जातीय विभेद गर्ने भण्डारीले उल्टो प्रहरीमा उजुरी  : प्रहरीबाट पक्राउ पूर्जी जारी

दलित अनलाईन ८ बैशाख २०७८, बुधबार १९:१३

 

काठमाडौं— नवलपुरको मध्यविन्दु–९ का विष्णु भण्डारीले जातीय विभेद गरेको भन्दै मोसो दलेको घटना प्रहरी कार्यालय पुगेको छ ।
वैशाख १ गते आरोपित भण्डारीले वनभोजको क्रममा स्थानीय दीपक विकलाई जातीय विभेद गरेको भन्दै आइतबार भण्डारीलाई दलित अधिकारकर्मीहरुले मोसो दलेका थिए । वनभोजमा खाना खाने समयमा आफुमाथि जातीय विभेद गरेको दीपक विकको आरोप छ ।
यता आफूलाई मोसो दलेर दुर्व्यवहार गरेको भन्दै भण्डारीले उल्टो जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा उजुरी दिएका छन् । उनले दिएको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले मोसो दल्नेहरुलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी गरेको छ ।
आफूलाई स्थानीय ६५ रनबहादुर वि.कको नेतृत्वमा दीपक विक, हरि विक, प्रमोद विक र नरबहादुर कुमालसहितका व्यक्तिले मोसो दलेर अभद्र व्यवहार गरेको भन्दै भण्डारीले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीपकुमार गिरीले बताए ।
मोसो लगाउने पक्षले भने जातीय विभेद गरेको कारण मोसो दलेको बताएका छन् । प्रहरीले भने जातीय विभेद भएको सम्बन्धी कुनै पनि उजुरी कार्यालयमा नआएको बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात मात्रै विस्तृत विवरण आउने डिएसपी गिरीले बताए ।
पटकपटक दलित समुदायमाथि जातीय विभेद र दुव्र्यवहार गर्दै आएका भण्डारीले नयाँ बर्षको अवसरमा आयोजित वनभोज कार्यक्रममा मध्यबिन्दु १ निवासी दिपक विश्वकर्मामाथि जातीय रुपमा दुव्र्यवहार गरेका थिए ।
सामुहिक बनभोज कार्यक्रममा भण्डारीले बिश्वकर्मालाई किन बोलाएको यसले छोएको खान हुन्न भनी सार्वजनिक स्थलमा जातीय विभेद गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank