पत्रकार एलबी विश्वकर्माको राहत अभियानमा देउराली फाउण्डेशनको २५ हजार सहयोग

दलित अनलाईन माघ १४, २०७८

काठमाडौं— पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारको लागि क्रियाशिल दलित पत्रकार संघ नेपाल(आड्जोन)आड्जोन द्वारा संचालित  राहत अभियानमा देउराली फाउन्डेशन (रेडियो हिमालय) ले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

फाउण्डेसनको तर्फबाट प्रवन्ध निर्देशक भिम घिमिरे(बिक)ले शुक्रबार आड्जोनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । पत्रकार एलबीको निधनलगत्तै आड्जोनले उक्त राहत अभियान सञ्चालन गरेको थियो ।

फाउण्डेशनसँगै लुम्बीनि फेसन इन्ड्रस्टीका राजेन्द्र विश्वकर्माले ३ हजार, पब्लिक न्यूज नेटवर्कले दुई हजार पाँच सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

चेक हस्तान्तरण गर्दै निर्देशक घिमिरेले फाउण्डेसनले पत्रकारिता क्षेत्रमा लगानी गर्दै आएको र अप्ठ्यारोमा परेका उत्पीडित समुदायलाइसमेत निरन्तर राहत रकम हस्तान्तरण गरेको बताए । उनले एलबीको परिवारको राहत अभियानमा सकेको सहयोग गर्न पनि अपिल गरे ।

आड्जोनका केन्द्रिय सदस्य २६ वर्षिय पत्रकार एलबीको उपचारको क्रममा गत माघ ६ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा निधन भएको थियो । उनको २१ वर्षिय श्रीमति र पाँच वर्षीय छोरा रहेका छन् । पत्रकार एलवीको परिवारको लागि दिर्घकालिन रुपमा सहज होस भनि राहत अभियान शुरु गरेको बताउँदै आड्जोनकी अध्यक्ष पवित्रा सुनारले सहयोग गर्नको लागि अपिल गरिन् । आड्जोनले संकलन भएको राहत रकम अक्षकोष बनाइ परिवारलाई हस्तान्तरण गर्ने बताएको छ ।

पत्रकार स्वर्गीय एलबी विश्वकर्माको परिवारको लागि क्रियाशिल दलित पत्रकार संघ नेपाल(आड्जोन)आड्जोन द्वारा संचालित राहत अभियानमा देउराली फाउन्डेशन (रेडियो हिमालय) ले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

फाउण्डेसनको तर्फबाट प्रवन्ध निर्देशक भिम घिमिरे(बिक)ले शुक्रबार आड्जोनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । पत्रकार एलबीको निधनलगत्तै आड्जोनले उक्त राहत अभियान सञ्चालन गरेको थियो ।

फाउण्डेशनसँगै लुम्बीनि फेसन इन्ड्रस्टीका राजेन्द्र विश्वकर्माले ३ हजार, पब्लिक न्यूज नेटवर्कले दुई हजार पाँच सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

चेक हस्तान्तरण गर्दै निर्देशक घिमिरेले फाउण्डेसनले पत्रकारिता क्षेत्रमा लगानी गर्दै आएको र अप्ठ्यारोमा परेका उत्पीडित समुदायलाइसमेत निरन्तर राहत रकम हस्तान्तरण गरेको बताए । उनले एलबीको परिवारको राहत अभियानमा सकेको सहयोग गर्न पनि अपिल गरे ।

आड्जोनका केन्द्रिय सदस्य २६ वर्षिय पत्रकार एलबीको उपचारको क्रममा गत माघ ६ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा निधन भएको थियो । उनको २१ वर्षिय श्रीमति र पाँच वर्षीय छोरा रहेका छन् । पत्रकार एलवीको परिवारको लागि दिर्घकालिन रुपमा सहज होस भनि राहत अभियान शुरु गरेको बताउँदै आड्जोनकी अध्यक्ष पवित्रा सुनारले सहयोग गर्नको लागि अपिल गरिन् । आड्जोनले संकलन भएको राहत रकम अक्षकोष बनाइ परिवारलाई हस्तान्तरण गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank