राधा नेपालीलाई युवा पत्रकारिता पुरस्कार

दलित अनलाईन ३० असार २०७८, बुधबार २२:५४

काठमाडौं— युवा तथा खेलकूद मन्त्रालयद्वारा हरेक वर्ष प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार–२०७८’ पत्रकार राधा नेपाली (अर्घाखाँची) लाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालकी केन्द्रीय सदस्य नेपाली लामो समयदेखि ‘तरङ्ग राष्ट्रिय पाक्षिक’ मा आबद्ध
छिन् ।

पुरस्कृत हुनेमा अप्पन टेलिभिजनमा कार्यरत अजयकुमार साह शीवाली, इमेज च्यानलमा कार्यरत डोलराज रानाभाट, तरङ्ग राष्ट्रिय पाक्षिकका राधा नेपाली र जनता टेलिभिजनमा कार्यरत शिवकुमार अधिकारी छन् । उनीहरूलाई जनही ५० हजार रूपैयाँको दरले मन्त्रालयमा सम्मान गरिएको छ ।

पुरस्कार प्रदान समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राज्यको हरेक निकायमा पुरानो पुस्तालाई बिदाई गर्दै युवा पुस्तालाई समेट्न सके देशको विद्यमान समस्याको समाधान हुने भन्दै युवा पत्रकारहरुको भूमिका राज्यको हरेक निकायमा युवाहरुको प्रतिनिधित्व आवश्यक छ भन्ने वकालत गर्नु रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank