कोठा र कोटा बहसले उब्जाएको प्रश्न

दिपा नेपाली ९ असार २०७८, बुधबार ००:२१

घरबाहाल दिदैन भन्ने अधिकार घरबेटीको हुन्छ । यो तर्क कानुन सम्मत छ । कसैको निजी सवालमा कसैले औला उठाउन पनि गलत हो र त्यसो गर्न कोहि कसैले पाउदैन । यदि त्यसो कसैले भन्ने प्रयत्न समेत गर्छ भने त्यो पनि कानुन विपरित नै हो । आफ्नो घर बाहाल दिने नदिने घरबेटीको निजी सवाल हो । कसैको निजी घरमा बस्न पाउनुपर्छ भनेर आवाज उठाउनु नै गलत हो । कुनै व्यक्तिको स्वामित्वमा रहेको भौतिक र अभौतिक सम्पत्ति उसैको हुन्छ । व्यक्तिको सम्पतिको मामिलामा कसैले हस्तक्षेप गर्नु त्यो गैरकानुनी हो र मानिन्छ । आफ्नो सम्पत्तिमाथिको अधिकार आफुलाई हुन्छ । स्वयम व्यक्तिको निहित प्रयोगमा आएको कुनै सम्पतिमा अरुले जबर्जस्ती गर्नु त्यो पनि गैरकानुनी हो ।

कुनै व्यक्तिको घरमा अरु कसैको अधिकार हुँदैन। जसको स्वामित्वमा घरसम्पति छ, उसैको पूर्ण अधिकार हुन्छ भनेर संविधानको धारा उल्लेख गरिएको छ । यो कुरा सत प्रतिसत ठिक हो । यसमा धेरै तर्क गरिराख्नु पर्ने पनि छैन । कुरो निजी अधिकार र स्वामित्वको छ । अधिकार सबैलाई चाहिन्छ । अधिकारको महत्व सबैलाई हुन्छ । यदि कसैले आफ्नो अधिकार मिचेर बोलेको कोहि कसैलाई राम्रो लाग्दैन । कोहि कसैले आफ्नो अधिकारमाथि कुल्चेर बोल्दा अन्याय सबैलाई हुन्छ । पिर सबैलाई लाग्छ । अपमानको महसुस सबैलाई हुन्छ । खिन्न लाग्छ । मानसिक तनाव हुन्छ । तर आफ्नो अधिकारको प्रयोग गरिरहदा अरुको अधिकार मिच्नु कत्तिको न्यायोचित छ ? भन्ने कुरा अझै कहाँ थाहाँ छ र हामीलाई । जब कि कतै दलित हुन कि भन्ने मनसाय राखि नाम सोध्नु अघि थर सोध्न पुग्छौ ।

डोटी जिल्लाको केआईसिंह गाउँपालिका (१) का किरण विक स्नातक तहको अध्ययन पूरा गर्ने सपना बोकेर फागुन ६ गते डोटीबाट संघीय राजधानी पहिलोपटक काठमाडौं आए ।

काठमाडौं आएका किरण ६ दिन सुन्धारास्थित एक होटलमा बसेर काम र कोठा एकैसाथ खोज्न थाले । शुरूमा उनले सुन्धारामा नै काम पाए । कोठा पनि पाए । कोठामा उनी र उनका साथी एक रात बिताएपछि भोलिपल्ट बिहानीको घरबेटीले आएर जात सोधे । उनले विश्वकर्मा भन्नासाथ घरबेटीले झोक्किंदै ‘तिमीहरू गइहाल’ भने । पछि किरण सुदुरपश्चिम नै फर्किन पुगे । त्यसो त जातका कारण घर फर्किने एक उदारणका पत्र किरण हुन । यसरी थरकै कारण कोठाबाट निकालिएर घर फर्किएका कति छन होला जसको समाचार बाहिर आउन सकेन ।
तनहुँ घर भएकी २४ वर्षीया सञ्चारकर्मी रुपा सुनारलाई जातको कारण देखाएर बबरमहलस्थितकी घरबेटी सरस्वती प्रधानले कोठाको भाडा लगायत सबै कुुरा मिलिसकेपछि घरबेटी उनलाई जात सोधेर कामी थर भन्ने थाहाँ पाएपछि कोठा दिन घरमा सोधेर फोन गरेर भन्छु भन्ने कुरा समाचारमा आएको छ । थर थाहाँ नपाउने बेला सम्म ‘एकै घरको जस्तो बनेर बस्नुपर्छ’ भन्ने घरबेटीले पछि फोन गरेर भन्छु भन्ने कुराले नै घुमाएर विभेदको संकेत नै बुझ्न सकिन्छ । फेरि फोन गरेर अर्कै जातको घरबाहालमा बस्ने ल्याईदेउ भन्नु नै गैर कानुनी मानिन्छ । किन भने व्यापार गर्न पनि खोज्ने अनि यो र त्यो जात ल्याईदेउ भन्ने कुरा नै विभेदको प्रमाण हो ।

थर सोध्न पाईन्छ । थर सोधेर दलित समुदायको भन्ने बित्तिकै मुखै बिगारिहाल्नुपर्ने, फेरि किन ? सबै कुराको निष्कर्ष भईसकेपछि थर भन्ने बित्तिकै कुरो मोडेर घरमा सल्लाह गर्छु भन्ने, फेरि संगै गएको साथीलाई फोन गरेर अर्को जातको बाहाल बस्ने ल्याईदेउ भन्ने तर्क यो कत्तिको अधिकार र कानुन सम्मत छ त ? घरबाहाल बस्नलाई कुन थर, कुन समुदायको र जातको हुनुपर्छ ?

दोलखा शैलुङ गाउँपालिका–७ की करुणा विश्वकर्माले पनि ०७७ फागुन २ गते धापासी–४ का माधवराज भुसालविरुद्ध जातीय विभेदको उजुरी दिइन् । करुणाले कोठाका लागि घरबेटी (माधवराज) लाई अग्रिम पैसा बुझाएकी थिइन् । तर जात थाहा पाएपछि घरबेटीले उनलाई दिएको अग्रिम पैसा पनि फिर्ता गरिदिएको समाचार बाहिरिएको थियो ।

घरबाहाल दिनको लागि दलाललाई सम्पर्क गर्न पुग्छौ । चिनेजानेकालाई कोठा खाली छ भन्दै आफै जानकारी गराउछौं । कोहि बाहालमा बस्ने मान्छे भए, लिएर आउनु पनि भन्छौ । फेरि कसैले तिम्रो घरमा कोठा खाली भएको जानकारीकै आधारमा बाहाल बस्ने मान्छे लगिदिदा मासिक भाडा कुरा फिक्स हुन्छ, मान्छे पनि मन पर्यो भन्न पुग्छौ, यस्तै मान्छे चाहिन्छ पनि भन्छौ। कोठाको बाण्ड्रमा पनि बुझ्छौ । त्यति गर्दा गर्दै कोठा सर्ने मिति तोकिन्छ । बिडम्वना सबै कुरा फिक्स भईसकेपछि फर्किने अबस्थामा घरबेटीको गेटबाट बाहिर निस्किन नपाउदै घरबेटीले फेरि विर्सिएझै गरि प्रश्न गर्न पुग्छन । र बावु तिम्रो थर के अरे ? अब भन्नुस् । थर सोध्नु भन्दा अघि नाम सोध्नुपर्ने होइन र ? यहाँनिर गम्भीर प्रश्न आफै सिर्जत छ तर त्यतातिर कसैको ध्यान केन्द्रित हुँदैन । प्रश्न त धेरै साथीहरुले समाजिक संजालमा राख्नुभो। कसैको निजि सम्पति दिने नदिने अधिकार घरबेटी को हो । किन घरबेटीलाई फसाईयो भनेर । लाग्छ त्यहाँ तपाईंहरु पनि वर्णव्यवस्थाकै घनचक्करमा रोमलिएर होला । सायद बिर्सिएर पनि हुनसक्छ । घरबेटीले नाम भन्दा अगाडि थर किन सोध्छन् भन्ने प्रश्न गर्न चुक्नु भएकै छ ।

थर सोध्न पाईन्छ । थर सोधेर दलित समुदायको भन्ने बित्तिकै मुखै बिगारिहाल्नुपर्ने, फेरि किन ? सबै कुराको निष्कर्ष भईसकेपछि थर भन्ने बित्तिकै कुरो मोडेर घरमा सल्लाह गर्छु भन्ने, फेरि संगै गएको साथीलाई फोन गरेर अर्को जातको बाहाल बस्ने ल्याईदेउ भन्ने तर्क यो कत्तिको अधिकार र कानुन सम्मत छ त ? घरबाहाल बस्नलाई कुन थर, कुन समुदायको र जातको हुनुपर्छ ? व्यापारको लागि दिईदै आएको बाहाल घर थर सोधेर दलित भन्ने बित्तिकै नदिने बाहाना गर्नु नै विभेदकारी छैन र ? के घरबाहाल ऐनमा दलित समुदायका थर भएका व्यक्तिलाई घरबाहाल नदिनु भनेको छ र ? अब भन ! घरबेटीले व्यापारको लागि राखेको कुनै चिजबस्तु वा घरबाहाल थर सोधेर मात्र दिने नियति नै विभेदकारी नै छ र ? यसमा कुनै दुई मत छैन । किन भने विभेद गर्ने नियत नभए मान्छेले परिचय सोध्नु स्वभाविकै मानिन्छ । यहाँ त नामको कुरै छैन थर अगाडि सोध्नुको कारण त त्यहि विभेद गर्न हो नि । घरबाहाल पनि भन्ने अझै अरुको आत्मसम्मानलाई अपमान गरेर निजि घरको अधिकार हुन्छ भन्ने दम्म किमार्थ न्यायिक छैन । निजि सम्पति त्यतिबेलासम्म व्यक्तिको हुन सक्छ, जबसम्म अन्य व्यक्तिलाई त्यो बस्तु बेच्न अथवा बिक्री गर्नेमनसाय राख्दैन । अनि व्यापार गर्ने कुनै व्यक्तिको स्वामित्वको सम्पति वा बस्तु जसले किन्छ उसको हुन्छ यति सानो कुरा पनि ठ्म्याउन किन नसको हो ? न कि त्यहाँ यो थर र त्यो थर को लागि व्यापार गरिने भन्ने नियतले निजिनै भन्ने कसैलाई विभेद गर्न पाईदैन । निजि भएर सार्वजनिक रुपले व्यापार गर्न खोज्ने । तर कोहि दलित समुदायको भन्ने बित्तिकै उसको थरको अपमान गर्न पुग्ने घरबेटीको अधिकार छैन र हुँदैन । थर पनि कुनै निजी अधिकारको कुरा हो। जुन थरले एउटा सिङ्गो समुदायको प्रतिनिधित्व गर्दछ । न कि कसैले अपमान गर्न, अपहेलना गर्न, तिस्कार गर्न र विभेद गर्न होइन । निजि सम्पत्ति कसैलाई दिन्न भन्न पाईन्छ । तर निजि सम्पत्ति सार्वजनिक रुपमा प्रयोग गरेर आर्थिक लाभ लिने, त्यसैले जिबिकोपार्जन पनि चलाउने । कति छाती फुलाएर भन्न सक्छौ ।

कति ताजुब छौ हामी । कति कलंकित छौ हामी । आफ्नै समाजका आफु जस्तै मानवलाई शिक्षाको ज्ञान पर सारेर आँखा चिम्लेर विभेद गर्न सक्छौ । अझै तल्लो र माथिल्लो जात भनेर समाजको चरित्रलाई अन्तर्रराष्टिय जगतमा चिनाउन खोजिरहेका हौ कि ? यो त कहिले सोचेकै छैनौ । शिक्षित, चेतनशील र शहरीया भएका मानिस । कहाँ छ चेतना छ ? विदेश नागरिकलाई सम्मा गर्ने हामी आफ्नै छिमेकी दाजुभाइलाई विभेद गर्छौ किन ? के नेपालमा शिक्षाकै कमि हो ? त्यसो हो भने आजका दिनमा प्रवृत्तिको पहुँचमा नपुगेको कोही व्यक्ति छैन । कुनै घरमा एसएलसी पास नगरेको कुनै व्यक्ति छैन । कहाँनिर हाम्रो चेतनाको स्तर खुस्किन पुगेको छ, ? भन्ने बेला कोही शिक्षित भन्छौ। कोही बौद्धिक भन्छौ। कोहि नेता भन्छौ तर खै हाम्रो त्यो स्तरले समाज बद्लिएको ? यसरी आफुलाई परिचय दिन पनि बद्नाम भएन र यो युगमा ? त्यहि कुसंस्कारको संरक्षक बनेर, यो समाजको नेतृत्व गरेर, घरभित्र अपराध जिवित राखेर बाहिर गौरब गरेर बोल्न अलि दखस लाग्दैन र ?
आफुभित्रको गलत प्रवृत्तिले अरुको आत्मसम्मान मिच्नलाई कसैलाई छुट छैन होला नि ? यति कुराको ख्याल राख्न किन नराख्ने एक मानव भएर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank