माओवादी केन्द्र बेदकोट नगरको अध्यक्षमा परियार निर्वाचित

दलित अनलाईन १८ मंसिर २०७८, शनिबार २१:००

कञ्चनपुर— नेकपा माओवादी केन्द्र बेदकोट नगरको अध्यक्षमा लाल परियार निर्वाचित भएका छन । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी मोहन पन्तलाई दोब्बर मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।

परियारले ३६ र पन्तले १८ मत ल्याएका थिए । सचिवमा दान बहादुर बम निर्वाचित भएका छन । बमले आफ्ना निकटतम प्रतिद्वन्दी राजुराम सार्कीलाई हराउँदै सचिवमा निर्वाचित भएका छन । बमले २६ र सार्कीले २३ मत ल्याएका थिए ।

सह–सचिवमा दिल्लीराज डगौरा(विद्यान) निर्वाचित भएका छन । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी महेश पार्कीलाई हराउँदै सह सचिवमा निर्वाचित भएका हुन । विद्याले ३६ र पार्कीले १४ मत ल्याएका थिए ।

कोषाध्यक्षमा प्रेम रावल निर्वाचित भएका छन । रावलले आफ्ना निकटतम प्रतिद्वन्दी धना भट्टलाई ११ मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । रावलले ३३ र भट्टले २२ मत ल्याएकी थिईन ।

यस अघि उपाध्यक्षमा भीमदत्त भट्ट, रेखा बम(चन्द), देशराज चौधरी निर्बिरोध निर्वाचित भएका थिए । माओवादी केन्द्रमा पनि निर्वाचन प्रकृयाबाट नगर कमिटि छनौट गर्ने अभ्यास शुरु गरिएको छ । माओवादी केन्द्र यस अघि बेलडाँडी, लालझाडी, पूनर्वास, कृष्णपुर, भीमदत्तमा नगर कमिटि विस्तार भईरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank