वर्णवादको अन्त्यविना के नेवा पहिचानको मुुद्दा स्थापित होला ?

कमला हेमचुरी २१ असार २०७८, सोमबार ११:४७

 

काठमाडौंमा कोठा भाडाको सवाल जातीयतासँग जोडिएर धेरै अगाडि देखि बहसको विषय बनिरहेको छ । खासगरी बहुसंख्यक दलित समुदायका मानिसहरुले यो समस्यालाई झेल्दै आई रहेका छन् । विश्व विद्यालयका प्रोफेसर, निजामति कर्मचारी, राष्ट्रिय अन्तरराष्ट्रिय संघसंस्थामा काम गर्ने, डाक्टर, इन्जिनियर, पत्रकारहरु, विद्यार्थीहरु सबैले यो समस्यालाई उनीहरु काठमाण्डौ प्रवेश गरे देखि आफूले घर बनाएर बस्न नसक्दासम्म भोग्दै आएका छन् । तर धेरैले यो समस्यालाई जात ढाटेर बसेर समाधान गर्दै आएका छन् भने कतिले जात थाहपाउने डरले छिटोछिटो डेरा सरेर यो समस्यालाई समाधान गर्दै आएका छन् । थोरै मात्र यस्ता घरेबटीहरु छन् जसले जात थाहा पाएर पनि दलितहरुलाई घरभाडामा दिन खासै गाह«ो मान्दैनन् साथै केही दलितहरुले आफ्नो पहिचान खुुलाएर ढुुक्क भएर बाहुन, क्षेत्री, नेवा लगायतका घरहरुमा भाडा तिरेर बसेका पनि छन् । तर त्यस्ता दलितहरुको संख्या अत्यन्त न्यून छ । किनभने जात व्यवस्था हिन्दुहरुको लागि धर्म र प्रतिष्ठाको विषय भएकोले सानो जात भने पछि अनुुहार हेर्दा समेत साइत नपर्ने, घर भित्र प्रवेश ग¥यो भने घर अपवित्र हुन्छ, कुुलदेवता रिसाउछन् अनिष्ट हुुन्छ भन्ने सोच भएको समाजमा घर भाडामा दिने भन्ने कुरा त सामान्य पक्कै होइन । हिन्दुहरुले मान्ने धर्म संस्कारको कारणले गर्दा उनीहरु एउटा दलितलाई आफ्नो घर भाडामा दिनुभन्दा बरु घर खाली राख्नुमा उचित ठान्दछन् । उनीहरुको लागि पैसा भन्दामाथि धर्मसंस्कार हुन जान्छ ।

विभिन्न काल खण्डमा भएको सामाजिक न्याय, समानता र लोकतन्त्रको लडाईमा दलित समुदायले आफूलाई पनि सहभागी गराउदै गए पछि राज्य थोरै भए पनि बिस्तारै उदार बन्दै गएको र देशको संबिधान, ऐन, नियम कानूनहरुमा जातको आधारमा नीजि तथा सार्वजनिक क्षेत्र कही पनि विभेद गर्न नपाईने र विभेद भयो भने त्यो कानून बमोजिम दण्डनीय हुने र मानवता विरुद्धको अपराध हुने भन्ने उल्लेख गर्न सफल भए पछि अहिले विभेदको विरुद्ध धेरै थोरै आवाज उठाउन सक्षम भएको छ । सामाजिक र राजनैतिक परिवर्तनको आन्दोलनमा निरन्तर सहभागिता जनाएको कारणले गर्दा यो समुदायमा बिस्तारै बिद्रोही चेतना पनि जाग्रित हुन थालेको छ । त्यसमा पनि युवाहरुमा चाहे त्यो आशय युक्त विभेद होस् या हिंसात्मक विभेद कुनै पनि किसिमको विभेद सहनु हुँदैन भन्ने चेतनाको बृद्धि भई रहेको छ । त्यसैको परिणाम हो, रुप सुनार लगायतका युवाहरुको विभेद विरुद्धको बिद्रोह ।

यो भन्दा अगाडि पनि कोठा भाडाको सवाललाई लिएर धेरै आवाज उठेका थिए । सांसद कल्ली कुमारी विश्वकर्माले त संसदमा नै यो सवाललाई उठाएकी थिइन । अरुले पनि घरधनीहरुलाई प्रहरी प्रशासनको कठघरामा उभ्याएको अवस्था थियो । तर त्यतिबेला विभेद गर्ने बाहुनक्षेत्री र विभेदमा पर्ने दलितहरु भएकाले यसले खासै ठूलो रुप लिएको थिएन । दलितहरुको बिरोध र प्रशासनले कार्वाही प्रकृया अगाडि बढाए पछि न्यायिक प्रकृयामा यो जान्थ्यो । तर यसपाली रुप सुनारको केसमा भने यसले बिचित्र तरिकाले भयंकररुप लियो । जातीय विभेदको मुद्दालाई समुदायको प्रतिष्ठाको विषय बनाइयो । किनभने यो घटना काठमाण्डौ उपत्यका मूलबासी नेवा समुदायसंग जोडिन पुग्यो । आशय युक्त जातीय विभेद गर्ने सरस्वती प्रधानलाई दलित अधिकारकर्मीको दबाबमा प्रहरी प्रशासनले ३ दिन हिरासतमा राख्यो । नेवा समुदायले यसलाई विभेदको कोणबाट हेर्ने र विश्लेषण गर्ने भन्दा पनि आफ्नो प्रतिष्ठाको विषय बनायो । सिंगो नेवा समुुदाय माथिको प्रहारकोरुपमा यो घटनालाई हेरियो र दवावमूलक कार्यक्रम गर्नुको साथै सरकारमा बसेको व्यक्ति जसले संबिधान, नियम, कानूनको पालना गरेर प्रहरी प्रशासनमा आईसकेको मुुद्दालाई प्रकृयामा जान दिएर टुङ्गाउन सहयोग गर्नु पर्ने बेलामा उल्टो विभेद गर्ने व्यक्तिलाई ससम्मान हिरासतबाट छुटाएर लगेर विधिको शासनको खिल्ली उडाउने काम भयो । नेवा समुदाय आफै पनि उत्पीडनमा परेको समुदाय र जातको मुद्दा भन्दा पनि पहिचानको मुुद्दालाई केन्द्रलाई राखेर संघर्ष गरी रहेको समुदायले यसरी विभेदलाई किन प्राथमिकतामा राख्न बाध्य भयो । यो बारेमा गंभिर बहस हुन जरुरी छ ।

नेवा समुदाय र जात व्यवस्था

नेपाल मण्डलको इतिहासलाई अध्ययन गर्ने हो भने के देखिन्छ भने नेवा समुदाय सभ्यता र संस्कृतिको कोणबाट अत्यन्त धनी समुदाय हो । यो समुदायको आफ्नो भाषा,धर्म संस्कृति सभ्यता सबै छ जुन नेपाल अधिराज्यको अन्य क्षेत्रमा बस्ने कसैको पनि छैन् । यो समुदाय भनेको सभ्यता र संस्कृतिको हिसाबले एउटा राष्ट्र हो । लिच्छिबी कालिन सभ्यता अगाडिको नेपाल मण्डलको समाजलाई अध्ययन गर्यो भने त्यो वास्तविकतालाई हामीले बोध गर्न सक्छौ । यो सभ्यता प्रकृति पूूजक र बौद्ध सभ्यता थियो । बुद्धकै समयकालमा यँहा बौद्ध धर्मको प्रवेश गरेको देखिन्छ र बौद्ध शासकहरुले नै यो क्षेत्रमा सभ्यताको विकास गरेको देखिन्छ । लिच्छिबीहरुको प्रवेशसंगै यो क्षेत्रको बौद्ध सभ्यता बिस्तारै उधोगतीमा लाग्न थालेको देखिन्छ । तर लिच्छिबी शासकहरु हिन्दु र बौद्ध धर्म दुबै प्रति सहिष्ण भएकाले यँहा बौद्ध सभ्यताले पनि फल्ने फुल्ने अवसर पायो । र लिच्छिबी शासकहरु हिन्दु धर्मका पनि अनुयायी भएकाले उनीहरुले नेपाल मण्डलमा बस्ने नेवाहरुलाई चार वर्ण अठार जातमा विभाजन गरे । तैपनि यहाँका मूूलबासीहरु बौद्धधर्म प्रति आस्थावान थिए भन्ने यथस्ट प्रमाणहरु भेटिन्छन् । लिच्छिबीहरुको पतन पछि नेपालको तीन सय वर्षको इतिहाँस कसरी अगाडि बढ्यो भन्ने सन्दर्भमा यथस्ट प्रमाणहरु भेटीदैन् । तथापि केही आधारहरुलाई केलाउदा के देखिन्छ भने यो समय बौद्धमार्गीहरु र हिन्दुहरु बीचको अन्तर संघर्षको कालखण्डकोरुप रहयो । यो तथ्यलाई पुष्टिगर्ने आधारको रुपमा डाछीको गुु बिहारमा रहेको स्तुपलाई लिन सकिन्छ । जुन एघारौ शताब्दीमा भारतबाट आएका शंकराचार्य बौद्धधर्मको बिरोध स्वरुप ढलाई दिएका थिए । त्यस पछि बिस्तारै हिन्दुु धर्मका अनुयायी मल्लहरुले नेपाल मण्डलमा शासन गर्न थाले । र मल्लहरुले हिन्दु धर्मलाई राज्य धर्मको रुपमा स्थापित गर्दै गए । राज्यलाई हिन्दुकरण गरेर बलियो हिन्दु राज्य बनाउनको लागि चौधौ शताब्दीमा मल्ल राजा जयस्थिति मल्लले भारतबाट ५ जना ब्राह्मणहरुलाई बोलाएर मानव न्याय शास्त्र भन्ने विधान बनाउन लगाए जो पूर्णरुपमा मनुस्मृतिमा आधारित राज्य कानून थियो । नेपाल मण्डलका बासिन्दालाई चार वर्ण र चौसठ्ठी जातमा विभाजन गरे । र नेवा समुदायमा जात व्यवस्थालाई कसिलो बनाए भने अर्को तिर बौद्ध धर्मका अनुयायी नेवाहरु मथि दमन सुरु गरे । विहारमा बस्ने भिक्षुहरुलाई गृहस्थीमा फर्किन अन्यथा देश निकाला गर्ने धम्की दिएर बौद्ध धर्मालम्बीहरुलाई पूर्णरुपमा आफ्नो धर्मको अभ्यास गर्नबाट बन्चित गरियो र बौद्ध धर्म, संस्कार र संस्कृति केवल कर्मकाण्डकोरुपमा मात्र अभ्यासमा रह्यो । बौद्ध धर्मालम्बीहरुले मान्ने विभिन्न बोधीसत्वहरुलाई समेत हिन्दुकरण गरेर हिन्दु देवीदेवताहरुको नाम दिइयो ।

उच्च जातका नेवाहरुले आफै भित्रको अन्य नेवा समुदाय माथि जातीय दमन गरे । धार्मिक दमन गरे । परिणामत नेवाहरुको राजनैतिक आन्दोलनमाथिको  पकड बलियो हुन सकेन । हिन्दु वर्णाश्रममा आधारित जात व्यवस्था अहिले त उत्तिकै बलियो रुपमा नेवा समाजमा अभिव्यक्त भएको छ भने विगतमा झन कस्तो थियो होला सजिलै अनुमान लगाउन सकिन्छ ।

 

पृथ्वी नारायण शाहको एकिकरण अभियानका दौरानमा नेपाल मण्डलका बासिन्दा माथि भएको अत्याचारको कुनै सिमा छैन् । हामीले इतिहासमा अध्ययन गरेकै सत्य कुरा केहो भने किर्तिपूरका बासिन्दाहरुले एकिकरण अभियानको बिरुद्धमा पृथ्वी नारायण शाहको सेनासंग लड्दा उनीहरु पराजित भए पछि हजारौ किर्तिपुरे बासिन्दाको नाक, कान काटिएको थियो । पृथ्वी नारायण शाहले निकृष्टरुपमा दमन गरेर नेपाल मण्डलमाथि विजय प्राप्त गरेका थिए । तर यो यथार्थलाई यहाँका बासिन्दाहरुले बिस्तारै भुल्दै गए । किनभने यो क्षेत्र पनि धार्मिक र सांस्कृतिकरुपमा लामो समय देखि हिन्दुुकरण भई सकेकोले पृथ्वी नारायण शाहलाई यहाँको जनताको मन जित्न खासै गाह्रो भएन । परम्परा देखि चल्दै आएका धार्मिक र सांस्कृतिक अधिकारलाई उनले निरन्तरता दिए । यसो गर्दा पृथ्वी नारायण शाहलाई कुनै घाटा थिएन । उल्टै उनलाई नेपाललाई हिन्दुकरण गर्न धेरै सहज भयो । बौद्धहरु धेरै थोरै यसको बिरुद्धमा भएको देखिन्छ । तर उनीहरुको आवाजलाई राजनैतिक हतियार प्रयोग गरेर सहजै दमन गरियो । कतिपय बौद्धमार्गीहरुलाई त देश निकाला समेत गरियो ।

मल्लकाल देखि नै नेवा, समुदायका उच्च घरानाका श्रेष्ठ, मल्ल, जोशी, प्रधान जस्ता जातका नेवाहरुले राजनैतिक सत्ताको समेत सुुख सुविधाहरु उपभोग गरी रहेका तथा पूर्णरुपमा हिन्दुकरण भई सकेकाले र नेवा भित्रका उत्पीडनमा परेका जाति वा समुुदायहरुमाथि उनीहरुको समेत दमन रहेकोले पनि मल्लकालदेखि शाह राणाकालसम्म आउदा पनि उत्पीडनको स्वरुपमा खासै परिवर्तन भएन । त्यसमा थप राजा सुरेन्द्रको शासनकालमा तात्कालिन प्रधानमन्त्री जंगबहादूर राणाले जातको आधारमा दण्ड सजाय हुने मुलुकी ऐन जारी गरेर जात व्यवस्थालाई अझै कसिलो बनाए । देशव्यापीरुपमा हिन्दुु वर्णाश्रम व्यवस्थालाई पूर्णरुपमा लागु गर्न अझै बढी सफलता हासिल गरे ।

नेपाल मण्डलका नेवाहरु मध्ये बौद्धमार्गीहरुले यो कदमको बिरोध नगरेका होइनन् । राणा शासनकालमा बौद्धधर्मको अभ्यास गर्न पाउनु पर्छ भनेर बिरोध गर्दा जात भाडेको भनेर आरोप लगाउने देखि जेलसम्म हाल्ने काम भएको इतिहाँस छ । अन्य नेवारहरुले पनि राजनैतिक सांस्कृतिक आन्दोलन भन्दा भाषिक आन्दोलन गरेको इतिहाँँस पनि छ तर राज्य सत्तामा कम्जोर उपस्थिति र एउटै धर्म र संस्कृतिको अनुयायी भएकाले उनीहरुले धेरै ठूलो विरोधको आवाज उठाउन सकेको देखिदैन ।

पछिल्लो चरणमा विश्वव्यापीरुपमा फैलिएको लोकतान्त्रिकीकरणको आन्दोलनको प्रभाव नेपालमा पनि पर्दै गयो र एकतन्त्रिय जहानीया राणा शासनको विरुद्धमा काठमाण्डौका नेवाहरुले आवाज उठाउन थाले । बौद्धमार्गीहरुले धार्मिक स्वतन्त्रता र भाषिक स्वतन्त्रताको कुरा उठाउन थाले भने अन्य नेवाहरुले पनि भाषिक तथा राजनैतिक स्वतन्त्रताको लागि आवाज उठाउन थाले । राणा शासनको विरुद्ध आवाज उठाउदा सहिद हुने तीन जना व्यक्तिहरु पनि नेवा समुदायका नै थिए । तर यो आन्दोलनले बिस्तारै गतिलिदै जादा भने नेवाहरुले यो आन्दोलनमाथि को आफ्नो पकड बिस्तारै गुमाउदै गएको देखिन्छ र उनीहरुले बालेको आन्दोलनको झिल्काले नेपाललाई लोकतान्त्रिकीकरणको दिशातर्फ त उन्मुख गरायो तर नेवाहरुको राजनैतिक आन्दोलन भने कम्जोर हुुँँदै गयो र ब्राह्मणहरुको हातमा यो आन्दोलनको लगाम गयो । र नेवाहरुको राजनैतिक आन्दोलन माथिको पकड बिस्तारै कम्जोर हुँदै । यो हुँनाको मुख्य कारणहरु मध्ये एउटा के देखिन्छ भने नेवा भित्रकै जात व्यवस्था र धार्मिक अन्तर । भाषिक, सांस्कृतिक, भुगोलको हिसाबले नेवा भन्ने एउटा पहिचान जस्तो देखिएता पनि यँहा भित्र भएको जात व्यवस्था र धार्मिक अन्तरको कारणले गर्दा नेवालाई संगठित राजनैतिक शक्तिकोरुपमा अगाडि आउन दिएन । उच्च जातका नेवाहरुले आफै भित्रको अन्य नेवा समुदाय माथि जातीय दमन गरे । धार्मिक दमन गरे । परिणामत नेवाहरुको राजनैतिक आन्दोलनमाथिको  पकड बलियो हुन सकेन । हिन्दु वर्णाश्रममा आधारित जात व्यवस्था अहिले त उत्तिकै बलियो रुपमा नेवा समाजमा अभिव्यक्त भएको छ भने विगतमा झन कस्तो थियो होला सजिलै अनुमान लगाउन सकिन्छ ।

पहिचानको आन्दोलन र नेवा समुदाय
नेवा समुदायको भाषिक आन्दोलनको इतिहास लामो छ तर राजनैतिक र सांस्कृति अधिकारको पहिचानको आन्दोलनको इतिहास भने खासै लामो छैन् । किनभने सांस्कृतिकरुपमा उनीहरुलाई लिच्छिबी काल देखि शाह, राणाकालसम्म आईपुग्दा राज्यले जुुन किसिमको सांस्कृतिक अधिकार दियो उनीहरु त्यसैमा सन्तुुष्ट भएर बसे । नेवा समुुदाय आफै हिन्दुकरण भएको र हिन्दुुहरुको संस्कृति, मुल्यमान्यताहरुलाई अपनाउन खासै समस्या नभएकोले पनि उनीहरु शासकहरुसंग सांस्कृतिकरुपमा अन्तरघुलन हुँदै गए । तर बौद्धमार्गी नेवाहरु र उत्पीडनमा परेका नेवाहरु भने यो वातावरणबाट सन्तुष्ट थिएन त्यसैले उनीहरुले भाषिक, सांस्कृतिक र राजनैतिक अधिकारको आन्दोलनलाई पहिचानको आन्दोलनको रुपमा स्थापित गर्दै गए । पछिल्लो चरणमा खासगरी माओवादी जनयुद्धको दौरानमा नेवा पहिचानको आन्दोलनले अरु पहिचानको आन्दोलनले जस्तै छुट्टै हैसियत स्थापना गर्न सफल भएको छ त्यो सकारात्मक पाटो हो । भाषिक, सांस्कृतिक हिसाबले नेवा सभ्यता अति नै धनी र सशक्त छ ।

काठमाण्डौ उपत्यका सभ्यता विकासमा नेवाहरुको भूमिका अन्त्यत महत्वपूर्ण छ । साथै भाषिक, धार्मिक, सांस्कृति र भूगोलको हिसाबले हेर्ने हो भने नेवा एउटा राष्ट्र पनि हो । त्यसैले नेवा राज्यको माग जायज पनि छ । तर यहाँ उठाउन खोजीएको सवाल के हो भने नेवा विभिन्न कोणबाट हेर्दा एउटा राष्ट्र भएता पनि यहाँ भित्र भएको जात व्यवस्था यथावत रहँँदासम्म के यसलाई एउटा राष्ट्रको रुपमा परिभाषित गर्न सकिन्छ ? केही समय अगाडि देखि नेवा भित्र रहेको जात व्यवस्था र उचनीचको भावनालाई मत्थर पार्ने उद्धेश्यले यो संरचनालाई भत्काउन र असमानतालाई न्यूनिकरण गर्न केही प्रयास भने भएको देखिन्छ । नेवा समुदायभित्र रहेका र तल्लो जातको रुपमा पहिचान दिइएका देउला, पुजारी, कपाली, खड्की समुदायलाई नेवा पहिचानभित्र स्थान दिएर जात व्यवस्थाको अन्त्य गर्ने सिद्धान्त त प्रयत्न पनि भएको देखिन्छ । तर व्यवहारमा भने अहिले पनि ति समुदायहरुलाई स्वीकारेको देखिदैन । उनीहरुमाथि भएको विभेद यथावत नै कायम छ । त्यो बेलाबेलामा प्रकट हुुने गरेको यथार्थ लुक्न सकेको छैन् ।
नेपालमा धेरै नेवा लगायत धेरै राष्ट्रहरु छन् – तामङ्ग, गुरुङ्ग,मगर, लिम्बु, शेर्पा आदि । राष्ट्रको हिसाबले हेर्ने हो भने यी समुदायहरुमा नेवामा जस्तो आन्तरिक विभाजन देखिदैन । उनीहरु पनि धेरै थोरै हिन्दुकरणको प्रभावमा परेकाले आफ्नो समुदाय भन्दा बाहिरको जात, या समुदाय माथि जातको आधारमा विभेद त गर्छन् नै । तर उनीहरु आफ्नै समुदाय भत्रि भने त्यस्तो किसिमको जातको आधारमा गरिने विभेद केही पनि छैन् । उनीहरुले वास्तविक राष्ट्रको पहिचान बोकेको देखिन्छ । तर नेवा समुदाय भने जात व्यवस्थाको कारणले गर्दा जुन किसिमले विभाजित हुन पुग्यो त्यो हिसाबले हेर्दा पूर्णरुपमा राष्ट्रको रुपमा परिभाषित गर्न सक्ने अवस्था देखिदैन । यदि उनीहरु यथार्थमा राष्ट्रकोरुपमा स्थापित हुने हो भने वर्णाश्रम व्यवस्थामा आधारित जातको पहिचानलाई छोड्नै पर्ने देखिन्छ । यही अवस्था रहेमा पहिचानको आन्दोलन पनि खासै प्रभावकारी होला जस्तो देखिदैन ।
अन्तमा, नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृति राष्ट्र हो । विगतमा केन्द्रिकृत एकल जातीय राज्य सत्ताको कोपभाजनामा परेर यहाँका राष्ट्रियताहरु आझेलमा परेका थिए । अहिले राज्यको लोकतान्त्रिकिरणको आन्दोलनसंगै पहिचानको आन्दोलन पनि अगाडि बढी रहेको छ । यो सकारात्मक पाटो हो । तर यहाँ बुझ्नु पर्ने कुरा के हो पहिचानको आन्दोलनलाई अगाडि बढाउदै जादा एउटा जाति या समुदायले अरुको अस्तित्वलाई समाप्त गर्न खोज्यो अथवा उनीहरुको हक, अधिकारलाई कुुण्ठित गर्न खोज्यो, उनीहरुमाथि दमन उत्पीडन लाद्न खोज्यो भने पहिचानको आन्दोलन पनि बलियो हुँदैन । फेरी पनि शासकहरुले उनीहरुभित्र खेल्न अवसर पाइरहन्छन् । त्यसैले सबैले लोकतन्त्रको आधारभूत मुल्यमान्यता समानता, स्वतन्त्रता र भाईचारलाई आत्मासातै गर्दै अगाडि बढ्नुु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank