प्रतिगमनकारी कदमविरुद्ध दलित समुदाय उभिनुपर्छ : मीन विश्वकर्मा

दलित अनलाईन ४ फाल्गुन २०७७, मंगलवार १९:३६

काठमाडौँ — सम्पूर्ण दलित समुदाय संविधान र लोकतन्त्रको पक्षमा उभिन कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले अपिल गरेका छन् ।

संघको २४ औँ स्थापना दिवसको सन्दर्भमा अध्यक्ष तथा कांग्रेसका केन्द्रीय सदस्य विश्वकर्माले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमविरुद्ध लाग्न सम्पूर्ण दलित समुदाय उभिन अपिल गरेका हुन् ।

‘संविधानबमोजिम सत्ता सञ्चालन गर्न र असंवैधानिक, अलोकतान्त्रिक कदम सच्याई लोकतन्त्रको मूल्य, मान्यता संस्कृतिलाई पूर्ण रूपमा अनुशरण गर्न जोडदार माग गर्दछु,’ विश्वकर्माले विज्ञप्तिमार्फत भनेका छन् ।

मंगलबार शुभकामना सन्देश दिँदै अध्यक्ष विश्वकर्माले कोभिड– १९ को महामारीबाट सबैभन्दा धेरै दलित समुदायलाई असर पुर्‍याएको भए पनि राज्यले कुनै राहतसमेत प्रदान नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘कोभिड– १९ को महामारीका कारण सबैभन्दा मर्कामा परेको यस समुदायलाई राज्यले कुनै पनि राहत प्रदान गर्न सकेको छैन । म भ्रष्टाचारमा लिप्त भई स्थिरता र समृद्धिको जनताको चाहनालाई कुठारापात गरी असंवैधानिक रूपले हठात् संसद् विघटन गर्ने निर्णयलाई लिएर संघ गम्भीर रहेको छ,’ उनले विज्ञप्तिमार्फत भनेका छन् ।

नेता विश्वकर्माले दलित समुदायलाई राजनीतिक रूपले संगठित र प्रशिक्षित गर्दै राज्यको मूल धारमा समाहित गर्ने र समतामूलक समाज निर्माण गर्नेतर्फ केन्द्रित रहेको बताएका छन् । लोकतन्त्रमा आस्थावान् दलित समुदायलाई एकीकृत गरी गठित संघले ०५४ साल फागुन ४ गते कांग्रेसको भ्रातृ संगठनको रूपमा औपचारिक मान्यता पाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank