माधव नेपालको त्यो गलत अभिव्यक्ति

दिपा नेपाली १८ पुष २०७७, शनिबार १६:५९

अपहेलित

‘आफु मरे डुमै राजा’ भन्ने उखान टुक्का नेपाली समाजमा  बौद्धिक व्यक्तिका लागि सस्तो लोकप्रिय र सभ्य मानिन्छ। जहाँ सर्वसाधारण व्यक्तिले मात्र प्रयोग गर्दैनन। यो देशको प्रधानमन्त्री भईसकेका व्यक्ति माधवकुमार नेपालले  समेत प्राईम टिभी मा अन्तर्वार्ता दिने क्रममा सोही उखान टुक्का प्रयोग गरेका छन। मान्छेको मनमा जे छ, त्यहि कुरा बाहिर आउॅछ। जतिसुकै परिवर्तनका सैदान्तिक कुरा गरेपनि व्यबहारिकता फरक भएको कुरा नेपाल कम्युनिष्ट पार्टीका नेता पुर्व प्रधानमन्त्री नेपालको अभिव्यक्तिबाट प्रष्ट छ। समाज बदल्न हिडेका व्यक्ति चेतना र परिवर्तनको कुरा गरेर समाजको नेतृत्वसंगै देशको नेतृत्व गरेकै छन। आधा जीवन समाज परिवर्तनका नाममा ब्यतित गरेकै छन । शिक्षा र  राजनीतिक मानव अपमानित शब्द बोल्ने र माफ माग्ने  संस्कारको  विकास गर्नु निकै दुखदायी कुरा हो । जसले यो देशको नेतृत्व गरिरहेको छ। त्यहि व्यक्तिले दलित समुदायलाई अपमानित हुने शब्द बोल्नु यो भन्दा लज्जित कुरा अरु के हुन सक्छ ?  अचम्म त त्यहाँ लाग्छ। देश हाक्ने व्यक्तिले संविधान विपरित बोल्ने फेरि सामाजिक संजालमा त्यहि दलित समुदायको लागि सधै लडिरहेको मान्छे हु तर पनि गलत बोल्न गएछ भन्दै माफ माग्ने संस्कार नेपाली समाज परिवर्तनका निम्ति कत्तिको फलदायी छ तर ?  कति सजिलो छ अपाच्य शब्द बोल्न र माफ माग्ने  !

सार्वजनिक पद धारण गरेका व्यक्तिले नै दलित समुदायलाई अपहेलित हुने उखान टुक्का  बढि प्रयोग गरेका छन। मिती २०७५ फागुन १८ गते कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘इट्स माइ शो’ नामक कार्यक्रममा चर्तित गायिका , तथा माननीय कोमल वोलीले बोल्ने क्रममा ( ‘मरि सके पछि डुमै राजा’) भन्ने थेगो प्रयोग गर्दै सिङ्गो दलित समुदायको आत्मसम्मानमा चोट पुर्याएकी थिईन। त्यस लगतै आफ्नो अभिव्यक्ति गलत भएको महसुस गर्दै सदनबाट नै माफ मागेकी थिईन। यसरी चेतनाको स्तरले उच्च ठानिएका व्यक्तिले नै दलितमाथि अपहेलित हुने उखान टुक्का प्रयोग गर्छन,भने अरुले नभन्लान भन्न सक्ने कुरै छैन।  शिक्षा नपाएका मान्छे पनि होइनन ।  राजनीतिक चेतना नभएका भन्न पनि मिल्दैन। शिक्षित पनि छन । अनि राजनीतिज्ञ पनि छन । बिडम्बना पछि पारिएको समुदायलाई अपहेलित गर्दै उखान टुक्का जोड्न छोडेका छैनन। परिवर्तन हुन नसकेको व्यक्तिको चेतनाबाट समाज परिवर्तन हुन  नसक्नुको कारण पनि स्वयं व्यक्ति नै छन। मान्छेको चेतना राजनितिक र शिक्षाको स्तरबाट गर्न सकिन्छ भन्ने कुरा माधव नेपालको अभिव्यक्तिले गलत साबित भएको छ।

जताततै भन्ने गरिन्छ, शिक्षा मानव चेतनाको आँखा हो। शिक्षा विनाको मानव र शिक्षित मानव बिनाको समाज परिवर्तन हुन सक्दैन। जहाँ शिक्षा छ, त्यहा चेतना हुन्छ। विश्वमा शिक्षासँग नजोडिने कुनै घरपरिवार र समाज सायदै नहोला। नेपालमा परम्परागत हिन्दु–वैदिक शिक्षाको लामो इतिहास थियो । बौद्ध धर्म–दर्शनको प्रारम्भ भएपछि विहार, गुम्बा र बौद्ध शिक्षा केन्द्रहरूमा बौद्ध धर्मदर्शनमा आधारित शिक्षा र हिन्दु–वैदिक शिक्षाअन्तर्गत विशेषतः गुरुकुल प्रणालीका शिक्षा सीमित मात्रामा प्रचलित थिए । नेपालमा परम्परागत संस्कृत र बौद्ध शिक्षाको प्रचलन रही रहेको बेला वि.सं. १९१० मा दरबार स्कुलको स्थापनासँगै नेपालमा अङ्ग्रेजी शिक्षा प्रणालीको सुरुआत भएको थियो ।

नेपालमा उच्चशिक्षाको औपचारिक सुरुआत भयो ।  विसं १९७५ मा त्रिभुवन चन्द्र कलेज (त्रिचन्द्र कलेज) को स्थापनाबाट भएको देखिन्छ ।
नेपालमा वि.सं २००७ साल भन्दा पहिले शिक्षाको पहुँच ज्यादै सीमित व्यक्ति तथा समुदायमा भएकाले आम जनसमुदाय शिक्षाको अवसरबाट बञ्चित रहेका थिए । सात सालपछिको राजनीतिक परिवर्तनपछि औपचारिक रुपमा शिक्षाको सुरु भयो। राजनीतिक परिवर्तनले शासन र सत्ता परिवर्तन गर्यो । त्यस संगसंगै शिक्षालाई पहुँच उन्नति गर्यो। सामाजिक कुरीतिलाई चिर्न शिक्षाको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रह्यो। समाज परिवर्तन का निम्ति शिक्षा र राजनीतिक एक अपरिहार्य स्रोतकै रुपमा रहेका छन।  जतिसुकै शैक्षिक नीति फेरिए पनि, जतिसुकै राजनीतिक अवस्था बद्लिए पनि मानिसको चेतना परम्परागत शैलीले अघि बढिरहेकोछ। आज संसार विज्ञान र प्रविधिको युगमा छ। जसले मानव चेतनाको क्षमतालाई प्रतिष्पर्धामा घुमाईरहेको छ। नयाँ नयाँ खोज-अनुसन्धान भईरहेका छन। सैदान्तिक भन्दा पनि व्यवहारिक शिक्षा बढि प्रयोगमा छ। यता नेपालको सैदान्तिक शिक्षाले मानव चेतनालाई उकास्न सकिरहेको छैन।

परम्परागत शैलीमा,अन्धविश्वास र रुढीवादीको भ्रमले शैक्षिक र  ज्ञानलाई छोपिरहेको छ। स्कुल,क्याम्पस हुदै विश्व विधालय पढ्ने एउटा विधार्थीले आफ्नै घर भित्रको रुढीवादीलाई चिर्न सकिरहेको छैन। घर सामाजदेखि सदनसम्म नेतृत्व गर्ने एउटा नेताको चेतना फेरिएको छैन। समाजमा व्याप्त अन्धविश्वास,रुढीवादी र भ्रमात्माक कुस्सकार कायमै छन। जुन हत्या र हिंसाको रुपमा प्रचलित छन। एकाइसौं शताब्दी चेतनशिल व्यक्तिहरुले अझै कुरितिलाई अवलम्बन गरिरहेका छन किन ? नेपालको शिक्षा र राजनीतिक संस्कारले चेतनाको स्तरलाईमाथि उठाउन सकेन त ?  यसो हुनुमा कमजोरी कस्को ?   यो कमजोरी शिक्षा प्रणालीको हो कि अथवा हाम्रो राज्यको मुल प्रणालीको हो ? जसमा जातिय विभेद,छाउपडी प्रथा,दाईजो प्रथा र देउकी प्रथा जस्ता कुप्रथाहरू शिक्षित घरपरिवारमै जिवित छन। जुन कुप्रथाहरू प्रथाको रुपमा संचालित छन। जुन घरमा राजनितिज्ञ ,शिक्षक,अधिकृत,र समाजसेवी छन । त्यहि परिवारबाट बढि भन्दा बढि जातीय विभेद हुन्छ। छाउपडी प्रथा अधिक मानिन्छ। समाजमा अलि शिक्षित परिवार भन्दै दाईजो बढि नै देखाईन्छ। अनि कसरी हामी कुन अर्थमा शिक्षित र  राजनीतिक भयौ त ? भन्न त भनिन् – शिक्षाले मानिसको चेतना बदल्छ। र राजनितिबाट सबै परिवर्तन सम्भव छ। तर यहाँ मानव चेतना बदल्नुको साटो सामाजिक भ्रमले आफ्नै चेतनालाई पतन किन भईरहेको छ ? जसभित्र मानवियता छैन। भेटिदैन त्यहाँ सामाजिक सदभाव। सामाजिक संरचनाले मानविय व्यवहारलाई अपराधतिर धकेल्दै छ।  शिक्षित भन्ने मानिसले समाजलाई के परिवर्तन गर्न सक्यो त ? जहाँ घरभित्रनै धेरै कुसंस्कार पालेकै छन। फेरि शिक्षित भनेर परिचय दिनुको औचित्य के ? हुन त काक्षाकोठामा उत्कृष्ट विधार्थीकै चर्चा बढि हुन्छ। ती उत्कृष्ट विधार्थीको घरपरिवार र समाज कस्तो छ समाजमा ईन्टर र व्याच्लोर नगरेको कुनै घर छैन।ती सबैलाई किताबीय ज्ञान के-को लागि सिकाईयो र ती व्यक्तिलाई समाज कस्तो छ ? र समाजको प्रवृती कस्तो हुनुपर्छ । यस्ता विषयहरुमा शिक्षा विदको ध्यान किन गएकै छैन ? लगभग धेरैले जीवनको आधा समय शैक्षिक क्षेत्रमा बेतित गरे कै हुन्छन। कक्षाकोठामा रोमन, ग्रीक,सभ्यता पढाईन्छ। जसमध्ये नेपाली समाजको वर्णव्यवस्था शासन प्रणाली, परम्परागत संरचना,समाजिक सदभाव र मानविय सभ्यतासंग सम्बन्धित ज्ञान पाठ्यक्रममा समावेश गरिदैन। विधार्थीले समाजको संरचना पढेकै छैन। यहाँ  शिक्षा र समाज कति टाढ छ । के यो शिक्षाबाट नेपाली समाज परिवर्तन हुन् सक्छ तर नेपाली ज्ञले समाज परिवर्तन गर्न सक्लान ?

समाज परिवर्तनका नाममा दलित समुदायको मुद्दा प्रमुख राजनीतिक मुद्दा बन्दछन। आन्दोलनको बखत सबै नेता कार्यकर्ताहरुको मुखमा ती पछि पारिएका समुदायको उत्पीडनलाई व्याख्या गरिन्छ। जब आन्दोलन सेलाउँछ तब-तब नेताको बोली फेरिन्छ । र त भन्छन- ‘आफु मरे डुमै राजा’ । यो कस्तो राजनीतिक चिन्तन हो ?  चेतनाको स्तरले दलित समुदायलाई अपहेलित गर्ने हो कि, मानवीय व्यबहार गर्न र गर्न सिकाउनु पर्दछ ?  कुन शिक्षाले यस्ता कुतर्क सिकाईरहेको छ।

कानुन, शिक्षा र समाज:

नेपालमा प्रथाको रुपमा धेरै प्रथाहरु छन। केहि कुर प्रथाहरु मध्ये चन्द्र शमसेरले  वि स १९८१ बैशाख १ गते दास प्रथा र यसैगरी वि स १९७७ अषाढमा सती प्रथालाई विधिवत रुपमा अन्त्य गरेका थिए। त्यतिखेर मुलुकी ऐन १९१० कार्यन्वयनकै समयमा थियो। आफु प्रधानमन्त्री भएको राजनीतिक , शैक्षिक र समाजि चेतनानै थिएन। र पनि दास प्रथा र सती प्रथाको विधिवत रुपमा अन्त्य गरे। तर नेपाल अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र भएको पनि ४९ वर्ष पुगि सकेको छ। तर समाजभित्रको धेरै कुस्कार मध्यको विभेद तथा छुवाछुतको जडोलाई राजनीतिक र शैक्षिक परिवतर्वनसंगै किन हटाउन सकिरहेको छैन त ? नेपाललाई  कानुनी रुपमा छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको ५७ वर्ष पुगेको छ। सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको पनि १४ वर्ष  पुगि सकेको छ। यसरी कानुनी रुपमा जातीय विभेद र छुवाछुतलाई कानुनले निराकरण गरिसकेको छ। शैक्षिक रुपमा प्रत्येक घरघरमा पढलेखे गरेका मानिस छन। समाजमा प्रया सबै मानिस राजनीतिक, शैक्षिक र समाजिक पहुँचमा छन । सबैले यथार्थ विषय बस्तुलाई मात्र विश्वास गर्छन। भने नेपाली समाजमा कस्तो कानुनको अभ्यास गराईदैछ। विधालय देखि विश्व विधालयसम्म अध्ययन गरेका विधार्थीलाई कस्तो शिक्षा दिईदै आएको छ। जसले आफु,आफ्नो  परिवार र आफु बस्ने समाजभित्रको रुढीवादीलाई धर्म र संस्कारको रुपमा मान्दछन। जसले गर्दा एक मानवले अर्को मानवलाई गर्ने व्यवहार विभेद पुर्ण छ। हिंसात्मक दुरव्यवहार छ। यी कानुन र शिक्षाले सामाजिक अपराधलाई किन अन्त्य गर्न सकिरहेको छैन ? कानुन,शिक्षा र समाजिक चेतनाविच किन दुरी बढिरहेको छ।

२१ औ शताब्दीमा प्रवेश गरेको मुलुको गति नैतिक रुपले विकास हुन किन सकिरहेको छैन ? समाजिक अन्धविश्वासले नेपालको शैक्षिक अभ्यासलाई काहॉ निर रोकिरहेको छ ? मानव चेतनाको स्तरलाई नेपालको शिक्षाले समाज भन्दा माथि किन उठाउन सकेन ? व्यक्ति,परिवार र समाजका नकारात्मक अवधारणालाई सुधार गर्ने शिक्षाको प्रमुख दायित्व होईन ? समाजका कुरीति,रुढीवादी र कुप्रथाहरु अन्त्य गर्न नेपालको राजनितिज्ञको निती निर्माणमा कमजोरी हो कि ? वा शिक्षाको कार्यन्वयनमा कमजोरी हो ? राजनीतिक रुपले नेपालको शासन र सत्ता परिवर्तन भईसकेको छ। विश्वको सबै भन्दा उत्कृष्ट मिश्रित कानुन नेपालमा बनेको अवस्थामा कानुनी र शैक्षिक रुपमा मानव चेतनामा भ्रमको खेती किन भईरहेको छ।

“शिक्षा सबैभन्दा  शक्तिशाली हतियार हो , जसको प्रयोगले तिमि संसार बदल्न सक्छौ”–(नेल्शन मण्डेला )

नेल्सन मण्डेलाको यो लोकप्रिय भनाई नेपाली समाजमा गलत सावित भएकैैहो तरु जुन शिक्षाले समाााज परिवर्तन गर्न्ने कुरा पर छ। दुखद कुरा व्यक्तिको चेतना बदल्न सकिरहेको छैन। पछिल्लो समयमा देशभित्र यस्तै विभेदका घटनाहरु बौद्धिक स्तरका मानिसहरुबाट किन घटिरहेकार छन त ? यसकै ज्वलन्त प्रतिनिधित्व गर्ने र सबैले छर्लङ्ग बुझ्ने गरि राजनैतिक र शैक्षिक परिवर्तनको उदाङगोको र कहालि लाग्दो अभिव्यक्ति गत पुस १४ गते प्राईम टि भीको अन्तवार्तामा  पुर्व प्रधानमन्त्री नेपालले दलितलाई होच्याउने उखान टुक्का प्रयोग गर्दै अपमान गरेका छन। सामाजिक परिवर्तन गर्ने संकल्प बोकेर  आधाभन्दा  बढी जीबन राजनितिमा बेतित गरेका व्यक्तिबाट निच भाषाको प्रयोगले आम दलित समुदायलाई आक्रोशित बनाएको छ।

यसैगरी दलित अनलाईनमा प्रकाशित समाचार अनुसार कैलालीको जानकी गाउपालिका ८ पालबजार स्थित ऐश्वर्या आधारभुत बिद्यालयकी अध्यक्ष शान्ती परियारलाई प्राद्यापक नारायणी भट्टराई तथा बिद्यालयकि पुर्व व्यवस्थापन समितीको अध्यक्ष जानकी  पुरीले परियारलाई जातिय भेदभावपूर्ण शब्द प्रयोग गरि गालिगलौज सहित निर्घात कुटपिट गरेका हुन् । पिडित परियारले न्यायका लागि ईलाका प्रहरी कार्यालय टिकापुरमा जाहेरी मुद्दा दिएकी छिन । यद्यपि प्रहरीले जाहेरी मुद्दा दिएको चार दिन बितिसक्दा पनि मुद्दा दर्ता गरेको छैन । परियार गत बर्ष ७६ पौष २९ गतको अभिभावक भेलाबाट सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । अध्यक्ष भए पश्च्यात पाउनुपर्ने पदिय जिम्मेवारी हस्तान्तरण नगरेको र बिद्यालयमा भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको ठहर गरि लेखाजोखा माग्ने क्रममा पुर्व अध्यक्ष पुरी तथा प्र.अ भट्टराईले जातिय भेदभावपूर्ण शब्द प्रयोग गरी कुटपिट गरेको पिडीतले बताइन् । देशमा संविधान छ। जातिय विभेद गरि कसैलाई होच्याएर गालीगलौज गर्नु कानुन विपरित हो भन्ने कुरा पनि सबैलाई थाहाँ छ। तरपनि आक्रोश को समयमा त्यही दलित समुदायलाई अपमान गर्ने गरि गालीगलौज र उखान टुक्का प्रयोग गर्ने तीनै शिक्षित र राजनितिज्ञ मानिसहरु छन। शिक्षित र राजनीतिज्ञबाट नै दलितमाथि घृणित शब्दको प्रयोग र दमनकारी ब्यवहार हुन्छ भने अरुबाट समाजम परिवर्तनको के आश गर्न सकिन्छ  ?

नेपाली समाजमा शैक्षिक र राजनितिक चेतनाको भ्रम:
सबै भन्दा कठिन काम समाजलाई परिवर्तन गर्न होईन, आफैलाई परिवर्तन गर्नु हो : नेल्सन मण्डेला

नेल्सन मण्डेलाको यो भनाई पनि हरेक व्यक्तिको लागि त्यत्तिकै महत्वपूर्ण छ। आफु नबदलिएर समाज बदल्न खोज्नु यो भन्दा ठुलो मुर्खता अरु हुन सक्दैन। फेरि आफु परिवर्तन नभएर समाज परिवर्तन गर्न असम्भवको कुरा हो। नेपाली समाजमा परिवर्तनको संवाहक ठानिएका कथित राजनीतिज्ञप्रति अविश्वासकोको दुरि बढाएका छन । समाज परिवर्तनका नाममा दलित समुदायको मुद्दा प्रमुख राजनीतिक मुद्दा बन्दछन। आन्दोलनको बखत सबै नेता कार्यकर्ताहरुको मुखमा ती पछि पारिएका समुदायको उत्पीडनलाई व्याख्या गरिन्छ। जब आन्दोलन सेलाउँछ तब-तब नेताको बोली फेरिन्छ । र त भन्छन- ‘आफु मरे डुमै राजा’ । यो कस्तो राजनीतिक चिन्तन हो ?  चेतनाको स्तरले दलित समुदायलाई अपहेलित गर्ने हो कि, मानवीय व्यबहार गर्न र गर्न सिकाउनु पर्दछ ?  कुन शिक्षाले यस्ता कुतर्क सिकाईरहेको छ। आक्रोशमा त्यहि पींधमा रहेको समुदाय प्रति घृणित उखान टुक्का बोल्नु न्यायोचित र न्यायिक कसरी हुन सक्छ ?  फेरि शिक्षाको स्तरमा र राजनैतिक स्तरले माथि भएको व्यक्तिले नै दलितमाथि घृणित शब्द बोल्छन ।  शिक्षा र राजनिति बाट टाढा भएका व्यक्तिले विभेद गर्ने कुरा सामान्य हो। समाजमा जतिसुकै पढलेख गरेको व्यक्ति भएको भएपनि अथवा राजनितिक गर्ने व्यक्ति भए पनि दलितमाथि गरिने व्यबहार र बोलिने भाषा दनमनकारी र घृणित छ।

आन्दोलनको बखत  मिठाईको डल्लो देखाए झै गर्ने पछि सत्तामा पुगेर  ईट्टा देखाउने बानीले यो देशको प्रधानमन्त्री भईसकेका व्यक्ती किन नहुन दलितलाई अपमान गर्ने गरि उखान टुक्का जोडेकै हुन्छन। राणाले छरेर छोडेको जातिय विभेदको विउ शिक्षित र राजनितिज्ञहरु मलजल गरि संरक्षण गर्दै छन। यसरी दलितलाई सम्मान गर्न हिचकिचाउने बौद्धिक व्यक्तिले दलितमाथि विभेद रहित समाजको  भ्रमात्मक सपना किन देखाउनु पर्यो ? जब कि परिवर्तन गर्ने नेताको चेतनामा विभेदको डङ्गुर छदैछ भने। चेतना बदल्ने राजनीतिकस्तर नै छैन भने  माधव नेपाल जस्तै नेताबाट समाज परिवर्तन हुन सक्छ त ?   कस्तो शिक्षा छ नेपालमा ? जहाँ सकरात्मक कुरा भन्दा नकरात्मक अभिव्यक्ति बढि सिकाई रहेको छ। आधुनिक प्रविधिसंग मेल नखाने चेतनाबाट समाज परिवर्तन हुन मुस्किललै छ। यथार्थ भन्दा पनि कुसंस्कारमा आस्थावान भएर अघि बढेको चेतना परिवर्तनको बाधक हो। नेल्सन मण्डेलाको भनाई  अनुसार -सबै भन्दा कठिन काम समाजलाई परिवर्तन गर्न होईन, आफैलाई परिवर्तन गर्नु हो- यो भनाईसंग हाम्रो चेतनाको स्तरलाई तुलना गर्दा एक छिन भए पनि हामी कहाँ छौ भन्ने कुरा थाहाँ हुन्छ। दुईचार शब्द पढ्न सिकेर शिक्षित भईदैन। दुईचार शब्द बोल्न सिकेर राजनीतिक भईदैन। समाज परिवर्तनको लागि स्वयं व्यक्तिको चेतना समय र समाज अनुकूल हुन आवश्यक छ।

यसरी भन्ने हो भने नेपालमा विश्व विधालयहरुले वर्षेनी हजारौ दक्ष जनशक्ति उत्पादन गर्छन। ती विधार्थीहरुले छुट्टाछुट्टै विधामा खोज अनुसन्धान गर्दछन।त्यो अनुसन्धान पछिको परिणामले शिक्षा र समाजलाई जोड्न सकिरहेको छ कि छैन यो सोच्नुपर्ने विषय बनेको छ। अहिले सम्म पनि समाज उहि पुरानो वर्णव्यवस्थामा आधारित संरचनामा व्यवस्थित छ। देशमा नयाँ कानुन छ। नयाँ शासन प्रणाली छ। शैक्षिक प्रणालीमा पनि फेरबदल हुदै आएको छ। देशमा जति शिक्षा निती परिवर्तन भएपनि शिक्षा समाज मुखी किन छैन ? जसले समाजमाजिक विकृति हटाउन सकिरहेको छैन। यो समाजको संरचना कसरी निर्माण भएको छ। यो सम्बन्धि ज्ञान विधालयका विधार्थीलाई किन सिकाईदैन  ? शिक्षा समाजिक रुपम् व्यवहारिक नहुनुको कारण के हो ?  समाजिक प्रथाहरुमा जातीय विभेद, छाउपडी प्रथा र दाईजो जस्ता प्रथाहरु अहिले पनि प्रचलित छन। जसमा शिक्षित मानिसले घरभित्रको अन्धविश्वासमा प्रश्न उठाउन सकेकै छैनन।जसलाई संस्कारको रुपमा स्विकारे कै छन। शिक्षितको घरमा विभेद किन भनेर कसैले प्रश्न गर्यो भनेपनि बिस्तारै परिवर्तन हुन्छ भन्छन। शिक्षाले मानिसलाई जागिर खानकै लागि मात्र उत्पादन गरेको हो ? यदि त्यसो हो भने शिक्षा परिवर्तनको मेरुदण्ड मानिन्छ। भौतिकवादी समाजमा शिक्षालाई मात्र रोजगारीको ‘सर्टिफिकेट’सँग तुलना गरेर हेर्न थालिएको छ। मानव चेतनाको विकासलाई उक्षेत गरेको छ।शिक्षाले मानिसको व्यवहार, चेतना र चरित्रको विकास गर्न सकिरहेको छैन।
अन्ततः
देश बदल्नु अघि देश बदल्ने मान्छेको चेतनाको स्तर बद्लिनु आवश्यक छ। राजनीतिक चेतनाको स्तर नै सामाजिक कुसंस्कार भन्दा माथि आउन आवश्यक छ। अहिले सम्म जातिय विभेद कायमै रहनुको प्रमुख कारण राजनीतिक र शैक्षिक चेतना भित्र मनुस्मृतिको कलंक रहिरहनु पनि हो। यहाँ शिक्षकलाई समाजको ऐना भनिन्छ। राजनितिज्ञलाई समाज परिवर्तनको अग्रपंक्ति ठानिन्छ।  समाजले अरुलाई भन्दा शिक्षक र राजनितिक गर्ने व्यक्तिलाई बढि विश्वास गरेको हुन्छ। समाजले शिक्षकलाई शिक्षित व्यक्तिको रुपमा विश्वास गर्दछ। भने राजनीतिक गर्ने व्यक्तिलाई समाजको निती निर्माण गर्ने प्रमुख व्यक्तिको रुपमा विश्वास गरेका हुन्छन।  तीनै शिक्षकले उत्पादन गरेको विधार्थीहरु त्यहि समाजमा राजनितिज्ञ, शिक्षक, डक्टर, प्रहरी,ईन्जिनियर आदि बनेर काम गर्दछन। त्यसैगरि विधार्थीलाई भविष्यका कर्णधार मानिन्छ। कस्तो शिक्षा दिई कस्ता कर्णधार उत्पादन गर्ने भन्ने कुरा राज्यले तय गर्ने त्यो कुरा राष्ट्रिय शिक्षा नीति,पाठ्यक्रम, पाठ्यपुस्तक र यसमा समावेश विषयवस्तुमा निर्भर हुन्छ।
व्यक्तिलाई विधालयको शिक्षाले भन्दापनि  सामाजिक शिक्षाले नराम्ररी प्रभाव पारिरहेको छ। त्यसैले समाज बदल्न शिक्षकको रुढीवादी चिन्तन बदलिएको हुनुपर्छ। परिवर्तनकारी हरुको चेतनाको स्तर परिवर्तन उन्मुख हुनुपर्दछ। तसर्थ राज्यले विद्यालय तहदेखि उच्च तहसम्म शिक्षाको विषयवस्तुलाई व्यक्तिको सामाजिक चेतना अभिवृद्धि गर्ने पाठ्यक्रम निर्माण गर्नुपर्दछ। पाठ्यपुस्तकहरूमा समाजिक सदभाव र मानविय सभ्यता सिकाउने विषयबस्तु समेटिनु पर्दछ। समाजमा रहेका विकृति विसंगति जस्ता रुढीवादी लाई हटाउने पाठ्यक्रमको विकास गर्नुपर्दछ। शिक्षाले व्यक्तिमा आफ्नो कर्तव्य र दायित्वबोधको चेतनाको विकास गराउन सक्नु पर्दछ। शिक्षाले व्यक्ति, घरपरिवार,  समुदाय, र समाजलाई भौतिक र नैतिक विकासले समुन्नत बनाउन सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank