छुवाछुतको संरक्षक शिक्षामन्त्रीको पुत्ला दहन (तस्बिरहरु)

दलित अनलाईन १० असार २०७८, बिहीबार २३:१३

काठमाडौं —जातीय विभेद तथा छुवाछुतलाई संरक्षण गरेको भन्दै दलित अधिकारकर्मी र विद्यार्थीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरेका छन् ।

नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र दलित अधिकारकर्मीले बिहिबार साँझ मन्त्री श्रेष्ठको पुत्ला दहन गरेका हुन् ।

‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित दिउसो माइतिघरमा प्रदर्शन गरेका विद्यार्थी र अधिकारकर्मीले साँझपख पुत्ला दहन गरिएको हो ।

पुत्ला दहन गरिरहेका विद्यार्थी र अधिकारकर्मीलाई प्रहरीले तितरवितर पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank