सिर्जना, गायन र अभिनयपछि टेलिभिजन कार्यक्रम मेरा लागि नयाँ अनुभव : प्रकास सपूत

प्रकास सपूत २६ भाद्र २०७८, शनिबार २३:२३

समता फाउन्डेशनको प्रस्तुती कार्यक्रम “जातको प्रश्न” सिजन–२ आउदो असोज २२( अक्टोबर ड ) देखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुदैछ । यो दोस्रो सिजनमा अफिसियल कार्यक्रम प्रस्तोताका रुपमा म पनि जोडिएको छु । सिर्जना, गायन र अभिनयपछि टेलिभिजन कार्यक्रम मेरा लागि नयाँ अनुभव र सिकाई हुनेछ । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, सञ्चारकर्मी निश्मा ढुङ्गाना चौधरीसंगै दुई समयका प्रतिनिधि कलाकार अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई दाईहरु संगको सहकार्यका लागि उत्साहित छु ।

कलाकारीता गरेपछि मैले आफ्नो जीवनमा अमुल्य उपलब्धि हासिल गरेको छु । तपाईहरु सबै सबैको माया र शुभेच्छा प्राप्त गरेको छु । म जे छु तपाईकै कारण छु । सबै जाति,सबै समुदाय, सबै क्षेत्रका देशविदेशमा रहने सम्पुर्ण नेपालीहरुले मेरो सिर्जना र कलाकारितालाई माया दिनु भएको छ, ईज्जत दिनुभएको छ, शुभेच्छा दिनुभएको छ । यसप्रति म सधै कृतज्ञ छु । निरन्तर यो माया, हौसला र शुभेच्छाको आसा राख्दछु । मेरो सिर्जनशिलतालाई , मेरो कलाकारितालाई तपाईहरुले कुनै पनि विभेदको दृष्टिकोण राख्नु भएको छैन । यति हुँदाहुँदै पनि हाम्रो सामाजिक संरचना र अन्धविश्वासका कारण जातका आधारमा मैले भोग्नु परेका थुप्रै विभेदका अनुभवहरु छन । जुन बेला बखद मैले सुनाउदै आएको पनि छु । जात लुकाएको प्रश्न हरुको सामना पनि गर्दै आएको छु । कार्यक्रम जातको प्रश्न मार्फत आफ्नै केहि अनुभव र समाजमा भैरहेका विभेदका घट्ना कथाहरु लिएर आउनेछौ ।

जातको कुरा किन निकालेको ? भन्ने पनि लागेको छ । तर नमिठो सत्य के हो भने – हाम्रो समाजमा जातिय विभेद छ र यो अन्त्य हुनुपर्छ । मलाई विश्वास छ विभेद अन्त्यका लागि गरिएका यस्ता प्रयासहरुमा तपाईहरु गम्भिर र सकरात्मक हुनुहुनेछ । यसलाई साझा मुद्दाको रुपमा लिनुहुनेछ र वहसको विषय बनाउनु हुनेछ ।

मलाई थाहा छ तपाईहरु मध्य धेरै जनालाई लाई यस्तो नगरेको भए हुन्थ्यो । जातको कुरा किन निकालेको ? भन्ने पनि लागेको छ । तर नमिठो सत्य के हो भने – हाम्रो समाजमा जातिय विभेद छ र यो अन्त्य हुनुपर्छ ।

मलाई विश्वास छ विभेद अन्त्यका लागि गरिएका यस्ता प्रयासहरुमा तपाईहरु गम्भिर र सकरात्मक हुनुहुनेछ । यसलाई साझा मुद्दाको रुपमा लिनुहुनेछ र वहसको विषय बनाउनु हुनेछ । मेरो कलाकारिता माथी, मेरो जातियता माथि र व्यक्तिगत रुपमा म माथि गलत टिकाटिप्णि गरेर निरुत्साहित गर्नु हुने छैन । मलाई विश्वास छ । बाँकी तपाईको स्वविवेक ! नमस्कार !

(समता फाउण्डेशले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोश्रो सिजन शुभारम्भ गरेपछि गायक प्रकास सपूतले सामाजिक सञ्जालमा राखेको विचार जस्ताको तस्तै प्रकासित गरेका छौं- सम्पादक )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank