काठमाडौं —गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सद्धभावना दूतमा नियु्क्त भएका छन् ।
प्राधिकरणले बिहीबार प्राधिकरणको कार्यालय सिंहदरबारमा एक कार्यक्रम आयोजना गर्दै सद्धभावना दूत नियुक्त गरेको घोषणा गरेको हो ।
बाढी पहिरोबाट बढी प्रभावित जिल्लामध्येका दुई जिल्ला बाग्लुङ्ग स्थायी घर भएका गायक सपुत र सिन्धुपाल्चोक स्थायी घर भएकी गायिका दुलाललाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।
दुवै जनलाई एक वर्षका लागि सद्भावना दूत घोषणा गरिएको प्राधिकरणका सहसचिव अनिता निरौलाले जानकारी गराईन । विपद् जोखिम न्यूनिकरणमा कलाकारको विशेष भूमिका रहने भएकाले उनिहरुलाई सद्भावना दूत नियुक्त गरिएको उनको भनाई छ ।
Leave a Reply