जातीय विभेद गरेको आरोपमा घरधनीसहित शिक्षामन्त्रीविरुद्ध रुपाले दर्ता गरिन् सर्वोच्चमा रिट [पूर्णपाठसहित]

दलित अनलाईन २० असार २०७८, आईतवार १६:४७

काठमाडाैं — सञ्चारकर्मी रूपा सुनारले आफूमाथि जातीय छुवाछूत गर्नेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्।

दलित भएकै कारण काेठा भाडामा नदिएकी घरधनी सरस्वती प्रधान र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई विपक्षी बनाएर आइतबार मुद्दा दायर गरेकी हुन्।

काेठा भाडामा दिने माैखिक सहमाति भएपछि घरधनी प्रधानले दलित भएकै कारण काेठा दिन अस्वीकार गरेकाे रिटमा उल्लेख छ।

त्यस्तै, शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले तत्काल उक्त पदबाट हटाइ निजमाथि जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐनबमोजिम कारबाहीको माग गरिएको छ।

रिटमा रूपाले संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही तथा मौलिक हकको संरक्षणको लागि आदेश जारी गर्न माग गरेकी छन्।

RUPA WRIT Final

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank