जातीय भेदभाव र असमानताको विरुद्ध राष्ट्रव्यापी कविता प्रतियोगिता

दलित अनलाईन ९ श्रावण २०७८, शनिबार २३:२७

काठमाडौं—  जातीय भेदभाव र असमानताको विरुद्ध लेखिएको चेतनामूलक कविताको राष्ट्रव्यापी रुपमा प्रतियोगिता आयोजना गरिने भएको छ ।
पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले राष्ट्रव्यापी रुपमा माध्यमिकस्तरमा कविता प्रतियोगिता आयोजना गरिने भएको हो । प्रतिष्ठानले माध्यमिक तहमा (कक्षा ९ देखि १२ कक्षासम्म) अध्ययनरत दलित समुदायका छात्रछात्राहरूको सहभागिता रहने गरी नेपाली भाषामा दुइ सय शब्द नबढाई लेखिएको कविताहरु प्रतियोगितामा समावेश गर्न विध्यार्थीहरुबाट कविता आव्हान गरिएको छ ।

राष्ट्रियस्तरमा प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगीहरूलाई एक समारोहमा पुरस्कार स्वरुप क्रमशः रु ३०,००० (तीस हजार), रु २०,००० (बीस हजार) र रु १०,००० (दश हजार) नगद सहित प्रमाणपत्र प्रदान गरिने छ ।

कविता २०७८ भदौ ३१ सम्म padamliterature@gmail.com ईमेलमा वा नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान वा पदम विश्वकर्मा साहित्य प्रतिष्ठान, अनामनगर,काठमाडौंमा पठाउन अनुरोध गरेको छ ।

कविता जातीय भेदभाव र असमानताको विरुद्ध लेखिएको चेतनामूलक हुनुपर्ने,कविता स्वयं विद्यार्थीले लेखेको मौलिक र अप्रकाशित हुनुपर्ने र गालीगलौज,अश्लील शब्द प्रयोग गरिएको वा व्यक्तिगत आँच आउने कविताहरू प्रतियोगितामा सामेल नगरिएको कविताहरु पठाउन प्रतिष्ठानले अनुरोध गरेको छ ।

पदम विश्वकर्मा साहित्य प्रतिष्ठानल अतिरिक्ति कविताको साथमा एक प्रति फोटो सहित सहभागीको नाम, ठेगाना, विद्यालयको नाम, कक्षा र सम्पर्क फोन नम्बर समेत उल्लेख गर्न अनुरोध गरेको छ । प्रथम,द्धितीय र तृतीय प्रतियोगीहरूले पुरस्कार वितरण समारोहमा स्वयं उपस्थित भई कविता वाचन गर्न पनि अनुरोध प्रतिष्ठानले गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank