उपसभामुखमा लक्ष्मी परियारको चर्चा

अनलाईन डेक्स १८ श्रावण २०७८, सोमबार २०:५४

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य लक्ष्मी परियारलाई उपसभामुख बनाउने गरी छलफल चलाएको छ । सत्ता साझेदारीका कारण आफ्नो भागमा कम मन्त्रालय हुनसक्ने दावी गदै  परियारलाई उपसभामुख बनाउनका लागि  पार्टीले लविङ गर्ने गरी छलफल चलाएको हो ।
प्रतिनिधिसभा सदस्य लक्ष्मी परियारले पार्टीभित्र समावेशीताको हिसावले आफ्नो नाम उपसभामुखमा पार्टीका जिम्मेवार नेतृत्वबाट उठाएको दलित अनलाईनसँग बताइन् ।
पार्टीभित्रका जिम्मेवार नेताहरु केहीले मन्त्री बनाउने गरी पार्टीमा छलफल चलाउनु भएको छ भने धेरै जसो नेताहरुले उपसभामुख बनाउँदा पार्टीलाई धेरै राम्रो हुनसक्ने भन्दै छलफल पार्टीभित्र कुराहरु उठेको परियारले बताइन् ।
पार्टीभित्रबाट राज्य मन्त्री बनाउने गरी लक्ष्मी र सुजता परियारको नाम सहित मीन विश्वकर्मा र मानबहादुर विश्वकर्माबाट एक जनाले मन्त्री र राज्यमन्त्री देउवा क्याविनेटमा हुने चर्चा थियो ।

माओवादी केन्द्रबाट अञ्जना विशुन्के मन्त्री हुन सक्ने भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले लक्ष्मी परियारलाई उपसभामुख बनाउने र मीन विश्वकर्मालाई प्रमुख सचेतक बनाउने गरी छलफल अगाडी बढेको नेपाली कांग्रेस एक नेताले बताए ।
संविधानसभा पहिलो र प्रतिनिधिसभा अहिले परियारले मुद्दा उठानीकरणका हिसावले निकै प्रखर रुपमा प्रस्तुत हुने नेतृत्वमा पर्छिन् । हक्की स्भावकी परियार दलित समुदायको अधिकार स्थापित गर्ने संघर्षको मैदानमा अग्रमोर्चामा उभिन्छन् । समावेशीकरण र सामाजिक न्यायको पक्षमा चर्को रुपमा वकालत गदै आएकी छिन् ।

प्रतिनिधिसभा सदस्य लक्ष्मी परियार को हुन ?

पार्टीको १३ औं महाधिवेसनपछि केन्द्रीय सदस्य बनेकी लक्ष्मी परियार प्रतिनिधिसभा सदस्य हुन् । यस अघि परियार २०६४ मा सभासद् बनेकी थिइन् ।
२०४८ सालबाट नेपाल विद्यार्थी संघमा आबद्ध भएकी परियार सामाजिक विभेद देख्दा नै राजनीतिमा हुमिएको बताउँछिन् । सानै छँदा लक्ष्मीको मनमा कांग्रेसको छाप उनकी हजुरआमाले प्रवेश गराइदिएकी थिइन् । आठ कक्षा पढ्दै गर्दा नेपाली कांग्रेस बन्नुपर्छ भन्ने उनलाई लागिसकेको थियो। २००७ मा कांग्रेसले गरेको क्रान्ति हजुरआमाले सुनाउँथिन्। कांग्रेस गरिब–दुःखीको पार्टी भएको अर्थ्याउँथिन्। ’तिमीहरु कांग्रेस बन्नुपर्छ भनेर हजुरआमाले भन्नुहुन्थ्यो,’ उनले भनिन्, ’अक्षर चिन्दाचिन्दै बिस्तारै कांग्रेस पार्टीबारे बुझ्दै गएँ।’

कांग्रेसमा परियारको सक्रियता बढ्दै थियो। त्यही बेला कांग्रेस विभाजन भयो। उनले शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस प्रजातान्त्रिक रोजिन्। कांग्रेस प्रजातान्त्रिकबाटै उनी उदयपुर जिल्ला सदस्य बनिन्। पार्टी एक नहुँदै तरुण दलको राष्ट्रिय महाधिवेशनबाट परियार केन्द्रीय सदस्य बनिन् । ‘त्यस समय नेविसंघ जुझारु थियो। राजनीतिक नेतृत्व त्यागबाट आएको थियो,’ नविसंघको आबद्धताबारे उनी भन्छिन् । सामाजिक विभेद देख्दा राजनीतिमा लाग्नुपर्छ भन्ने उनलाई लाग्यो। कतिपय समयमा महिलाको अभावलाई रिक्त स्थानमा पूर्तिका लागि उनी संगठनमा बढी खटिइन्।

उच्च शिक्षाका लागि २०५७ सालमा राजधानी आएकी परियारले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी छिन् । सभापति देउवा निकट भएकै कारण परियार लाभको पदमा पुगेको बताउनेहरु पनि छन्। तर सभापतिसँग नजिक भए पनि आफ्नै बलबुता र क्षमताले वर्तमान अवस्थामा आएको उनको दाबी छ । २०६४ र २०७० को निर्वाचनमा देउवाले नै उनलाई अवसर दिए । ‘टिकट प्राप्त गरेको भएमा प्रत्यक्षमा चुनिन्थेँ,’ परियार भन्छिन् । दलित संघको नेतृत्वमा देउवा पक्षीयको हालिमुहाली छ । उनी महासचिव रहेको दलित संघको अध्यक्षमा देउवाका विश्वासपात्र मीन विश्वकर्मा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank