर पदवहाली गरेको एक वर्ष आजबाट पूरा भएको छ ।

संवैधानिक परिषदको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्युको कार्यालयबाट २०७७ माघ २१ गते राष्ट्रपतिको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि आयोगको सदस्याका रुपमा नियुक्त भएको पनि एक वर्ष भएको हो ।

संविधानले सुनिश्चित गरेको र लामो समय पदाधिकारी रिक्त रहेको संवैधानिक आयोगमा हामी नियुक्त भएर आउँदा र अहिलेको अवस्थासम्म पनि कोरोनाको अवस्था उस्तै छ । एक वर्षको अवधिमा कोरोनालगायत विभिन्न समस्याहरुसँग जुध्दै मैले व्यक्तिगत रुपमा भए गरेका गतिविधि र उपलब्धीहरुलाई बुँदागत रुपमा राख्न चाहन्छु ।

१.आयोगले तोकेको कार्य क्षेत्र तथा जिम्मेवारी
१.१ भूगोल कार्य क्षेत्र– आयोगको तर्फबाट कर्णाली र लुम्बीनी प्रदेशको समायोजन गर्ने ।
१.२ विभागीय कार्य क्षेत्र –आयोगको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रि सरकारी तथा गैर सरकारी संघ(संस्था र नीजि क्षेत्रको समायोजन गर्ने ।
२. आयोगको नितिगत कामहरु
२.१.आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८ तयार गर्न बनेको समितिको संयोजकको भूमिकामा रही ७ वटा परिच्छेत ५ वटा अनुसुचि समेटिएको ८२ पेज लामो वार्षिक प्रतिवेदन २०७७/०७८ तयार गरी पेश गरिएको ।
२.२. भूमिहिन दलित परिवारलाई उपयोगिताको आधारमा जीवन निर्वाह गर्न सक्ने जमिन उपलब्ध गराउने, पाठ्यत्रममा जातीयता झल्काउने विषय सामाग्रीहरुलाई कोर्षबाट हटाउने, अदालतभित्र दलितका मुद्दा हेर्ने छृट्टै डेक्स र प्रहरी कार्यालयमा सामाजिक सहायता कक्ष निर्माण गर्न, एक शैक्षिक संस्था एक दलित शिक्षक, एक विद्यालय व्यवस्थापन समिति एक दलित अभिभावकको अनिवार्य व्यवस्था गर्ने ।
एक दलित परिवार एक रोजगारको व्यवस्थाको नीति अवलम्बन गर्दै सरकारी राजस्वमा २५% छुटको व्यवस्था गरिनु पर्ने लगाएतका विषयलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गराउन आयोगको तर्फबाट गरिएको सिफारिमा महत्वपूर्ण भुमिका निर्वाह गरिएको छ ।
२.३. जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्दन कार्यविधि २०७३ लाई संसोधन गर्न बनेको समितिको संयोजकको भूमिकामा रहप् संयन्त्रको संरचनालाई केन्द्रमा उच्च स्तरीय संयन्त्र, कार्यन्वयन समिति, प्रदेश संयन्त्र, जिल्ला संयन्त्र र स्थानीय संयन्त्र रहने र सो संयन्त्रलाई सक्रिय भूमिकामा रहने गरि सुझाव सहित जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवद्र्धन कार्यविधि २०७८ निर्माण गरिएको छ ।
२.४. आयोगको पहिलो पटक आन्तरिक र आधिकारीक लोगो निमार्ण गर्न बनेको लोगो निमार्ण समितिको संयोजकको भूमिकामा रही दलित समुदायको न्याय, समनाता, संरक्षण र सम्बृद्धि सहितकोसम्मान झल्किने आयोगको आन्तरिक र आधिकारीक लोगो निमार्ण अन्तीम अन्तीम अवस्थामा पुगेको छ र छिटै प्रयोगमा आउने भएको छ ।

२.५. थर सुचिकरण मापदण्ड निर्देशिका २०७८ निर्माणमा सक्रिय भूमिकामा रहेको ।
२.६. आयोगको बैठक सञ्चालन कार्यविधि २०७८ निर्माणमा सक्रिय भूमिकामा रहेको ।
२.७.आयोगको उजुरी ब्यवस्थापन निर्देशिका २०७८ निर्माणमा सक्रिय भूमिकामा रहेको ।
२.८.आयोगको आन्तरिक व्यवस्थापन निर्देशिका २०७८ निर्माणमा सक्रिय भूमिकामा रहेको ।
२.९.आयोगको आचारसंहिता २०७८ निर्माणमा सक्रिय भूमिकामा रहेको ।
२.१०.आयोगको अनुगमन तथा भ्रमण ब्यवस्थापन निर्देशिका २०७८ निर्माणमा सक्रिय भूमिकामा रहेको ।
२.११. आयोगको विज्ञहरुको रोष्टर तयार गर्न संयोजन र सक्रिय भूमिकामा रहेको ।
२.१२. आयोगको नियमावली २०७८ निर्माणमा सक्रिय भूमिकामा रहेको ।
२.१३. दलित समुदायको थर सुचि, नागरिकतामा थर सच्याउने लगाएत आयोग सँग सम्बन्धीत कानूनी प्रकृयामा सक्रिय भूमिकामा रहेको ।

३  जातीय विभेदका घटना अनुगमन
३.१. स्थलगत अनुगमन गरि प्रतिवेदन पेश गरिएका घटनाहरु
अन्तरजातीय प्रेम विवाह पछि जातीय विभेद गरेको घटना १ वटा,अपमानजनक गालीगलौज गरि जातीय विभेद गरेको घटना १ वटा, नटुवा समुदायको आर्थिक, सामाजिक र मानव अधिकारको अवस्थाको प्रतिवेदन १ वटा, जातीय विभेद सम्बन्धी जानकारी लिने र सरोकारवाला निकायहरुसँग गरिएको छलफल र त्यसको नीतिगत सुझाव सहतिको प्रतिवेदनहरु दोलखा, हुम्ला, बाजुरा, सुर्खेत ४ वटा गरी ५ वटा लिखित प्रतिवेदन पेश गरिएको छ ।
३.२. छानविन र कारवाहीको लागि पहल गरिएका घटनाहरु
वलत्कारपछि हत्या प्रकरण घटना १ वटा, अन्तरजातीय भागि विवाहका बारेमा नव विवाहित जोडीलाई सुरक्षा लगाएतका विषयमा सहजताको लागि १ वटा , जातीय विभेद र गालीगलौजको घटना २ वटा, अन्तरजातीय भागी पे्रम विवाहपछि भएको घटना ३ वटा लगाएत ११ वटा घटनाहरुको छानविन र कारबाहीको लागि पहल गरिएको छ ।
४.  आयोगको आन्तरिक बैठक कार्यक्रम
आयोगका पदाधिकारीविच छलफल ९३ वटा, आयोगको पदाधिकारी बैठक ३२ वटा, विज्ञहरुसँगको बैठक ४ वटा, जुठे टेलिसिरियलका बारेमा बैठक १ वटा समेत गरी १४३ वटा आन्तरिक बैठक र स्थानीय दलित जनप्रतिनिधि हरुलाई अभिमुखि कार्यक्रममा सहभागी २ वटा, थर सुचिकरणको विषयको अन्तरक्रिया २ वटा, अन्तर्राष्टिय विभेद उन्मूलन दिवस,
दलित पुजारी नियुक्ति भएकोमा अभिनन्दन समारोह, समेत १३ वटा गरी ९ वटा कार्यक्रम समेत जम्माआयोगको १५३ वटा आन्तरिक बैठक कार्यक्रम सहभागि भै महत्वपूर्ण भूमिका निर्वाह गरिएको छ ।

५.सरकारका उच्च पदस्थहरु सितको बैठक छलफल
सम्माननीय राष्टपतिज्यु समक्ष आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ को प्रतिवेदन पेश,सम्माननीय राष्टपतिज्युको औपचारिक भ्रमणमा विदाई र स्वागत समारोह, ७१ औं प्रजातन्त्र दिवसको औपचारिक कार्यक्रम, १११ औं अन्तर्राष्टिय नारि दिवसको औपचारिक कार्यक्रम, विभिन्न संवैधानिक निकायका उच्च पदस्थ व्यक्तिहरुसँग छलफल, प्रदेश प्रमुख,मुख्यमन्त्रीसँग आयोगको प्रदेश कार्यालय र दलित सशक्तिकरण विधेयका विषयमा छलफल भएका छन् ।

६. संवैधानिकआयोगहरु सँगको बैठक कार्यक्रमहरु
मुस्लिम आयोगको आयोजनामा भएको कार्यक्रम १ वटा, राष्टिय समावेशी आयोगको आयोजनामा भएको कार्यक्रममा २ वटा, राष्ट्रिय महिला आयोगको आयोजनामा भएको कार्यक्रममा २ वटा,राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको बैठकमा तथा कार्यक्रम ६ वटा कार्यक्रमा सहभागि भइ हमत्वपूर्ण भूमिका निर्वाह गरिएको छ ।
७. नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु सँगको बैठक छलफल
१.विभिन्न मन्त्रालयमा मा. मन्त्री र सचिवसँगजनता आवास कार्यक्रम र दलित बस्ती विकास तथा जोखिम बस्ती स्थानतरण, सरकारको नीति कार्यक्रम र बजेटमा दलितका सवाल, ऐन, नियमावली, कार्यविधि, निर्देशिका लगाएत बिभिन्न बैठक छलफल ३१ वटा, माहान्यायधिवक्ता, प्रहरी महानीरिक्षक, राष्ट्रिय अनुसन्धान,संवैधानिक परिषदका उच्च पदस्थ कर्माचारीहरु सँग, संयुक्त राष्ट संघ ग्ल्र परराष्ट्र मनत्रालयका प्रतिनिधिहरु र आयोग पदाधिारी विचको बैठक, पशुपति क्षेत्र विकास कोष, राष्टिय बाल अधिकार परिषद लगाएतका बैठक तथा छलफलमा सहभागि भै सक्रिय भूमिका निर्वाह गरिएको छ ।

८.गैर सरकारी निकायहरु सँगको बैठक कार्यक्रमहरु
१.ग्ल्म्एर अन्य क्ष्ल्न्इका प्रमुखहरु सँग विविध विषयमा छलफल, किडार्क नेपालको आयोजनामा हुम्ला जिल्लाको सर्केगाड गाउपालिका वाड नं.१ तुम्चमा हुम्ला कचहरीमा प्रमुख बक्ता, जुरी नेपाल र आयोग विच विवित विषयमा छलफल, विभिन्न गैरसरकारी संघ,सँस्थाहरुबीच विभित विषयमा छलफलमा उपस्थति भएर महत्वपूर्ण भूमिका निर्वाह गरिएको छ ।
९.अनुगमन गरिएका स्थानहरु
घटना अनुगमन गरिएका स्थानहरु सर्लाही, चितवन, सुर्खेत र दोलखा, बाजुरा गरि ५ वटा र मोहत्तरीको बर्दिबास, सुर्खेतको लेखबेसी नगरपालिका, हुम्लाको सर्केगाड गाउँपालिका १ तुम्चमा गरि ४ वटाकार्यक्रम गरी ९ वटा स्थानहरुमा अनुगमन गरिएको छ ।
१०. सेवा सुविधाहरु
तोकिए अनुसार पारिश्रमीक, घरभाडा र बार्षिक प्रतिवेदन पेश गर्न कर्णाली प्रदेश सुर्खेत जाँदा आउँदा ६ दिन, घटना अनुगमनमा जाँदा आउँदा दोलखा ४ दिन, सर्लाही ६ दिन , हुम्ला जाँदा आउँदा ६ दिन र कार्यक्रम सञ्चालनमा मोहत्तरीको बर्दिबास ४ दिन, सुर्खेको लेखबेसी ६ दिन गरी जम्मा २८ दिनको भ्रमण तथा अनुगमनको नियमानुसार पाउने भत्ता लिएको छु साथै हुम्लाको अनुगमनमा जाँदा आउँदा उपलब्ध कायालयको सवारी साधन पक्की सडक बाहेक कच्ची सडकमा जान नसक्ने भएकोले नीजि खर्चबाट भाडाको सवारी साधनमा यात्रा गरेको र नीजि खर्चबाटै ४ पटक हवाई जहाजको यात्रामा लागेको खर्च आफैले बेहोरेको छु ।

११. आयोगको नियमित काम कार्यहरु
सार्वजनिक विदाहरु, अनुगमन जादा आउँदाका दिनहरु र पेटको विरामी भै वीर अस्पतालको आकस्मिक सेवामा ३ दिनहरु उपचारमा बाहेक अन्य समय आयोगको नियमित काम कार्यमा खटिरहेको छु ।
१२. अतिरिक्त काम कार्यहरु
विद्यार्थीहरुको छात्रवृद्धि, निशुल्क अध्ययनमा पहल, को विरामीको निशुल्क तथा सहुलियतमा उपचार र समस्यामा परेकाहरुलाई राहात तथा औषधी उपचार खर्चका लागि पहल गरि उपलब्ध गाइएको छ ।
१३. सञ्चार माध्यमहरु सँगको बहस
१.हिमालय टि.भि.मार्फत विभेद सून्य दिवसको अवसरमा अन्तरवार्तामा सहभागी भै भूमिका निर्वाह गरिएको छ ।
२. सामुदायिक रेडियो श्रीनगर हुम्लामा आयोगको भावि रणनीति हालसम्म्का उपलब्धीका विषयमा १ घण्टा बहसमा भूमिका निर्वाह गरिएको छ ।
१४. निरन्तरतामा रहेका कम कार्यहरु
आयोगको रणनीति निमार्ण, थर सुचिकरण, निजामति सेवा ऐन, सुरक्षा निकायका चारवटा ऐनहरु सम्शोधन, विद्यार्थीहरुको छात्रवृद्धि, निशुल्क अध्ययनमा पहल, विरामीको निशुल्क तथा सहुलियतमा उपचार र समस्यामा परेकाहरुलाई राहात तथा औषधी उपचार खर्चका लागि पहल लगाएतका महत्वपूर्ण कम कार्यहरुमा निरन्तर रुपमा लागिरहेको र आयोगमा रहुन्जेल भए गरेका गतिविधि र उपलब्धीहरुलाई पटक-पटक जानकारी गराउने कुराको प्रतिवद्धता गर्दछु ।

(लेखक राष्ट्रिय दलित आयोगको सदस्य हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank