विद्रोही डिकवहादुरका विद्रोही विचारहरु !

हिरा विश्वकर्मा अशोज १९, २०७८

नेपालको दलित आन्दोलनलाई हामी यहाँको प्रजातान्त्रिक आन्दोलन जत्तिकै पुरानो अर्थात विक्रम सम्वत १९९६ देखि प्रजापरिषद पार्टीले सुरु गरेकै ताका वाग्लुडका भगज सर्वजीत विश्वकर्माले पनि सुरु गरेको र २००४ सालमा त विश्वसर्वजन संघ खोलेर अगाडि वढेको देखिन्छ । आन्दोलन यति पुरानो हुँदाहँुदै पनि यो विभिन्न आरोह अवरोहवाट गुज्रिएको छ । कुनै पनि आन्दोलन विचार र संगठन विना चल्दैन । त्यो विचार धेरै पढेर र केही परेर आउने गर्दछ । भगत सर्वजीतको विचारको श्रोत थियो हिन्दु धर्मका विभिन्न ग्रन्थहरु । अछूत तथा शुद्रहरुलाई महाभारतकाल देखि नै त्यस्ता ग्रन्थहरु सुनेमा कानमा सिसा पगालेर हालि दिने तथा पढेमा जीव्रो काटिदिने फर्मान थियो । पछि त्यसलाई मनुस्मृतिले संस्थागत गर्यो र हिन्दुहरुका कवि तथा तुल्सीदासकृत रामायणका रचयिता तुल्सीदासले हिन्दीमा तयार गरिएको तलको पंक्ति अत्यन्तै लोकप्रिय छ ।
ढोल, गवांर शुद्र नारी, ए सव ताडनके अधिकारी, अर्थात वजाउने ढोल, नपढेको गाउँले, शुद्र अर्थात अछुत तथा महिला सवैलाई ठटाए पछि मात्र काम लिन सकिन्छ भन्ने अभिप्राय हो । पछि यस्तै कविहरुले वनाएका धारणा तथा विचारहरुलाई समाजले पछ्याउदै कमजोरहरुलाई उत्पीडन गर्ने हतियारको रुपमा प्रयोग गर्दै गयो । यसलाई चिर्नको लागि यस्तैखालको वैचारिकी पढेर वुझेर मात्रै सम्भव हुने देखिन्छ । भन्नुको मतलव दमन, शोषण र अत्याचार गर्नको लागि पनि वैचारिकीको माध्यम अपनाउनु पर्छ र त्यसलाई चिर्न पनि त्यस्तै वैचारिकी चाहिन्छ । जसरी भगत सर्वजीतले भारतको वनारसमा वेदवेदान्तहरुको गहिरो अध्ययन गरेपछि आफ्नो वैचारिकी निर्माण गर्न सफल भए । त्यस्तो वैचारिकी निर्माण खास गरि पंचायतकालमा छिटफुट रुपमा भए पनि गहिरो रुपमा भएको देखिदैन ।
डिकवहादुर विश्वकर्मा राणाकालको अन्तिम समयमा जन्मिएर, प्रजातान्त्रिक कालमा पढ्ने लेख्ने कालमा शिक्षित भएर पंचायतकालमा आफ्नो विद्रोहको दियो वाल्ने एक अभियन्ता हुन् । अहिले हामी लोकतान्त्रिक गणतान्त्रिक कालमा छौं । यो अवधिमा पनि हामीले चाहेको जस्तो मुक्ति पाएका छैनौ र त्यो मुक्ति अझै पनि कोशौं टाढा रहेको देखिन्छ । तर डिकवहादुर यस्तो अभियन्ता हुन जसले आफनो वैचारिकीलाई आम दलित सामु पस्किएर त्यो मुक्तिको चाहानाको दियोलाई निरन्तर तेल थप्ने काम गरि रहेका छन् । यसै शिलसिलामा उनको विभिन्न पत्रपत्रिकामा छापिएका लेखहरुको संग्रह हालसालै दुईवटा पुस्तकको रुपमा वाहिर आएको छ । त्यसमध्येको एउटा पुस्तक हो दलित संघर्षगाथा नामक पुस्तकको समीक्षा गर्नु यो आलेखको मुख्य उद्देश्य हो ।
म आफु पनि पाल्पाली र डिकवहादुर पनि पाल्पाली हुन् । मैले जुनवेला देखि उनलाई चिनेको छु । उनी त्यति वेला देखि विद्रोहीको रुपमा पाएको छु । उनी हिन्दु धर्मले लादेका सवै जसो चाडवाडका कट्टर आलोचक हुन् । मैले थाहा पाए अनुसार उनले हिन्दुधर्मका कुनै पनि चाडवाड मनाउदैनन् र दशै समेत वहिस्कार गरेका छन् । उनले आफ्ना सन्तानलाई समेत टिका लगाईदिदैनन भन्ने सुनेको छु । हाम्रो समाजमा विद्रोह र आदर्शका कुरा गर्ने धेरै हुन्छन तर त्यसलाई आफ्नै जीवनमा लागु गर्ने एकदमै कम अथवा नगण्य । त्यस्ता ढोंगीहरु खासगरी आफुलाई कम्युनिष्ट भन्नेहरुमा धेरै हुन्छन् । तर डिकवहादुर विल्कुलै अपवाद हुन । उनी अहिले हिन्दु धर्मका विभिन्न चार आश्रम मध्ये उनी वानप्रस्थ आश्रममा जाने उमेर समूहका छन् । यो वेला जीवन र जगतलाई पुरै भोग गरिसके पछि जुनसुकै धर्मले निर्देशित गरेको मोक्ष र मुक्तिको चाहाना हुन्छ र त्यसका लागि विभिन्न कर्मकाण्ड गरि रहेको हुन्छ । तर डिकवहादुरमा त्यस्तो मुक्ति र मोक्षको कुनै चाहाना देखिदैन । चाहाना छ त दलितको मुक्ति त्यो पनि हिन्दु धर्मलाई पुरै वहिष्कार गरेर वा त्यसवाट मुक्ति खोजेर ।

 

डिकवहादुरले जुन विचार पस्केका छन् त्यो विचारवाट अहिलेको पुस्ता शिक्षित भएमा त्यसले दलितको पक्षमा क्रान्ति ल्याउन सक्छ र हाम्रो अधिकारको लडाईलाई त्यसले धेरै उचाईमा पुर्याउन सक्छ । अतः जीवनको अत्यन्तै उत्तरार्धमा पनि उनले पस्केको विचारलाई नमन गर्न चाहान्छु र समग्र दलित पाठकहरुले उनको पुस्तकलाई खोजी खोजी पढ्न तथा आत्मसात गर्न अनुरोध गर्दछु ।

उनको जन्म राणाकालमा भएको र वाल्यकालमा त्यति वेलाको कठोर जातिवादी सामाजिक व्यवस्थाको उत्पीडन भोगेका हुनाले त्यतिवेलाको कटुता उनको मनमतिष्कमा भरिएको देखिन्छ । त्यस पछिको प्रजातान्त्रिककालमा पनि उनी पाल्पाको हुमिनमा आफ्नो किशोर अवस्था गुजारेको हुँदा त्यहाँ पनि उनले जातीय विभेद तथा उत्पीडन पलपलमा भोगेका छन् । पंचायत कालको कुरा गर्दा नयाँ मुलुकी ऐनले कानूनी समानता दिएता पनि अन्य विभेद त यथावत नै थिए । यो कालमा पनि उनले प्रशस्तै विभेद र उत्पीडन भोगे । यी सवै विभेदको श्रोत के हो त भन्ने खोज्ने क्रमममा उनले हिन्दु धर्म र यसले स्थापित गरेको वैचारिकी हो भन्ने वुझे । अतः यसको वास्तविकता अगाडि नल्याईकन समग्र दलितहरुको मुक्ति संभव छैन भन्ने उनले निक्र्योल निकाले । यिनै वैचारिकी तथा उनको जीवनको निक्र्योलको नालीवेली हो उनले लेखेका लेखहरु तथा त्यसको संग्रहको किताव ।
्रयो दलित संघर्षगाथामा जम्माजम्मी ४९ वटा लेखहरु संग्रहित छन् । त्यसमा भूमिका नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ वुंद राना तथा सवाल्टर्न विचारका अध्येता प्राडा तारालाल श्रेष्ठ रहेका छन् । यो पुस्तक कसरी जन्मियो भन्ने कुरा लेखकको भनाईमा आफ्नो आत्मकथा भन्ने शैलीमा उनले त्यसको फेहरिस्त दिएका छन । कितावको वारेमा केही चर्चा गर्दा उनको मनमा भएका सवै विद्रोहका भावनाहरुलाई लेखकीय दृष्टि र प्रमाण सहित उनले पाठकका सामु पस्केका छन् र त्यसमा उनले सवै भन्दा वढि प्रहार गरेका छन् हिन्दु त्यसमा पनि व्राम्हणहरुको सर्वोच्च चाड जनै पूर्णिमा । यसमा उनले दुईटा लेख लेखेका छन् । पहिलो लेखको भाई फोरुवा चाड जनैपूर्णिमा र अर्को लेख छ जनैपूर्णिमा सामाजिक एकतामा कति घातक ? जुन रुपमा उनले विद्रोह पस्केका छन् त्यो केवल भावनामा आधारित छैन । उनका सवै विचारहरु हिन्दुधर्मका विभिन्न धर्मग्रन्थहरुमा आधारित रहेको छ । अतः त्यसलाई पाठकले केवल विद्रोही भावनाको रुपमा लिनु पर्ने वाध्यता छैन । उनले श्रोतलाई उल्लेख मात्र गरेका छैनन् त्यसको व्याख्या पनि प्रशस्तै गरेका छन् । पाठकहरुलाई यो दोहोरो फाईदा हो भन्ने मलाई लाग्छ, किनभने जुन श्रोतलाई उनले उल्लेख गरेका छन् ती सवै या त संस्कृतमा छन यात हिन्दीमा यी दुवै भाषामा नेपाली पाठकहरुको पकड नहुन सक्छ । अतः त्यसलाई उनले सहज वनाई दिएका छन् । कुनै पनि वैचारिकी भावना भन्दा पनि यथार्थमा आधारित हुनुपर्ने मान्यतालाई उनले सार्थक वनाएका छन् ।
उनको विद्रोहको स्वर कति सम्म जव्वर छ भन्दा, उनको पहिलो लेखकै शीर्षक छ दलितले छुट्टै पाकिस्तानको माग गर्ने समय पनि आउन सक्छ । हामी मध्ये ज जसले भारत स्वतन्त्र हुँदा पाकिस्तान किन जन्मियो भन्ने इतिहास पढेका हुन सक्छौं । देश विभाजनको पीडा कस्तो हुन्छ भन्ने कुरा अहिलेको भारतले पनि भोगी रहेको छ । अम्वेडकरले पनि अछूतहरुका लागि त्यस्तै माग गरे भने भारतले खेप्न सक्दैन भन्ने वुझेर गान्धीले अम्वेडकरलाई फकाई फुलाई तथा धम्क्याई त्यस्तो माग गर्नवाट रोके । तर नेपालमा हामीले त्यो स्तरको विद्रोह गर्न सकेका छैनौ । हामी सवैको .चाहना हो त्यस्तो विद्रोह गर्ने दिन कहिल्यै नआओस् । तर त्यसको लागि एकहातले ताली वज्दैन । अहिले नेपाली समाज तथा राज्यमा जुन समुदाय र लिंगका व्यक्तिहरुले हाली मुहाली गरिरहेका छन् । उनीहरुले अझै पनि यो देश तथा राज्य उनीहरुकै मात्र हो । अन्यलाई शोषण, दमन र उत्पीडनमा राख्नु पर्छ भन्ने मान्यतालाई कायम गर्न चाहान्छन भने त्यस्तो दिन पनि आउन सक्छ, त्यस तर्फ सवै सचेत हुन जरुरी छ ।
डिकवहादुरले जुन विचार पस्केका छन् त्यो विचारवाट अहिलेको पुस्ता शिक्षित भएमा त्यसले दलितको पक्षमा क्रान्ति ल्याउन सक्छ र हाम्रो अधिकारको लडाईलाई त्यसले धेरै उचाईमा पुर्याउन सक्छ । अतः जीवनको अत्यन्तै उत्तरार्धमा पनि उनले पस्केको विचारलाई नमन गर्न चाहान्छु र समग्र दलित पाठकहरुले उनको पुस्तकलाई खोजी खोजी पढ्न तथा आत्मसात गर्न अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank