पोखरामा शिक्षामन्त्री कृष्ण श्रेष्ठको पुत्ला दहन

दलित अनलाईन १५ असार २०७८, मंगलवार १८:५९

पोखरा —जातीय भेदभाव तथा छुवाछूत जस्तो सरकारवादी मुद्दाका अभियुक्त छुटाउन सरकारी दलबलसहित गएको भन्दै शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गर्दै  पोखरामा पुत्ला दहन गरिएको छ।

जातीय मुक्ति मोर्चाको आह्वानमा भएको विरोध प्रदर्शनपछि युवाहरुले नाराबाजी गर्दै शिक्षामन्त्रीको पुत्ला दहन गरेका थिए। सोही क्रममा प्रहरीले धरपकड गर्दै ३ जना गिरफ्तार गरेको छ ।  पक्राउ पर्नेमा नेत्र चापागाईँ, ईश्वर नेपाली, र रेशम सापकोटा रहेका छन् । चापागाईँ समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष हुन । सापकोटा केन्द्रीय सचिव हुन् । नेपाली मोर्चाका नेता हुन । रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेद र मन्त्री श्रेष्ठको विरुद्धमा जात व्यवस्था उन्मूलन मोर्चाले विरोध प्रदर्शन गरेको जनाइएको छ ।

विरोध कार्यक्रमपछि मन्त्री श्रेष्ठको पुत्ला दहन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank