जातीय विभेदविरुद्ध मनुस्मृति सामाजिक संरचनासँग लड्न जरुरी छ

रवि सेन्चुरी २० कार्तिक २०७७, बिहीबार २०:२१

 

मनुस्मृतिभित्र  शुद्र बहिस्करण

 

विश्वका अधिकास देशहरु विज्ञानप्रविधिको विकाससँगै खोज,अध्ययन–अनुसन्धानका माध्यमबाट नवितम आविस्कार साथै अन्तरिक्षमा प्रभुक्ताका निम्ति प्रतिस्पर्दा गदैछन् । हामी पनि विज्ञान प्रविधिलाई जोडेर समृद्धिको कुरा गरिरहेका छौ । आधुनिकिकरण, पश्चिमिकरण, भूमण्डिलिकरण र विज्ञान प्रविधि, सोसल मिडियाका कारण विश्व एक समाज बन्दैछ । तर आझै पनि हाम्रो समाजमा दलित समुदायले जातिय आधारमा भैररहेको हत्या हिंसा, विभेदको विरुद्ध न्यायका निम्ति सडकमा सघर्ष गदैछन् । चैत्र १२ गते देखि हाल सम्म यो कोरोना कहरको अवधिलाई हेर्दा पनि जातिय आधारमा दलितहरुको हत्या, बलत्कार, कुटपित, विभेदका घटनाहरु दिनप्रतिदिन विभिन्न सन्चार माध्यममा आएका रहेछन् ।
आज नेपालमा जातिय विभेद र हत्याहिसा किन बढ्दै छ । नेपाली समाज जातिय रुपमा किन क्रुर बन्दैछ ? किन जातिय आधारमा मानिसहरु गम्भिर अपराध गर्न उत्साहित हुन्छन् । अब समयमा नै यसको कारणहरु खोज्न जरुरी छ । मुल कारणमै पुगि समस्याको समाधान गर्न सकियो भने अबका दिनमा दलित समुदायका मानिसहरुले जातिय आधारमै अकालमै आफ्नो ज्यान गुमाउन नपरोस, विभेद भोग्न नपरोस । किनकी मृत्यु हुनु भन्दा पनि काल पल्किनु आफैमा खतरनाक हो । यी बीच भएका जातिय आधारित हत्याकाण्ड, कुटपिट र विभेदलाई सामान्य रुपमा लिनु हुदैन । जसरी हुन्छ पिडितलाई न्याय र पिडकलाई सजाय हुन जरुरी छ । आगामी दिनमा यस्ता घटना नघटुन भनेर हामी सबै जिम्मेवार हुन जरुरी छ ।
अझै पनि हाम्रो समाजमा उचनिच, छुवाछुत, पवित्र र अपवित्रको पर्खालले नानिर पानीको बिच अझै ठुलो पर्खाल खडा गरिरहेको छ । त्यसको कारणले प्रेम गरेको नाउँमा, विवाह गरेकै आधारमा, धारा, कुवा, मन्दिर छुएकै नाममा दलितमाथि चरम दमन, शोषण, हत्या हिंसा जस्ता क्रुरु घटना घटिरहेका छन् । यसको पछिल्लो उदाहरण नवराज विक लयायत उनका पाचँ जना साथीहरु त्यस्तै अंगिरा पसिको हत्या, विजयराम, रोशन राम, त्रिभुवन राम, सुकदेव मण्डल, राजेश सदा, राजु सदा, शम्भु सदा, निराजन राम, र विजय राम लयातको हत्या भएका छन् । ति हत्या मा राज्यका जिम्मेवारी निकायका व्यक्तिहरुको सङलङताले अझ दलितमाथि राज्य, समाज कति क्रुरु छ भने देखाउछ । आज गैर दलित समुदायबाट कुटिएर औषधी उपचारको क्रममा शिवचन्द्र सदा र उनकी श्रीमती देवी सदा अस्पतालमा बन्धक बन्न बाध्य छन ।
रुकुम नरसंहार र विभिन्न ठाउँमा भएको हत्या हिंसा, कुटपिट, विभेद्धले एक पटक फेरी नेपाली समाजमा रहेको जातिय सोच, व्यवहारलाई एक पटक सतहमा ल्याएको छ । यी बहसलाई मनुस्मृतिले निमार्ण गरेको समाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिकलाई समाजशास्त्री दृष्टिकोणबाट व्याख्या विश्लेषण गर्ने आवश्यक छ ।

हिन्दु धर्म आधारित सामाजिक र राज्यव्यवस्था
लोकतान्त्रिक गणतान्त्रिक, धर्म निपेक्ष राज्यमा अझै पनि नेपाली समाज र राज्य व्यवस्था हिन्दु धार्मिक संरचना अनुरुप निमार्ण भएको पाइन्छ । ति संरचनाहरुले समुदाय समुदाय बिच पर्खाल खडा गराएको पाइन्छ । खानपिन, विवाह लगायत अझै धेरै समाजिक, साँस्कृतिक रुपमा मानिसहरुलाई विभाजित गरेको पाइन्छ । उचनिच, शुद्धअशुद्ध, छुवाछुत विभेदहरु निमार्ण गरेर मानिस मानिस बिच राम्रो र नराम्रो जस्ता चेतनाहरु निमार्ण गरे । जसले गर्दा विभिन्न समुदायहरु आपसमा अन्तरघुलन हुन सकिरहेका छैन ।
मनुस्मृतिलाई अध्ययान गर्दा विभेदलाई बिभिन्न रुपमा संस्थागत गरेको पाइन्छ जस्तो शुद्रले ब्राह्मण, क्षेत्री र वैश्यलाई क्रुर बचन बोल्यो भने प्राण दण्ड दिनुपर्छ । किनभने उसको उत्पति नै जघन्य स्थानबाट भएको हो ।।।८/२७०।।, त्यस्तै यदी शुद्रले रिस वा घमण्ड गरेर ब्राह्मण आदी द्धिजातको नाम लिन्छ भने दश अङ्गुल लामो फलामको सुइरो तताएर पुरै मुखमा हालिदिनुपर्छ ।।।८/२०७१।।।, मालिकले भने पनि सेवावृत्तिबाट शुद्रले छुटकारा पाउन सक्दैन । किनभने यो यसको स्वाभाविक वृत्ति हो । त्यसबाट कसैले पनि यसलाई छुटाउन सक्दैन ।।।८/८१४।।। जसले गर्दा दलित माथि राज्य र समग्र गैरदलित समुदायले निसंकोच दलितमाथि अत्याचार, हत्या हिंसा र विभेद गदै आएर ति आफ्ना दरसन्तानमा पनि पुस्तान्तर गदै अघि बढेको पाइन्छ ।
विभिन्न कालखण्डमा शासकहरुले मनुस्मृतिलाई कानुनको प्रमुख स्रोत बनाएको पाइन्छ । जयस्थिति मल्लको मानवन्यायशास्त्र, राम शाहको सुधार, पृथ्वी नारायण शाहको असली हिन्दुस्थान र जङ्गबहादुर राणाको मुलुकी ऐनमा, कानुनहरु यसका उदाहरण रहेका छन् । शासकहरुले कानुनद्धारा शुद्र समुदायहरुको शोषण र उत्पीडनका लागि कुनै कसर बाँकी राखेका पाइन्छ । फलस्वारुप दलित समुदाय शताब्दीयौ विभेदको शिकार हुनु प¥यो । कानुनले दलितको मौलिक हकको समेत हरण गरिदिदा दिनप्रतिदिन उनीहरुको दैनीय अवस्था हुनपुग्यो ।
दलितहरुलाय पढ्न, सहरभित्र पस्न, जग्गा र सम्पति जोड्नमा रोक लगाइएको पाइन्छ । अझै पनि दलितहरुलाई गरुकुल, मन्दिर र गैरदलित समुदाय भएको ठाउँका जग्गा किन्न र शहरबजारमा अझै कोठा पाउन मुस्किल देखिन्छ । राज्यव्यवस्थाले नितिगत रुपमै दलितलाई दिनहिन बनायो र पशुवत् जीवन जिउन बाध्य पारेको पाइन्छ । फलस्वारुप दलितहरुले शताव्दीऔ देखि जातिय दलनको दलदलको शिकार हुनुप¥यो ।

सम्पति र भूमिमाथि पहुँज
हलिया, कमैया, भूमिहिनको तथ्याङ्कलाई हेर्दा दलित समुदायको जनसख्या बढि पाइन्छ । वर्तमान समयमा दलित समुदाय सत्ता, शक्ति, सम्पत्ति, शिक्षा र स्वास्थ्य उपचार पहुचका निम्ती सङ्घर्षरत छन् । भूमिपति, जमिन्दार, सुदखोर, महाराज सबै उच्च जातको हुनु र किसान, भूमिहिन, ज्यालादारी वर्ग तल्लो मा दलित समुदाय बढि हुनुमा मनुस्मृति आधारित श्रम विभाजनको प्रमुख भुमिका रहेको पाइन्छ । शुद्र समुदाय सेवक भएकाले उनीहरुलाई शासकले कानुनी रुपमै सम्पतिविहिन बनाएको पाइन्छ । शुद्रलाई जुठो अन्न, जडाउरी लुगा, गुदीबिनाको अन्न र थोत्रा ओछ्यान दिनुपर्छ ।।। १०१२५ ।।। र धन कमाउन सक्ने भए पनि शुद्रले धन कमाउनु हुँदैन । किनभने धन कमाइसकेपछि शुद्रले ब्राह्मणलाई नै बाधा पार्छ ।।। १०/१२९।।। इतिहासमा शासकले असामान भूमि वितरण गरेको पाइन्छ । उनीहरुले आफ्ना भाइभारदार, सेना, प्रहरी, कर्मचारी, पुजारीहरुलाई बकस, बिर्ताका रुपमा वितरण गरे । तर दलित समुदायले न त बकस न त बिर्ताका रुपमा भूमि प्राप्त गर्न सकेनन् । भूमिहिनताका कारण दलित समुदायलाई खाद्य संकट, आर्थिक रुपमा परनिर्भर, राजनैतिक रुपमा शक्तिहिन बनाउदै लग्यो ।
सम्पति र भूमिमाथि पहुँच नहुनाले दलितहरुको दैनिक जीवन निर्वाहका लागि आवश्यक सामान्य वस्तसका निम्ति पनि बढि सघर्ष गर्नुप¥यो । गाँस, बाँस, कपासका निम्ति अरुमाथिको परनिर्भरता बनायो । उनीहरुका सन्तानले उचित शिक्षा लगायत विभिन्न अवसबाट बन्चित हुनुप¥यो । र अन्याय, असमता, बहिस्करणमा परे ।

मनुस्मृतिले शुद्रलाई सेवकको रुपमा उल्लेख गरेको छ । सेवक भएकै कारणले उसलाई राज्य र समाजले बहिस्करणमा पारिरह्यो । अपबाद बाहेक दलित समुदायले अझैसम्म नेतृत्व पाउन सकिरहेका छैनन । न दलित समुदाय कुनै पनि माध्यमबाट राज्यको नजिक हुन पाए । जसले गर्दा दलित समुदायले न त कानुन बनाउन नै सके न त कार्यनन्वयन गर्न नै सके फलस्वारुप उनीहरु राज्य र गैरदलित समुदायबाट बहिस्करणमा परिरहे ।

 

राजनीति र राज्यको स्रोतसाधनमा पहुँज
मनुस्मृतिले शुद्रलाई सेवकको रुपमा उल्लेख गरेको छ । सेवक भएकै कारणले उसलाई राज्य र समाजले बहिस्करणमा पारिरह्यो । अपबाद बाहेक दलित समुदायले अझैसम्म नेतृत्व पाउन सकिरहेका छैनन । न दलित समुदाय कुनै पनि माध्यमबाट राज्यको नजिक हुन पाए । जसले गर्दा दलित समुदायले न त कानुन बनाउन नै सके न त कार्यनन्वयन गर्न नै सके फलस्वारुप उनीहरु राज्य र गैरदलित समुदायबाट बहिस्करणमा परिरहे । मनुस्मृतिले राज्यका अहिलेसम्मको इतिहासमा हामीले राज्यको नेतृत्वमा काम परेको खण्डमा आफुसित सम्बन्ध नभएका शुद्रको धन पनि ब्राह्मणले निःसङ्कोच लिन पाउँछ । किनभने शुद्रको आफ्नो धन हुदैन र भए जति सबै उसको मालिक नै हो ।।।८/४१७।।। यसरी दलितहरु साधानस्रोता बिहिन भए भने भएकाहरु पनि राज्य र गैरदलितबाट कानुनी रुपमै लुटिन पुगे । वर्तमान समयमा पनि दलित समुदाय नेतृत्वतहमा नहुँनुमा प्रत्यक्ष रुपमा मनुस्मृतिको प्रभाव देखिन्छ ।

प्रहरी, सेना र न्यायलयमा पहुँच
पृथ्वी नारायण शाहको पालादेखि हाल लोकतान्त्रिक गणतान्त्रिक राज्यसम्म आइपुग्दा पनि दलित समुदाय सेना, प्रहरी र न्यायलयको नेतृत्वदायी भूमिकामा पुग्न सकेको देखिदैन । आज दलितमाथि भएको विभेदलाई सकभर दबाउने प्रयास गरिन्छ । नत्र गाउँघरमा नै मिलाउने गरिन्छ । त्यस भन्दा माथि कानुनको साहर लिने आट गरेपनि उजुरी नलिदिने, प्रकृया झन्झटिलो बनाइदिने, न्याय पाउन मुस्किल बनाइलिने जस्ता कार्य दलित समुदाय झन अझै पिडित बनेका छन् । प्रहरी हिरासतमा शम्भु सदा, विजय महरा र रोशन विकको हत्याले पनि दलितमाथिको हत्याहिंसा राज्य कति क्रुर छ भने कुरा प्रष्ट्याउछ । मनुस्मृतिले दलितको मृत्युलाई सामान्य रुपमा लिएको पाइन्छ जस्तो अज्ञानतावश शुद्रको हत्या भएको छ भने ६ महिना व्रत बस्नुपर्छ वा सेतो गोरु र दश वटा गाई दान गर्नुपर्छ ।।।११/१३।।।
आज दिनप्रतिदिन दलितमाथि हत्याहिसा बढ्नुमा कहि न कहि मुनुस्मृति र विधिन्न समयमा राज्यद्धारा निर्मित कानुनले निमार्ण माध्यमबाट निमिर्त चेतना भूमिका खेलेको पाइन्छ । जसले गर्दा समुदाय समुदाय बिच सम्बन्ध उचनिच, पवित्रअपवित्र जस्ता नानी–पानीबिच पर्खाल निमार्ण गदै जातिय छुवाछुतको जस्तो क्रुरु सँस्कृति निधार्ण गर्न भूमिका खेलिरह्यो । फलस्वारुप जातिगत समाजिक नियम, मुल्य–मान्यताका आधारमा सामाजिक संगठन, सम्बन्धले गर्दा समाजमा जसले वर्ग, जातजाति, लिङ्गको अस्तित्व, पहिचानबीच विभेद निमार्या गदै साथै समुदाय बीच–बीचमा आत्मीकरण, समायोजन, समिश्रण, एकता र समाजिकीकरण वातावरण नै ध्वास्त पा¥यो ।
एकातिर कसैलाई जातिगतमा शक्तिशाली बनायो भने आर्को तिर दलित समुदायलाई शक्तिहिन बनायो । मनुस्मृति देखि हालसम्म जातिय व्यवस्थालाई भाग्य सँग जोडेर हेरिदिदा यस्तो क्रुरु, अमानवीय व्यवस्था पनि सहज बन्न पुग्यो । जसले गर्दा दलितको पीडा त्यति ठुलो मुद्दा बन्न सकेन वा उनीहरु माथि हुने हत्या हिंसालाई पनि सामान्यकरण गरियो ।
अझै पनि हाम्रो समाजमा मनुस्मृतिले निमार्ण गरेका जातिय अवशेषहरु रहेका छन् तर त्यसलाई सबै मिलेर छिटोभन्दा छिटो भत्काउन जरुरी छ । यो दलितको मात्र समस्या नभएर सबैको साझा समस्या भएकाले, त्यसका निम्ति हामी सबैले आफ्नो ठाउँबाट जातिय कुसँस्कार विरुद्ध लड्न जरुरी छ । जबसम्मा हामीले दलित समुदायलाई प्रहरी, सेना, न्यायलय त्यस्तै गरी राज्यका विभिन्न तहमा, र शिक्षा, स्वास्थ्य र सम्पतिमा सहज  पहुँज बढाउन सकिदैन तबसम्म दलितमाथि राज्य र गैरदलितको मनोबल वढैजान्छ किनकी दलितहरुले विभेद विरुद्ध शसक्त आवज उठाउन सक्दैनन भने गैरदलितलाई कानुन मिचि शोषण दमन गरेर घटनालाई दबाउन सहज हुन्छ जसले गर्दा विभिन्न बाहनामा दलितमाथिको विभेदका घटना घट्दै जान्छ । तसर्थको हामीले यदि साच्चिकै दलित मुक्ति चाहने हो भने सुरुवातमा मनुवादी संरचनाले निमार्ण गरेको समाजिक, आर्थिक, राजनैतिक सँरचना र चेतनालाई भत्काउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank