को हुन् राष्ट्रिय सभा सदस्यमा निर्वाचित जगत पार्की ? 

दलित अनलाईन १२ माघ २०७८, बुधबार २३:०४

काठमाडौँ — राष्ट्रियसभा सदस्यमा आज भएको निर्वाचनमा सुदूरपश्चिमबाट जगत पार्की विजयी भएका छन् । सत्ता गठबन्धनमा माओवादी कोटाबाट उम्मेदवार रहेका पार्कीले प्रदेशसभा तर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजा ८९० मतभार पाएर निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रबाट उम्मेदवार रहेका पार्कीले  ३७६२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्धन्दी एमाले उम्मेदवार नरेश विश्वकर्माले १७८२ मतभार प्राप्त गरेका छन् ।

 जगत पार्की को हुन ? 

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार बनेका जगत पार्कीको घर डडेल्धुरा, आलीताल गाउँपालिका–७, मेलगाजा हो । उनी हाल डडेल्धुरामै बसोबास गर्दै आएका छन् । २०४६ सालमा अनेरास्ववियुबाट राजनीतिमा लागेका पार्की २०५३/५४ सालमा नेपाल उत्पीडन दलित जातीय मुक्ति समाजको जिल्ला सचिव भएर काम गरेका उनले २०५४ मै संयुक्त जनमोर्चा नेपालको जिल्ला सचिव र ०५७ सालमा जिल्ला अध्यक्ष भएर काम गरे ।

२०५७ मा अखिल नेपाल जनवादी युवा लिगको केन्द्रीय सदस्य, २०५८ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भएका उनी २०६४ मा नेकपा एकता केन्द्रको केन्द्रीय सदस्य भएर काम गरे । २०६५ मा नेकपा माओवादी र नेकपा एकता केन्द्रबीच पार्टी एकीकरण भई नेकपा माओवादी केन्द्र हुँदा पार्की केन्द्रीय सदस्य नै भए । २०७० सालमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुँदै हाल उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank