´दलित युथ फोर्स` किन ?

राजेश विद्रोही १३ श्रावण २०७८, बुधबार २२:१३

गत हप्ता हाम्रो अभियान राष्ट्रिय दलित मुक्ति जागरण अभियानले सप्तरीमा दलित युथ फोर्सको रुपमा दलित जागरण युवा दस्ता गठन गर्यौ । सामाजिक संजालमा यो विषय निकै भाइरल भयो । धेरैले सकारात्मक रुपमा लिए भने केहीले यो दस्ता गठनलाई नकारत्मक रुपमा लिएर कमेन्ट गरे ।
हामी भने सबै कमेन्टलाई सकारात्मक रुपमा लिएका छौ । किनभने नेपालको इतिहासमा दलित समुदायको लागि यो पहिलो ऐतिहासिक कार्य हो । जो हामीले गर्न साहस गरेका छौ ।

अहिलेसम्मको इतिहासमा हामीले हाम्रो मुक्ति र अधिकारको लागि अरुले निर्माण गरेको यस्तो कार्यमा सिपाही बनेर निकै हिंडियौ । हाम्रा थुप्रै दलित समुदायका होनहार योद्धाहरु गुमायौै पनि । अहिले पनि त्यो क्रम जारी छ । रोकिएको छैन् । चाहे त्यो राणा शासनको अन्त्य गर्ने निरंकुश व्यवस्था विरुद्धको आन्दोलनमा होस्, चाहे पन्चायती व्यवस्था र निरंकुश शाहवंशीय राजतन्त्र विरुद्धको आन्दोलन वा क्रान्तिमा होस् । हरेकमा हाम्रो समानुपातिक समावेशी बलिदान र योगदान छ । तर, इतिहास निर्माणमा पनि हामीलाई ठूलो विभेद गरिएको छ । हाम्रो मुक्ति र अधिकारको कुरा त परको विषय हो । यतिसम्म कि हाम्रो योगदान र बलिदानलाई अहिलेसम्म पैतालामुनि नै कुल्चिएका छन् । हामीलाई अझै पनि एउटा मान्छे भएर बाँच्न दिएको छैन् ।

समाजमा रहेका सामाजिक विभेद र अत्याचारका विरुद्ध बल्ने छन् । किनभने परिवर्तनको इतिहासमा युवा शक्तिको महत्वपूर्ण भूमिका छ । त्यो शक्ति हामीले हिजोसम्म अरुकै लागि खर्च गर्यौ । अब हामी हाम्रो लागि खर्च गर्ने हो । किनभने आवश्यकता हामीलाई छ ।

राज्यको हरेक अंगमा हामीलाई वञ्चितिकरण गरिएकै छन् । हामीमाथिको चारहजार वर्षदेखिको अत्याचार अहिलेसम्म पनि भोगिरहेका छौ । अनि हामी हाम्रो देशको लोकतन्त्र, गणतन्त्र र संघीयताको दोहाय दिइरहेका छौ । हामी कति सोझा, सिधा र इमानदार छौ भने कुराको बोध यहीँबाट हुन्छ । हामीले हाम्रो संघर्ष र बलिदानको इतिहासबाट धेरै कुरा मागेनौ । हामीले हामीलाई मान्छे भएको कारण मान्छेकै व्यवहार गरिदिन यतिका योगदान र बलिदान दियौं । तर, हामीलाई एउटा सामान्य जातीय छुवाछूतबाट मुक्त गर्न सकेन । एउटा मान्छेको दर्जा दिन सकेन । यसको एउटै कारण थियो । र, अहिले पनि छ कि जुन वर्ग र समुदाय हामीलाई पुस्तौंदेखि यो अवस्थामा पुर्यायो हामी तिनैहरुबाट आफ्नो मुक्ति र अधिकारको अपेक्षा गर्यौ । उनीहरूकै पछि लाग्यौं । आफ्नो पछि लागेनौ ।

अब हामी यही कुरा र इतिहासलाई मर्म बोध गर्र्दै अबको लोकतन्त्र, गणतन्त्र र संघीय राज्यको युग हामी शोषित उत्पीडित समुदायको हो भनेर दावी गर्न केही नयाँ युगको नयाँ कार्यहरुको थालनी गरेका छौं । अबको राज्यसत्ता हामी उत्पीडित समुदायले कब्जा गर्नुपर्छ । र, पुस्तौंदेखिको सामाजिक विभेदहरुको अन्त्य गरेर मानवरुपी समाजको निर्माण गर्नुपर्छ भनेर हामीले जनचेतनामूलक अभियान राष्ट्रिय दलित मुक्ति जागरण अभियानको उदघोष गरेका छौ । यो अभियान हरेक किसिमले आफ्नो दलित समुदायलाई सचेत गराउन, संगठित हुन् र संघर्ष गर्न प्रेरित गर्ने अभियान हो । किनभने हामीलाई मुक्ति र अधिकारको ललिपप देखाएर राजनीतिक दलहरुले पनि ७८ वर्षदेखि भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै आएका छन् । हामी भने विश्वासको पात्र मात्र भएका छौ । त्यसैले अब हामी हाम्रो मुक्ति र अधिकारको लागि आफै लड्ने हो । आफै नलडि पाइन्न् भने कुरा इतिहासले शिक्षा दिइसक्यो ।

माओले भनेका छन्, सेना नभएको जनतासँग आफ्नो भन्नु केही हुँदैन,भएको पनि गुम्छ । यदि तिमीसँग सेना छ भने सबै थोक छ । सबै थोक प्राप्त गर्न सकिन्छ । सत्ता  छैन्, सत्ता प्राप्त हुन्छ । अधिकार छैन्, अधिकार प्राप्त गर्न सकिन्छ । हो, यिनै शब्द यतिबेला दलित समुदायको लागि प्यारो भएको छ । र, यो युवा दस्ता निर्माण गरेका छौ, दलित जागरण युवा दस्ता । यसले आफ्नो समुदायको मात्र होइन भोलिको दिनमा समाजकै सामाजिक कामहरु गर्ने छन् । समाजमा रहेका सामाजिक विभेद र अत्याचारका विरुद्ध बल्ने छन् । किनभने परिवर्तनको इतिहासमा युवा शक्तिको महत्वपूर्ण भूमिका छ । त्यो शक्ति हामीले हिजोसम्म अरुकै लागि खर्च गर्यौ । अब हामी हाम्रो लागि खर्च गर्ने हो । किनभने आवश्यकता हामीलाई छ ।

त्यसैले यो फोर्स देशैभरी दलित वस्तीमा निर्माण हुनेछ । राष्ट्रिय दलित मुक्ति जागरण अभियान हाम्रो मूल प्लेटफर्म हुनेछ । र, युवा दस्ता, विधार्थी संगठन, महिला संगठन, शिक्षक, बुद्धि, पत्रकार लगायतका दलित समुदायमा रहेको २६ जातीय संगठनहरु यसको जनवर्गीय संगठनको रुपमा रहने छन् । त्यसैले हामीले हाम्रो हरेक किसिमको सांगठनिक र वैचारिक हतियारको निर्माण गर्नेछौ । यतिका दिन अरुको लागि लड्यौ । एनजिओ , आइएनजिओले मुक्ति दिलाउँछन् भनेर केही वर्ष उनीहरुको पछि लाग्यौं, अब हामी हाम्रै पछाडि परौ, हाम्रै लागि लडौ । एकपटक जो जहाँ छौ त्यहीँबाट यो अभियानलाई हरेक हिसाबले साथ, सहयोग गरौं । गरे, हाम्रो मुक्ति सम्भव छ हाम्रै पालामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank