काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएकी छन्।
नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति भण्डारीले ७ जेठ साँझ ५ बजेसम्म आधार पेश गर्न समय दिएकी छन्।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुनेपालको संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ।
Leave a Reply