
काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय चुनावी सरकार पुनर्गठन गर्दा दलित समुदायबाट एक जना पनि मन्त्रिपरिषदमा नअटाएपछि यसलाई आम समुदायले चासोका साथ हेरेका छन् ।
दुई राज्यमन्त्री सहित १७ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्दा जनजाति र महिलाको प्रतिनिधित्व गराएपनि दलित समुदायबाट एक जनालाई पनि मन्त्री नबनाएपछि विभिन्न कोणबाट प्रश्न उठाईएको छ ।
कुल २५ सदस्यीय मन्त्रिपरिषदमा १७ जनालाई सहभागि गराएपनि आठ जना अझै राख्न बाकीं छ । वालुवाटार स्रोतका अनुसार आज वा भोली नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । के अव हुने मन्त्रिपरिषद् मा दलित समुदायबाट को-को अटाउलान् त ? कसकसको सम्भावना छ त ? वालुवाटार र एमालेका भित्रि स्रोतका आधारमा यी तीन जो अब बन्ने मन्त्रिपरिषद्का प्रमुख दावेदार र सम्भावना भएका ब्यक्तिहरु हुन ।
१ . छविलाल विश्वकर्मा
बुटवल बहुमुखी क्याम्पस को स्ववियु उपसभापति हुँदै राजनीतिमा निरन्तर लागेका विश्वकर्मा अहिले नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् । नेकपा एमालेको स्थायी कमिटीमा पुग्ने उनी दलित समुदायका पहिलो नेता हुन । उनी नेपाली कम्युनिस्ट आन्दोलन र दलित आन्दोलनमा वैचारिक र अध्ययनशिल नेताका रुपमा परिचित छन् । थोरै बोल्ने , मीठो बोल्ने उनको स्वभाव छ ।
रुपेन्देही क्षेत्र न. १ बाट प्रत्यक्ष निर्वाचित विश्वकर्मा २०६३ सालको गिरिजाप्रसाद कोईराला नेतृत्वको अन्तरिम सरकारको कृषि तथा सहकारी मन्त्री पनि हुन । २०६४ यता नेकपा एमालेको नेतृत्वमा मात्र चारवटा सरकार बनेका छन र पटक पटक एमाले सरकारमा सामेल भएको छ तर छविलाल विश्वकर्माललाई सहभागी बनाईएको छैन। सुरुदेखि नै केपि ओली निकट मानिने विश्वकर्मालाई मन्त्री नबनाईनुमा धेरै आम कार्यकर्ता आश्चार्य चकित छन् । एमालेको सातौं महाधिवेशनमा खुल्ला तर्फको वैकल्पिक केन्द्रीय सदस्यमा सबै भन्दा बढि मत लिएर जितेका विश्वकर्मासंग भारत प्रवास ईन्चार्ज, मुक्तिसमाज ईन्चार्ज ,लुम्बिनी ईन्चार्ज र सम्पर्क समन्वय ईन्चार्ज सम्हालेको अनुभव छ । उनी पार्टीमा बौद्धिक , भद्र , सालिन र दिएको जिम्मेवारी कुशलता पुर्वक पूरा गर्ने नेतामा गनिन्छन् । कहिले पनि बिवादमा आउन नचाहने छविलाल विश्वकर्मा यसपालीको चुनावी सरकारमा भने जाने सोचमा भने छैनन् तर पार्टी ले मुल्यांकन गरि महत्वपूर्ण मन्त्रालय जस्तै गृह वा रक्षा को जिम्मेवारी दिए जाने मनस्थिति रहेको उनी निकट स्रोतले जनाएको छ ।
२. बोम बहादुर विश्वकर्मा
नेकपा एमाले का केन्द्रीय सदस्य तथा नेपाल उत्पीडित जातिय मुक्ति समाज को केन्द्रीय कमिटी ईन्चार्ज समेत रहेका बोम बहादुर विश्वकर्मा नेकपा एमालेका एक ईमानदार पुराना नेता हुन। उनी संगै का धेरै दौतरीहरुले पटक पटक लाभको पदमा पुगे पनि उनी अहिलेसम्म कुनै पनि लाभको पद न लिएका नेता मा पर्छन् ।
पार्टीको काम मा निरन्तर खट्ने हक्की स्वभावका बोम लाई यसपालीको मन्त्रिपरिषद्मा सहभागी गराउनु पर्ने उनी निकट कार्यकर्ताको माग छ। जिल्लाको तल्लो तहको पार्टी कमिटीमा रहि काम गरेर नेकपा एमालेको केन्द्रीय कमिटीमा पुग्ने एमाले का कमै नेता मध्य उनी पनि एक हुन । पार्टीले दिएको हरेक जिम्मेवारी लाई ईमानदारी र कुशलताका साथ पूरा गर्ने र कहिले पनि पार्टीसंग आफ्नो बारेमा वार्गेनिङ नगर्ने स्वभावका कारण उनले अवसर नपाएको उनी निकट स्रोतको भनाई छ । यसपाली पार्टीले सरकारमा उचित जिम्मेवारी दिए जाने मनस्थिति मा रहेको उनी निकट एक नेताले बताए । दलित मुद्दा र जातिय विभेदका वारेमा प्रष्ट कुरा राख्न सक्ने नेताका रुपमा परिचित बोम विश्वकर्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।
३. पार्वती विसुन्खे
सामाजिक न्याय र जातिय विभेदका बारेमा सधै खरो आवाज उठाउने नाम हो पार्वती विशुन्खे । रुकुम पश्चिममा भएको जातिय नरसंहामा नेकपाका धेरै दलित समुदायका सांसद मौन रहदापनि उनी सदन र सडकमा चर्को आवाज उठाउने सांसद हुन । दैलेखमा जन्मिएकि बिशुन्खे नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद हुन । कम उमेरमै सांसद हुन सफल विशुन्खे आफ्नो कुरा प्रष्टसंग निडर ढंगले राख्न सक्ने नेत्रिको रुपमा परिचित छिन ।
एकताबद्ध एमाले र कार्यकर्ताको भावनालाई कदर गर्दै उनी नेकपा एमालेको संस्थापन पक्ष अर्थात पार्टी अध्यक्ष केपी ओली निकट खुलेकिछिन् । विमला विश्वकर्मालाई मन्त्री पदबाट हटाएपछि विमलाको ठाउँमा विशुन्खे आउने लगभग पक्का भएको उनी निकट स्रोतले जनाएको छ। जनता र पार्टीको काममा निरन्तर लाग्ने पार्वती विशुन्खेलाई फुल मन्त्री बनाएर न्याय गर्नु पर्ने उनी निकट कार्यकर्ताको भनाई छ ।
Leave a Reply