बहस : नेपालमा दलित भविष्य
दर्शन प्रकृति र मानव समाजलाई हेर्ने बुझ्ने र जीवन जगतको व्याख्या गर्ने विश्व दृष्टिकोण हो । दर्शनले संसारलाई बुझ्न र बदल्न मदत गर्छ । सो अनुरुप नै मानवीय धारणा र जीवन व्यवहार निर्धारण हुन्छ । दर्शन ग्रीक भाषाको फिलोस-सोफिया (प्रेम र विवेक) बाट अंग्रेजीमा फिलोसफी र संस्कृतको दृश धातुबाट दर्शन शब्द बनेको हो । यसको शाब्दिक अर्थ अंग्रेजीमा बौद्धिक ज्ञानप्रतिको अभिरुचि र संस्कृतमा कुनै कुरालाई हेर्ने वा बुझ्ने सबाल हो । व्यवस्थित रुपमा करिव तीन हजार पच्चीस सय वर्ष अघि युनानबाट मानव दर्शन प्रारम्भ भएको पाईन्छ । पाइथागोरसले पहिलो पटक दर्शन शब्दको प्रयोग गरेका थिए । अरस्तुले , दर्शनलाई परम तत्वको वास्तविक स्वरुपको जाँच गर्ने विज्ञान भनेका छन । अर्का दार्शनिक कामटेले, दर्शन विज्ञानको पनि विज्ञान हो भन्छन् । हेगेलले दर्शनलाई सत्यको संज्ञान भनेका छन् । एङ्गेल्सले ूचिन्तन र सत्ताको सम्बन्ध भनेका छन । दर्शनका यी परिभाषा बाट प्रस्ट हुन्छ कि यसको क्षेत्र कति व्यापक छ भन्ने । सम्पुर्ण जीवन र जगतको अन्तरसम्वन्धका वारेमा, पदार्थ र चेतनाको सम्बन्ध, प्रकृति र समाज, ज्ञान विज्ञान, सत्य ,विकास र परिवतनका नियमहरुको समग्रता नै दर्शनको क्षेत्र हो । दर्शनको प्रश्न पदार्थ र चेतना अथवा चिन्तन र सत्ताको , ज्ञात वा अज्ञातताको प्रश्न हुन । समाजको वास्तविकता बुझ्नु र रुपान्तरणका लागि मार्गदर्शन गर्नु नै दर्शनको मुल ध्येय हो । दर्शनको क्षेत्र व्यापक भएकाले पनि होला दार्शनिकहरुले विभिन्न ढंगले आ(आफ्नै व्याख्या गरेता पनि दर्शनका मुख्य दुई धुर्व छन ।
(१) भौतिकवाद (२) अध्यात्मवाद
भौतिकवाद
भौतिकवादी दर्शनले पदार्थ अन्नत छ यसको निर्माणमा कुनै अदृस्य शक्तिको हात छैन भन्ने दृष्टिकोण राख्दछ । चेतना, बाहिरी वस्तु बाट मानव मस्तिष्कमा हुने परिवर्तनको रुप हो भन्ने मान्छ । हाम्रो सोच,विचार र चिन्तन जतिसुकै उच्चस्तरको भएपनि यो पदार्थकै उपज हो भन्ने निष्कर्ष हो। स्टिफन हकिङले चेतना धर्म बाट हैन । ब्रह्माण्ड विज्ञानका नियमहरुले नियन्त्रित छ भनेका छन् । दर्शनका यी वैज्ञानिक खोज अध्ययन अनुसन्धान र परिक्षण बाट करिव साढे तेह्र अर्ब वर्ष पहिले यो ब्रह्माण्डको उत्पत्ति हुदा पृथ्वी एक आगोको गोला जस्तै तातो थियो । विविध रासायनिक र प्राकृतिक परिवर्तन संगै वनस्पति, बोट ,बिरुवा र ३.८ अर्ब वर्ष अघि जीव विकसित भएको वैज्ञानिकहरुको दावी छ । हामी प्रकृतिका अन्य प्राणी, जनावर जस्तै केबल एक प्राणी मात्र हौ । अरु प्राणी भन्दा मान्छेको वंशजले केहि फरक क्रियाकलाप देखाएको २० र २५ लाख वर्ष भयो । हाम्रा पाषाण वंशजहरु ७० हजार वर्ष अघि भाषा र संस्कृतिको विकास गर्दै थिए । १२ हजार वर्ष अघि आगो र फलामको खोज संगै मान्छेको जीवनमा आधुनिक परिवर्तन आए संगै सामुहिक बस्ति बस्न थाल्यो जसलाई कृषि क्रान्ति भन्न सकिन्छ । हाम्रा पुर्वजहरुले लाखौ ,हजारौ वर्ष कति दुख पीडा र घनघोर संघर्षबाट अघाडी बढे होलान हामीलाई कल्पना गर्न पनि गाह्रो छ । ब्रह्माण्डको केन्द्र पृथ्वी हो भन्ने अरस्तुको मान्यतामा आधारीत युरोपमा निकोलस कपर्निकसले १५३० मा डि रिभ्युलेशन भन्ने पुस्तक प्रकाशन गर्दै ब्रह्माण्डको केन्द्र पृथ्वी नभएर सुर्य भएको अवधारणा अघि सारे संगै आधुनिक वैज्ञानिक युग सुरु भयो । ग्यालियोले टेलिस्कोप र आईस्टाईनले माईक्रो टेलिस्कोपको आविस्कार गरेर कपर्निकसको अवधारणालाई प्रमाणीत गरे । चाल्स डार्विनले (१८३१-१८३६) को आफ्नो पाँच वर्षे अनुसन्धानात्मक समुन्द्री यात्रा बाट जीव विकासको सिद्धान्त पत्ता लगाए । हेरातिटस, एरिस्टोटल हुँदै १८औं शताब्दीमा हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादबाट कार्ल माक्र्सले द्वन्द्वात्म भौतिकवादको विकास गरेसंगै अझ समृद्ध र विकसित हुँदै गइरहेको छ । स्टिफन हकिङले दर्शन र आधुनिक विज्ञानलाई थप मजबुत संग जोड्न दार्शनिहरुको ध्यानाकर्षण गरेका छन् । आज समाज संस्कृति राजनीति, अर्थशास्त्र विज्ञान कला साहित्य र संघर्षको महत्त्वपूर्ण दर्शनको रुपमा स्थापित छ भौतिकवाद । आजको विज्ञान ,प्रविधि, मेडिकल साईन्सको अभुतपुर्व विकासलाई पनि यसैको देन मान्न सकिन्छ । सारमा वैज्ञानिक आधारमा ब्रह्माण्डको निर्माण देखि जीव विकासको सिद्धान्त मान्नेहरु भौतिकवादी हुन् ।
हाम्रो देश पुरातन पछ्याउटे सोच , रुग्न चिन्तन , विभेदकारी सामाजिक संरचनात्मक संस्कार बाट ग्रसित छ । राज्यका सबै अवयब, राजनीतिक संघ, संगठनहरु धर्मग्रन्थ बाट निर्देशित छन । तसर्थ यो आध्यात्मवादी दर्शन पुरानो शासन संरचना र पछ्याउटे मुल्य मान्यतामा आधारीत राजनीतिक पार्टी, दलित संघसंगठन बाट दलित मुक्ति असम्भव छ । वैज्ञानिक सोच, चिन्तन विभेदविरुद्ध निरन्तर संघर्ष, प्रविधिको उच्चतम उपयोग फराकिलो मानविय फराकिलो मानविय विचार र आफैमा समृद्ध दरिलो द्वन्द्वात्मक भौतिकवादी दार्शनिक हतियार नै दलित मुक्तिको सुस्पष्ट आधार हो ।
अध्यात्मवाद
यो ब्रह्माण्ड कुनै अदृश्य शक्तिद्वारा निर्देशित छ । हामी सबै उसैको इच्छा अनुरुपका क्रियाकलापमा अभ्यस्त भएका छौ भन्ने धारणा आध्यात्मवाद हो । चेतना सम्पुर्ण अस्तित्वको आधार हो । यो जीवन र जगत बुझी नसक्नु छ , धर्म ,संस्कार ,भाषा लिपि ,जात जाति इश्वर कै रचना हो यो अपरिवर्तनशिल छ, भने विचार हो आध्यात्मवाद । वैज्ञानिक युग सुरु भए संगै मानवशास्त्री , पुरातत्वविद र वैज्ञानिकहरु पुराना सभ्यता र मानव जीवनको अध्ययन अनुसन्धान गरिरहेका छन् । विश्वका प्रमुख पाषाण सभ्यताका रुपमा मेसोपोटामीया, वेबिलोन सभ्यता समेरिया, ह्वाङ्गो र सिन्धु सभ्यता रहेको खोज बाट पत्ता लाग्यो । अझै कैयो महत्वपूर्ण सभ्यताहरु जमिनमा गुमनाम दविएर रहेका होलान जीज्ञासु मानवजाती एक दिन त्यासम्म पुग्ला र हाम्रा धेरै कौतुहलताहरु मेटाउलान । सभ्यताहरुको अध्ययन गर्दा आजको अस्तित्वमा रहेका धर्महरुको सुरुवात खासगरी दुई सभ्यता समेरिया सभ्यता र सिन्धु सभ्यतामा विकास भएको पाईन्छ । समेरिया सभ्यताइसाई र इस्लाम तथा सिन्धुबाट बौद्ध हिन्दु जैन आदी । समेरिया सभ्यता बाट विकसीत धर्महरुमा हामी अज जातिय विभेद पाउदैनौ बरु रंग विभेद छ । ८ हजार वर्ष अघि सिन्धु नदिको तटमा विकसित हड्प्पा र मोहनजोदाडो सभ्यता लोप भए पछिको सिन्धु हिन्दु वा अरु जे जे शब्द दिए पनि यो खासमा ब्राह्मण धार्मिक कविलाई हो । वर्ण व्यवस्था यही कवीलाको उपज हो । आध्यात्मवादको गर्भगृह बाट विकसित धर्म नै संसारभर विभेदका मुल श्रोत हुन । हिन्दु धर्मका हामी भुक्तभोगि नै छौ, साथै यहाँ विकसित धर्महरु पनि हिन्दु बाट नै प्रभावित छन । जैन धर्मका मन्दिहरुमा रहेका चार ढोकाहरु ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रहरुका लागि पुजा र प्रसाद ग्रहण गर्न फरक फरक ढोका छुट्याइएको हुन्छ । त्यस्तै बौद्ध धर्मका प्रवर्तक सिदार्थ गौतमले पनि आफ्ना उपदेशमा सैनिक , सुतखोर, दास लगातलाई प्रब्रज्या (इसाईहरुको वक्तिस्मा वा हिन्दुहरुको वर्तबन्ध जस्तै विशेष महत्वपुर्ण संस्कार) नदिनु भनेका छन् । यसर्थ आध्यात्मवाद सम्पुर्ण विभेदको जड हो । सारमा जसले धार्मिक सत्तालाई स्विकार्दै स्वर्ग, नर्क, उँचनिच र पुनर्जन्म मान्छ, विज्ञानलाई मिथ्या भन्छ । यो ब्रह्माण्ड ,मानव समाज इश्वरको रचना हो समाज परिवर्तन हाम्रो वशमा छैन भन्ने ठान्छ उ आध्यात्मवादी हो ।
निष्कर्ष
युरोपमा वैज्ञानिक युग सुरु भएर राजनितिक ,आर्थिक औद्योगिक ,क्रान्ति अगाडी बढीरहेका बेला नेपालमा भने असली हिन्दुराज्य बनाउन शासकहरु तल्लिन थिए । भारतिय राजा विक्रमादित्य ,प्रवाहण हुँदै नेपालका राजा सुपुष्पदेव ,जयस्थिति ,राम शाह र पृथ्वीनारायण हुँदै जंगबहादुरको पाला सम्म आउँदा त झन् कानुन नै बनाएर उत्पीडनलाई वैधानिकता मात्र दिइएन, व्यावहारिक रुपमा लागू नगर्नेलाई दण्डित गर्ने उर्दी समेत जारी गरियो । अहिले पनि हाम्रो समाज, संस्कृति र राज्यव्यवस्था त्यही जगमा चलेको छ । आधार संरचना संस्कृति, धर्म ,दर्शन ,न्याय ,कला ,साहित्य ,सरकार, सुरक्षा र सिङ्गो राज्य व्यवस्था नबदलेर अघि बढ्नै सकिदैन भन्ने पाठ ०७, ०४६, ०६२ र ६३ का संघर्ष र उपलब्धिहरुलाई नियाल्दा प्रष्ट हुन्छ । राजनीतिक उपरी संरचनामा केही परिवर्तन आएपनि आधार संरचना पुरानै रहेकाले उत्पीडित जनताले खासै फरक महसुस गर्न नपाएका हुन् । रुकुम सोतिको हत्या काण्ड संगै देशैभरि दलितहरु माथि श्रृंखलाबद्ध हत्या, हिंसा बलात्कार र छुवाछूत विभेदका घट्नाहरु घटिरहेका छन् । यसका धेरै कारणहरु छन तर सारमा मुख्य दुईवटा कारण छन् । पहिलो शिक्षा, विज्ञान ,प्रविधिको विकास संगै दलित समुदायमा आएको प्रतिरोधी चेतनाको विकास हो । हिजोका दिनहरुमा पनि यस्ता थुपै उत्पीडनका घट्नाहरु नघटेका हैनन् तर आजका युवाहरु पहिला जस्तो विभेद सहेर बस्दैनन बरु आफुले सकेजति प्रतिवाद, प्रतिरोध गर्दा यी घट्ना सतहमा आएका हुन । दोस्रो कारण हो भारतका प्रम मोदी र नेपालका प्रम केपी वलीको कथित हिन्दु अन्धराष्ट्रवादी धार्मिकअतिवादको मोह हो । यो सत्ता यो व्यवस्था आध्यात्मवादको पोषक भएकाले यतिबेला पुरातन पन्थीहरुको मनोबल ह्वात्तै बढेको छ र कतिपय विभेदका घट्नाहरुमा शिव सेनाको पनि संलग्नता भएको आशंका छ । हाम्रो देश पुरातन पछ्याउटे सोच , रुग्न चिन्तन , विभेदकारी सामाजिक संरचनात्मक संस्कार बाट ग्रसित छ । राज्यका सबै अवयब, राजनीतिक संघ, संगठनहरु धर्मग्रन्थ बाट निर्देशित छन । तसर्थ यो आध्यात्मवादी दर्शन पुरानो शासन संरचना र पछ्याउटे मुल्य मान्यतामा आधारीत राजनीतिक पार्टी, दलित संघसंगठन बाट दलित मुक्ति असम्भव छ । वैज्ञानिक सोच, चिन्तन विभेदविरुद्ध निरन्तर संघर्ष, प्रविधिको उच्चतम उपयोग फराकिलो मानविय फराकिलो मानविय विचार र आफैमा समृद्ध दरिलो द्वन्द्वात्मक भौतिकवादी दार्शनिक हतियार नै दलित मुक्तिको सुस्पष्ट आधार हो ।
Leave a Reply