ओ तानाशाह !

चन्द्रवीर तुम्बापो माघ १८, २०७७

 

शून्यताको कम्बल फालेर

एकपटक ख्वाक खोक्छ

लगत्तै माथिल्लो घर खोक्छ

लगत्तै तल्लो घर खोक्छ

लगत्तै पल्लो घर खोक्छ

लगत्तै वल्लो घर खोक्छ

चराहरू चिर्बिर–चिर्बिर गर्न थाल्छन्

हलो, कुट्टो र कोदालोसँग गाउँ निस्किन्छ

कल कारखानाहरू चल्न थाल्छन्

सडक हुँइकिन थाल्छ ।

बिस्तारै सहर हल्लाले भरिन थाल्छ

वातावरण अशान्त हुँदै जान्छ ।

ठीक यहीबेला किनारामा उभिएर

अनागरिक मानिसले

सलाइै कोर्छ र सल्काउँछ चुरोट

हे ! तानाशाह नठान्नू त्यतिन्जेलसम्म

हाम्रा हातहरू खाली हुनेछन्

ओ तानाशाह ! त्यतिन्जेलसम्म

हाम्रा हातहरू हतियार भइसक्छन् !

 

 

प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक समाजले आइतबार काठमाडौँको सिफलस्थित शहीद धर्मभक्त माथेमाको शालिक अगाडि शान्तिपूर्ण विरोध प्रदर्शनमा तुम्बापोले  ‘ओ तानाशाह ’ शीर्षकको क्रान्तिकारी कविता  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank