प्रदेश २ सरकार यादवको कि मुस्लिमको ?

अरुणकुमार साह  ‘अनिल’ १५ भाद्र २०७८, मंगलवार ११:२०

यतिबेला प्रदेश २ मा जसपाको नेतृत्वमा सरकार छ । जसपाकै मुख्यमन्त्री र मुख्य मन्त्रालयहरु छन् । तर सरकारको चारवर्ष वितिसक्दा पनि प्रदेश २ का मधेसी जनता भने मधेसी आफ्नो सरकार रहेको महसुस गर्न सकेको छैन् । लालु यादवको विहारी शैलीमा यादव मुस्लिम समिकरणको सरकार देखिए पनि यो सरकारबाट न त उत्पीडित यादव समुदाय नै लाभान्वित छन् न त लाभान्वित छन् उत्पीडित मुस्लिम समुदाय नै । बरु लाभान्वित छन्, संरक्षित छन्, यो सरकारबाट मधेसी गाउँघरका सामन्त, जमिनदार, दलाल र बिचौलिया वर्ग । प्रदेश २ सरकार प्रदेश बनाउने उदेश्यले निर्माण निर्माण भएको हो कि जात पाल्ने हिसाबले ? प्रदेश २ सरकार यादवको हो कि मुस्लिमको ? यहाँको जनता यस्तै – यस्तै अनुभवमा छन् ।

दुई दिनदेखि प्रदेश २ सरकारमा चलेको निजी राजनीतिक लडाईको बारेमा विभिन्न समाचारहरुमा पढें । पढ्दै जाँदा दृश्य बडो रोचक र घोचक लाग्यो । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत र तत्कालीन अर्थमन्त्री बिजय यादव बीच देखिएको टसल कुनै देश र मधेस बनाउनलाई होइन । उनीहरु बीचको टसट एउटै हो, जातीवाद । अर्को हुन सक्छ व्यक्ति केन्द्रित निहित राजनीतिक स्वार्थ । किनभने दुबैजना एउटै पार्टीका हुन् । त्यसमा पनि दुबैजना उही उपेन्द्र यादवकै विश्वासिलो पछौटे पात्र । यो कुनै लुकेको विषय होइन । त्यसैले उनीहरु असक्षम भएपनि उपेन्द्र यादवले भारत विहारको लालु यादवको शैलीमा अरु उत्पीडित समुदायलाई वाइपास र असक्षमताको नाममा किनाराकृत गरेर मधेसमा यादव र मुस्लिम बीचको प्रदेश २ को सता समिकरण देखाउन खोज्यो ।

प्रदेश २ मा मुख्यमन्त्री मुस्लिमलाई दिएको भनेर पार्टीभित्रकै यादववादी समुह र केही यादव समुदाय अहिले पनि उपेन्द्र यादवलाई गाउँले भाषामा अपमान गर्छन् । तत्कालीन अर्थमन्त्री विजय यादव यसैकारण मुख्यमन्त्रीलाई टेर्दैन्थ्यो । मधेस आन्दोलन लड्ने यादव, भोट दिने यादव अनि सांसद मन्त्री दिने गैरयादव र पहाडीयालाई भनेर पनि अहम् छ । अरु समुदायलाई शुन्य ठान्छन् । विजय यादवको आफ्नो अर्थमन्त्रीत्वकालमा उनका नातागोता, आसेपासे र इष्टमित्रहरु मोटाए । अर्थमन्त्री भएको चारवर्षमा मन्त्रालयको सेवासुविधा, जागिर र अर्बौंको बजेट आसेपासेलाई दिएर आफू केन्द्रित राजनीतिलाई वीनवीन बनाए । जुनकुरा पटकपटक समाजिक संजाल र समाचारबाट बाहिरिएकै हुन् । उनी प्रदेश २ सरकारको अर्थमन्त्री थिए भनेर मधेसी जनतालाई महसुस भएन । न त उनकै नेताकार्यकर्तालाई महसुस भयो । महसुस यतिमात्र भयो कि उनी आफू निर्वाचित भएको एउटा ठाउँको नेता भए । पटकपटक निर्वाचन जित्ने ठाउँ बनाए । पुरै प्रदेशको नेता अर्थमन्त्री बन्न सकेन ।  कमिसनको जालोमा जेलिए । यसैलाई आफ्नो राजनीतिक अस्त्र बनाए ।

किनभने प्रदेश २ मा दलित समुदायको १८ प्रतिशत जनसंख्या छ । नागरिकता विहिन र भोटरलिष्ट बनाउन छुटेकाहरुको संख्या जोड्ने हो भने झन्डै ३० प्रतिशत जनसंख्या दलितको पुग्छ । जुन जनसंख्यामाथि मधेसमा दिनानुदिन विभेद र अत्याचार छ । कहलिएका उच्च जातिहरुले दलितहरुलाई गाउँदेखि न्यायलयसम्म पशु झै शिकार गर्छन् ।

 

परिणामस्वरुप उनलाई अर्थमन्त्रीबाट कृषी सहकारी मन्त्रीमा झारे । जसले जुन नजरले हेरपनि यो उनको लागि राजनीतिक र बैचारिक घटुवा नै हो । यसमा कुनै दुईमत छैन् । मुख्यमन्त्री लालबाबु राउत पनि कुनै कमको छैन् । उनले पनि बेटीबचाउ बेटी पढाउ कार्यक्रमको नाममा आसेपासे पाले । पार्टी संगठन र जनअकांक्षा विपरीत साईकल बाँडे । उनले पनि अर्बौंको ढुकुटी आफ्नो जात, नातागोता र आसेपासेलाई बाँडे । प्रदेश २ मा भने बेटीहरु अशिक्षित र असुरक्षित दिनानुदिन भईरहेका छन् । अहिलेका अर्थमन्त्री, तत्कालीन कृषि सहकारी मन्त्री शैलेन्द्र साहको पनि हर्कत त्यही रह्यो । उनका जात र आसेपासे कृषि अनुदानको नाममा मोटाए । अर्थात् प्रदेश २ मा जुन मन्त्री जुन जाती र गुटको भयो उनीहरु तैरिए । उनका जात तैरिए । उनका आसेपासे तैरिए । प्रदेश २ को विभिन्न आयोगहरु यादव, झा र तेली सुडीहरुको केन्द्र भएको छ । दलित लगायतका समुदाय वा आफ्नै नेताकार्यकर्तालाई ललिपप देखाएर राजनीतिक धोर्बी बनाएको छ । आपसमा भिडाएका छन् । दलित शिल्पी भनेर लडाएकाछन् । तर, सबै भएभरको दोष केन्द्र सरकारको ठाउँकोमा थुपारेर आफू चोखिरहेका छन् । अर्कोतिर मधेस राजनीतिको नाममा हिजोका सामन्त जमिनदारहरुलाई राजनीतिक पार्टीको ठूलठूला जिम्मेवारी दिएर संरक्षण गरिरहेका छन् ।

सहिद परिवारवार, घाइते, अपांग भने अहिलेपनि भोक र अपमानको जीवन बाँचिरहेका छन् । सहिद परिवारलाई दिएको जागिको नियुक्तिपत्र वर्षौंदेखि हातमा छ तर जागिर गर्ने अपीस छैन् । यतिबेला जातको हिसाबले उपेन्द्रलाई सहि नसक्नु भएको छ । उनले धेरै ठाउँमा भनिसकेका छन् कि अबको निर्वाचनपछि प्रदेश २ को मुख्यमन्त्री दलितलाई बनाउँछु भनेर । उनले दलितबीचमा ललिपप पनि बाँडिएको छ । अहिले जसरी सरकारमा यादव र राउत बीचको टसल देखिएको छ भोलि त्यो ठाउँमा दलितलाई मुख्यमन्त्री बनायो भने त्योभन्दा ठूलो जातीय टसलको संकेत देखिदैछ । किनभने प्रदेश २ मा दलित समुदायको १८ प्रतिशत जनसंख्या छ । नागरिकता विहिन र भोटरलिष्ट बनाउन छुटेकाहरुको संख्या जोड्ने हो भने झन्डै ३० प्रतिशत जनसंख्या दलितको पुग्छ । जुन जनसंख्यामाथि मधेसमा दिनानुदिन विभेद र अत्याचार छ । कहलिएका उच्च जातिहरुले दलितहरुलाई गाउँदेखि न्यायलयसम्म पशु झै शिकार गर्छन् । त्यसैले मधेस राजनीतिमा जातनुसारको राजनीतिक विचार, पुरातन धर्म, संस्कार र संस्कृतिनुसारको राजनीतिक संस्कार र संस्कृति, वर्गनुसारको राजनीतिक सेवा र सुविधा छ । जसको अन्त्य मधेसका आधारभूत जनताले चाहेका छन् । पुरानोको पुनरावृत्ति होइन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank