काठमाडौं —नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले चितवनका भीमबहादुर विश्वकर्माको जघन्य हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले मंगलबार विज्ञप्ति जारी गर्दै हत्याराहरु माथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेकी हुन् ।
भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुरको २८ असोजमा स्थानीयको कुटपिटबाट मृत्यु भएको थियो ।
नेपाली समाजमा रहेको जातीय विभेद र विभेद जन्य घटनाको कारण हुने जघन्य अपराधले सिंग्रो राष्टको शिर निहुरिएको भन्दै विज्ञप्तीमा भनिएको छ ।
अनेरास्ववियु उपाध्यक्ष मोती विकले चितवन घटनामा दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गदै सबै प्रकारका विभेद अन्त्यका लागि समाजमा क्रियाशील सम्पूर्ण राजनैतिक दल,नागरिक समाज विभिन्न समूह तथा पक्षहरुलाई रचनात्मक भूमिकाको आह्वान गरे ।
Leave a Reply