सीमा क्षेत्रबाट करिब सात लाख मूल्य बराबरको चुरोट बरामद्

दलित अनलाईन १४ कार्तिक २०७७, शुक्रबार १२:३२

कञ्चनपुर। सशस्त्र प्रहरीले बिहीबार राति सीमा क्षेत्रबाट ६ लाख ९३ हजार मूल्य बराबरको १२ कार्टुन चुरोट बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त नगरपालिका-९, खल्लामछेट्टी टुँडिखेलको पश्चिमतिर महाकाली नदीको किनारमा नेपालबाट भन्सार छली गरी रातिको समयमा भारततर्फ पैठारी गरिरहेको अवस्थामा चुरोट १२ कार्टुन बरामद गरिएको छ।
यसैगरी बेलौरी नगरपालिका-८, दिपघाट, भीमदत्त नगरपालिका-९, मटैनालगायत क्षेत्रबाट अवैधरूपमा भन्सार छली गरेर ल्याइएको माछा, बिना नम्बरको मोटरसाइकल, सुर्ती, बिँडीलगायत बरामद गरिएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank