बाग्लुङ्ग ढोरपाटनमा यसरी मनाउँदै छन् दलित समुदायले दशै

प्रेम सुनार २७ आश्विन २०७८, बुधबार ११:५०

गुल्मी – केहि महिना अघि मात्र छुवाछुतमुक्त वडा घोषणा भएको बाग्लुङ्गको ढोरपाटन नगरपालिका–३ का दलित समुदायहरुले यसपाली पहिलो पटक समतामुलक समाजमा दशै मनाउँदै छन् । उक्त वडालाई छुवाछुत मुक्त वडा घोषणा गरिएपछि पहिलाे पटक समता मुलक दशैँ मनाएका हुन् ।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले भने–‘ म आफु पनि दलित समुदायकै भएकोले मुलुकका लागि नयाँ पहिचार दिनु पर्छ, दलितहरुको हक हितका लागि केहि गर्नु पर्छ भन्ने सोचेर साविक वुर्तिबाङ्ग गाविस–८ हाल ढोरपाटन नगरपालिका–३ को घोसाखानी गाउँलालाई छुवाछुत मुक्त वडा घोषणा गरिएको हो ।’

उनले त्यस वडामा प्रायः सिंङ्गो दलित समुदाय रहेको र अन्य वर्ग समुदाय पनि चेतनशिल भएको र उहाँरु समेतको सहयोग समर्थनमा त्यस वडालाई छुवाछुतमुक्त वडा घोषणा गरिएकोले कुनै चुनौती आई नपरेको बताए । मेयर नेपालीले छुवाछुत मुक्त वडा सम्भवत देशमै पहिलो भएको हुन सक्ने सुनाए ।

उनले आगमी मंसिर महिना सम्म ठुलै कार्यक्रम राखेर सिङ्गो ढोरपाटन नगरपालिकालाई नै छुवाछुतमुक्त नगरपालिका घोषणा गर्ने तयारी गरिएको जानकारी दिए ।

छुवाछुतमुक्त घोषणा भएको त्यस वडा स्थित दलित चेतनशिल युवा क्लवका अध्यक्ष रामबहादुर बिकले मेयर देवकुमार नेपाली कै पहलमा छुवाछुतमुक्त वडा घोषणा गर्न सकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank