नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिको बैठक सकिएको छ । कांग्रेसको १ सय ३४ सदस्यीय केन्द्रीय समितिमा झन्डै ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला चुनिएका छन् । समावेशिताको मर्म अंगाल्दै क्लस्टर अनुसार सहमहामन्त्री र केन्द्रीय सदस्यहरूका लागि सिट सुरक्षित गरेको कांग्रेसको नयाँ कार्यसमितिमा खस–आर्य ५७.४६ प्रतिशत, महिला ३०.५९ प्रतिशत, आदिवासी– जनजाति १७.९१ प्रतिशत, मधेशी ८.२० प्रतिशत, दलित ७.४६ प्रतिशत छ । थारू ५.२२ प्रतिशत ,मुस्लिम २.९८ प्रतिशत र अल्पसंख्यक ०.७४ प्रतिशत चुनिएका छन् ।
नयाँ विधानले हरेक तहमा समावेशी प्रतिनिधित्व हुने व्यवस्था गरेको थियो । यसका बाजबुद केन्द्रीय समितिमा खस–आर्यकै वचश्र्व देखिएको छ । दलित सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार निर्वाचित भए । ३७ मतले देउवा समूहका उम्मेदवार मानबहादुर विश्वकर्मालाई परियारले पराजित गरे । परियारले २ हजार २१२ मत पाए भने विश्वकर्माले २ हजार १७५ मत पाए । सिंह समूहकी गंगा सुनारले २३२ मत पाइन् । नेविसंघ र दलित संघको नेतृत्व गर्दै दुई पटक केन्द्रीय सदस्य भएका सहमहामन्त्री परियार वैचारिक नेताका रुपमा चिनिन्छन् । उनी संविधानसभा सदस्य समेत हुन् । दलितका आँखावाट हेर्दा जीवन परियार जित रोचक देखिन्छ । कुनै पनि राजनैतिक पार्टीभित्र गुट–उपगुट हुनु भनेको त्यो सामान्य चरित्र हो । त्यस मध्ये संस्थापन र प्रतिपक्षको बीचको द्वन्द्व र त्यसबाट जित्ने हार्नेहरुको उपक्रम चलिरहनु पार्टीभित्रका सैदान्तिक नियम जस्तै हो । नेपाली कांग्रेस भित्र पदाधिकारीहरुको दौडमा तीन जना देखिएका थिए, त्यस मध्ये पहिलो नम्बरमा थिए ,मीन विश्वकर्मा । उनी करिब करिब देउवाका अघोषित प्रवक्ता मात्र थिएनन, देउवाको असल र खराब सवै कर्मका हनुमान थिए, त्यसको पछिल्लो उदाहरण देउवाले महाअभियोग लगाएका तत्कालिन प्रधान न्यायधिश सुशिला कार्की । देउवाको यस्तो सेवा गरे वापत उनले पुरस्कार पनि नपाएका होइनन । विगतको देउवा क्याविनेटमै उनले करिब ९ महिना वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हाले । उनी कोभिडका कारण जीवन मरणको दोशांधमा हुँदा देउवाको निरन्तर साथको कारणले उनको उच्चस्तरीय उपचारका कारणले ज्यान समेत वच्यो । देउवाका यस्ता सारथीलाई चौधौ महाधिवेशनमा कुनै महत्वपूर्ण पद दिईने अपेक्षा सबैले गरेका थिए । स्वंय उनले पनि सहमहामन्त्रीमा लड्ने घोषणा नै गरेका थिए । तर देउवाको प्यानलको घोषणा हुँदा उनी परेनन र उनले नचाहेको केन्द्रीय सदस्यको सूचीमा उनको नाम आउँदा उनले त्यसको सार्वजनिक रुपमै प्रतिकार गरे ।
२०४८ साल देखि नै गीरिजाप्रसाद कोईरालाको छत्रछायामा कांग्रेसभित्र राजनीति गरि रहेका प्रोफेसर मानवहादुर विश्वकर्माले गिरिजाको जीवनकालमा प्रसस्तै लाभ लिए अर्थात उनलाई विभिन्न महत्वपूर्ण सार्वजनिक पदहरुमा आसिन गराए । त्यसमा नेपाल परिवार नियोजन संघको महासचिव, दलित विकास समितिको उपाध्यक्ष तथा अन्तिममा विज्ञान र प्रविधि राज्यमन्त्री । उनी राज्यमन्त्री भएको बेलामा उनी माथि मन्त्री नभएको हुँदा नेपालको इतिहासमा पहिलो पटक दलितका तर्फवाट क्याविनेटमा प्रतिनिधित्व गर्ने अवसरको इतिहास कायम गरे । राजनीति सधै अवसरको खेल हो भन्ने भनाईलाई चरितार्थ गर्दै एक अर्काका कट्टर दुश्मनको रुपमा व्यवहार गरिएका देउवा खेमामा शुशिल कोईरालालाई लात हान्दै समाहित भए । देउवा खेमामा आए पछि उनले समाुनपातिक सांसद त पाएकै थिए त्यो वाहेक पार्टीको केन्दीय सदस्यमै चित्त वुझाई रहनु परेको थियो । यस्तो अवस्थामा देउवाले मीनलाई पन्छाएर मानवहादुर विश्वकर्मालाई सहमहामन्त्रीको उम्मेदवार बनाए । यता कांग्रेसमा प्रवेश गरे देखि नै संस्थापन पक्षको नजिक र त्यसमाथि छिमेकी जिल्ला तनहुँका कांग्रेस नेता रामचन्द्र पौडेलको नजिक देखिएका जीवन परियार स्वतः देउवा विरोधी प्यानलमा नअटाउने कुरा भएन । परियारको पनि कांग्रेसको राजनीतिमा लागे पछि लाभका अवसरहरु प्रसस्तै प्राप्त भएको देखिन्छ । उनी दोश्रो संविधान सभाको सदस्य बने, त्यो भन्दा अघि दलित विकास समितिको निर्देशक, त्यस पछि दलित आयोगको सदस्य सचिव लगायतका पदहरु पाई सकेका थिए । गएको आम निर्वाचनमा कास्कीबाट सांसदको टिकट पाएर प्रत्यक्ष चुनावमा भिडेका थिए । तर देशभर एमाले माओवादीबीच भएको चुनावी गठबन्धनले गर्दा उनी पराजित भए ।
सहमहामन्त्रीमा विजय भएका जीवन परियार पार्टीभित्र र पार्टीबाहिर युवा-पुस्ताका बीचमा वैचारिक नेताको रुपमा चिनिने दलित समुदायका आशा र भरोसा गरेको बौदिक तथा शालिन नेता हुन् ।
चौधौं महाअधिवेशनमा नेतृत्व परिवर्तन सहितको नारा दिएका र युवा अनुहारलाई साथमा लिएर चुनावी मैदानमा उत्रिएका शेखर कोईरालाको प्यानलमा अटाएका जीवन परियारले कुनै बेला पार्टीभित्र संस्थापन पक्षमा रहेका आदर गर्ने मानबहादुरलाई हराएर सहमहामन्त्रीमा विजयी भए । वर्गीय समानताको नारा दिएर सत्तामा आएका कम्युनिष्ट पार्टीहरु भन्दा आफुलाई पूँजीवादी पार्टी मान्ने नेपाली कांग्रेस दलितहरुको नाउँमा अझ उदार देखिने कुरा उसको इतिहासवाट थाहा हुन्छ । २००३ सालमा ‘नेपाली राष्ट्रिय कांग्रेस’ का संस्थापक मध्ये देवव्रत परियार थिए । २००४ सालमा सुवर्णशमशेरले नेपाली प्रजातान्त्रिक कांग्रेसको स्थापना गर्दा पनि संस्थापक मध्येमै –अर्का नेता आरबी गहतराज पनि थिए । कांग्रेसभित्र समावेशीकरणको अघोषित अभ्यास नै थियो । जबकी २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीमा पुष्पलालले कुनै पनि दलितलाई समावेश गरेको देखिदैन । बीपी कोइरालाले २००९ सालमै दलित समुदायका धनमानसिंह परियारलाई महामन्त्री बनाएका थिए ।अहिले दलितको क्लष्टर तोकेर मात्रै उच्च पदमा जान सफल भएका दलितहरुको अगाडि नेपाली कांग्रेसले त्यस्तो कुनै व्यवस्था नभएको बेलामा पनि महामन्त्री वनाएको थियो । तर दुर्भाग्य भनौ वा संकीर्ण वाहुनवादी मानसिकताका कारणले गर्दा २०१५ सालको आम चुनावमा उनलाई काग्रेसले टिकट समेत दिएन । पछि राजा महेन्द्रले पञ्चायती शासनमा राष्ट्रिय पञ्चायतको सदस्य बनायो । धनमान सिंह परियार नतः नेपाली कांग्रेसको महामन्त्री नतः पंचायतको रापस हुँदा दलितले सम्झिने लायक कुनै काम गरेको देखिदैन । अहिलेको पुस्ताले त उनको नाम समेत लिदैन, किनभने विपीलाई छोडेर पञ्चायतमा विलिन भएकोले हुन सक्छ काग्रेसभित्र पनि उनको कुनै अस्तित्व छैन ।
यसरी नेपाली कांग्रेस इतिहासको विरासतलाई हेर्ने हो भने सहमहामन्त्रीमा विजय भएका जीवन परियारले त्यो विरासतलाई अगाडी बढाएको देखिन्छ । आफुँ निर्वाचित भएपछि अहिलेको सन्दर्भमा अत्यन्त विवादित एमसिसिको बारेमा सार्वजनि वक्तव्य दिई रहेको देखिन्छ यो हेर्दा विगतमा मीन विश्वकर्माले सुशिला कार्कीलाई महाअभियोग लगाउने कदममा जुन अन्धसमर्थन मात्रै नगरेर प्रवक्ता समेत भएका थिए, कहि एमसिसिको वकालत उनका लागि पनि त्यस्तै सावित नहोला भन्न सकिदैन । विगतमा पनि अन्य समुदायले सत्ताको दावेदारी गरेको इतिहास छ, आफँुलाई घोर राजावादी तथा पञ्चायति मान्ने अन्य गैरदलितका व्यक्तिहरु मौन रहेको अवस्थामा स्वर्गीय हिरालाल विश्वकर्माले संसदवाट विपि कोईरालालाई फाँसी दिनुपर्छ भन्नसम्म भ्याए । अहिले जीवन परियारले एमसीसिको बारेमा त्यसको समर्थनमा दिएको चर्काे आवाजले उनलाई देउवाको नजिक त पुर्याउला तर समग्र नेपाली समाजले कसरी हेर्छ त्यो मूल्यांकनको विषय हुने देखिन्छ । सहमहामन्त्रीमा विजय भएका जीवन परियार युवा पुस्ताका वैचारिक नेताको रुपमा चिनिने दलित समुदायको आशा र भरोसा गरेको बौदिक तथा शालिन नेता हुन् । दलितको सन्दर्भमा कुरा गर्दा अहिले वडा तहमा जुन ६ हजार पाँच सयभन्दा बढी दलित महिलाहरु सदस्यको रुपमा आएका छन्, त्यो व्यवस्था ल्याउनमा सभासदको रुपमा जीवन परियारले अग्रणी भूमिका खेलेका थिए । त्यसो त उनले दलितका हितमा सधै आवाज उठाउँछन । अबका दिनमा उनले सत्ताको दावेदारी गरेर मात्रै विभिन्न पदहरुमा पुग्छन वा वर्षौंदेखि शोषण, उत्पीडन तथा दमनमा परेका दलितहरुको हितमा केही गर्छन त्यो हेर्न बाँकी छ । हाम्रो कामना छ, दलितका नाउँमा अवसर र पद मात्रै लिने तर सिन्को नभाच्ने विगतको प्रवृत्ति छ त्यसलाई चिर्रेर पाटीभित्र र पार्टीबाहिर सबैको मन मष्तिष्कमा आटाउन सकुनन् ।
Leave a Reply