एड्जोनको अध्यक्षमा सुनार, महासचिवमा खड्काथोकी निर्वाचित

दलित अनलाईन २९ पुष २०७७, बुधबार २२:५२

काठमाडौं  —  क्रियाशील दलित पत्रकार संघ, नेपाल (आड्जोन)ले नयाँ कार्यसमित चयन गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको अध्यक्षमा नागरिक दैनिकका पवित्रा सुनार,उपाध्यक्षमा नेपाल प्रेसका केशव भुल, दर्पण दैनिकका केशर विश्वकर्मा, महासचिवमा अनलाइनखबर डटकमका विश्वास खड्काथोकी र कोषाध्यक्षमा हिमालय टेलिभिजनकी सिर्जना बराल चयन भएका छन् ।

सचिवमा रमेश टमटा (रेडियो नेपाल), सन्देश परियार (हिमालय टेलिभिजन) र धर्मसिंह विक चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा प्रकाश धौलाकोटी (नयाँ पत्रिका), मिलन विश्वकर्मा (अभियान दैनिक), मञ्जु टेलर (नयाँ पत्रिका), मदन विक, विष्णु परियार (नेपाल समाचारपत्र), सरिशा आछामी (काठमाडौं प्रेस), विक्रम सुनार (अर्थतन्त्र डटकम), रुपा सुनार (इमेज टिभी), मदन विश्वकर्मा र जसिन्द्र श्रीपाली चयन भएका छन् ।

आड्जोनले साधारणसभाको अवसरमा अग्रज पत्रकारहरु कसमस विश्वकर्मा, बाबुराम विश्वकर्मा, प्रकाशचन्द्र परियार र गोविन्द परियारलाई सम्मान गरेको छ । उनीहरुलाई प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्मान पत्र प्रदान गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank