बिरामी पर्न थाले धर्नामा बसेका बादी समुदाय

दलित अनलाईन फाल्गुन १४, २०७७

सुर्खेत—  खेतीपाती गर्नका लागि स्थायी लालपूर्जासहितको जमिन  माग गर्दै कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चौरमा धर्ना बसेका बादी समुदायका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् ।

खेतीपाती गर्नका लागि स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग राख्‍दै  चार दिनदेखि दिनरात धर्नामा बसेका उनीहरू बिरामी पर्न थालेका हुन् ।

बालबालिका र वृद्धवृद्धामा रुघाखोकी तथा ज्वरोको समस्या देखिएको संघर्ष समिति दैलेखका अध्यक्ष प्रेम बादीले बताए । ‘दिउँसोको चर्को घाम र रातिको चिसोका कारण पनि होला रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्,’ अध्यक्ष बादीले दलित अनलाईनसँग भने, ‘राम्रोसँग खान नपाउँदा पनि समस्या भएको छ ।’

बिरामी परेका बादी समुदायका केहीको प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । लालपुर्जासहितको खेतीयोग्य जमिन, घर र रोजगारी दिनुपर्ने माग राख्दै दैलेख र कालिकोटका बादीहरू चार दिनदेखि मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्नामा बस्दै आएका छन् ।

कर्णाली प्रदेश सरकालाई धर्ना दिन दैलेखबाट आएका दुई सय ४० जनामध्ये ७० भन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेको हिक्मत बादीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank