सिंहदरबार अगाडिबाट नागरिक अभियन्ताहरु पक्राउ

दलित अनलाईन असार २७, २०७८

काठमाडौं— स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथिति विरुद्ध तथा धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनका निम्ति बृहत् नागरिक  आन्दोलनले आइतबार सिंदरबार अगाडि प्रदर्शन  गरेका  छन् । सिंहदरबार मार्चका क्रममा प्रहरीले  नागरिक अगुवाहरुलाई पक्राउ गरेको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध भइरहेको आन्दोलनको समर्थनमा बृहत् नागरिक आन्दोलनले सिंहदरबारमा प्रदर्शन गर्नु  अगाडि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रदर्शनका क्रममा प्रहरीले १५ जना नागरिक अभियन्ताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा, प्रणेता लगायत छन् ।  उनीहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लबमा राखेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank