चिसोबाट जोगउन फाइवर सिरक प्रदान

दलित अनलाईन १३ माघ २०७७, मंगलवार १०:४९

सर्लाही —  तराई मधेशमा एक हप्ता देखि व्याप्त गहिरो हुसुले गर्दा कडा चिसोका कारण अत्यन्त कष्टकर जीवन जिउन बाध्य सर्लाही चन्द्रनगर गांउपालिकाका ५०० विपन्न परिवार, एकल महिला र अपाङ्गतालाई गुणस्तरीय फाइवर सिरक प्रदान गरिएको छ ।

मसुहर, चमार, दुधास, डोम, मुस्लिम तथा अन्य समुदायका अति विपन्न परिवार र सबै जातिका विपन्न एकल महिला तथा  अपाङ्गतालाई  फाइबर सिरक प्रदान गरिएको हो ।

दौतरी संस्थाको सहयोग तथा भोरको अध्यक्ष पचुलाल माझी मुसहर र शिवनाथको पहलमा चन्द्रनगर गांउपालिकाका उक्त मानवीय सहयोग गरिएको छ, दौतरी संस्थाका अध्यक्ष सम्पन्न स्थापीतले बताए ।

विगतका वर्षहरुमा र यस वर्षमा पनि अत्याधिक चिसोको कारण विपन्न परिवारका कतिपय व्यक्तिहरुले ज्यान गुमाउनु परेको कारणले हामीले आवश्यकतामा रहेका विपन्न परिवार तथा जोखिम समुहका व्यक्तिहरुलाई चिसोबाट जोगउन फाइवर सिरक सहयोगको लागि पहल गरेका थियौ र दौतरी संस्थाले हाम्रो आग्रहमा सहयोग गरेको, भोरका अध्यक्ष पचुलाल माझीले बताए ।

चन्द्रगर गांउपालिकाका वडा नम्बर १, २, ३ ४ र ७ का ५०० परिवारमा चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरीएको भोरका कोषाध्यक्ष उमेश कुमार साहले जानकारी दिए । वडा नम्बर ७ का सिरक वितरणलाई शिवनाथ राउतले संयोजन गरेका  थिए ।

चन्द्रनगर गांउपालिका, वडा नम्बर २ को वडा अध्यक्ष राम नारायण महतोले १० माघको दिन बबरगंज मुसहर बस्तीबाट फाइवर सिरक वितरणको शुभारम्भ गर्दै भोरको पहल र दौतरीको सहयोगमा प्रदान गरिएको सहयोगको प्रसंशा गरे  ।

पिडै पिडाले भरिएको  जीवन, त्यसमाथि शारिरिक  अपाङ्ग  र अहिलेको अत्याधिक चिसोमा कामदै गरेको बिचमा गुणस्तरीय फाइवर सिरक पाए पछि अबको चिसो सित लडने सहारा भएको राजकल माझी मुसहरले बताए ।

आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको अभियानमा केन्द्रित भोर संस्थाले विपद बेला र जोखिममा रहेका परिवार तथा वर्गलाई मानवीय सहायता पनि निरन्तर प्रदान गर्ने आफनो जिम्मेवारी अनुरुपनै उक्त फाइवर सिरक सहयोगको पहल गरेको भोरका संस्थापक राज कुमार महतोले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank